माननिय राजन राईको साझा मुटु नेपालीका, जनता माझ
-राजु बिक्रम चाम्लिङ
पूर्वी पहाडी जिल्ला खोटाङ भौतिक विकासको हिसाबले गरिब भएता पनि कलाकारको हिसाबले धनी मानिन्छ । यस जिल्लामा नेपालको हस्ति गायकारहरु राजेश पायल राई, सत्यकला राई, पार्वती राई, बच्छु कैलाश, उल्सन श्रेष्ठ, धिरज राई लगायत सयौं स्थापित गायक गायिकाहरु छन् । यसैगरी ख्याति प्राप्त संगितकारहरु शान्तिराम राई, कन्काइष्ट राई, महेश खड्का, डक्टर किरात, बिक्रम राई लगायत सयौ छन् । साथै राष्ट्रिय हस्तिको रुपमा गीतकार विरेन्द्र राई, प्रमोद श्रेष्ठ लगायत सयौ रहेका छन् ।
त्यही प्रख्यात गीतकारहरु मध्ये राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका गीतकार हुन राजन राई । राई नेकपाको तर्फबाट खोटाङ जिल्ला क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ प्रदेश नम्बर एकको सांसद तथा नेकपाको केन्द्रिय सदस्य हुनुहन्छ । राजन राईद्धारा रचित चर्चित गीतहरु मध्ये ‘जीन्दगी यो फुलै फुलको थुङ्गो हुँदैन,’ बोलको गीतले नेपालीहरुको मनमुटुलाई मात्र छोएको छैन, हरेक क्षण क्षण नेपालीहरुले गुन्गुनाईरहेको पाइन्छ । यही गित र यस्तै गीतको रचनाले माननिय राईलाई माननिय भन्दा पनि गीतकारको रुपमा स्थापित भएको पाइन्छ ।
मानिस अनि संगीत एक आपसमा परिपुरक मानिन्छ । संगीत विनाको मानव जीवन अनि यो संसार परिकल्पना पनि गर्न सकिन्न । तर पनि राज्यलाई संचालन गर्ने राजनीतिक दल नै हो । नेपालको अवस्थालाई नियाल्दा अनि सँगैको मुलुकहरुसँग तुलना गर्दा विकासको हिसाबले धेरै नै पछाडी परेको अवस्था छ । फलस्वरुप नेपालीहरु बेरोजगारीको शिकार बन्नु परेको छ । यसकारण नेपालमा सकारात्मक विकास हुनको लागी यहाँको राजनीतिक व्यवस्था स्थिर हुन आवश्यक छ । यही परिप्रेक्षमा कम्युनिष्ट पार्टीका नेतृत्वहरुले नेपाललाई विकास गर्न कम्युनिष्ट एकता गर्न अपरिहार्य ठानेकोले तथा नेपाली जनताको मनोकांक्षा पनि सोही भएको हुनाले कम्युनिष्ट पार्टीहरु एकता भएर अगाडी बढीरहँदा यसैलाई थप ईंटाको रुपमा सहयोग गर्ने हिसाबले गीतकार माननिय राईले आफ्नो नयाँ गीत भिडियो सहित साझा मुटु नेपालीका गीत जनता माझ ल्याउनु भएको छ ।
जसको संगीत कन्काइष्ट राईले गर्नु भएको छ भने स्वर आरसि रिमाल, भुषण खतिवडा, सुनिता लिम्बु र रीतु चेम्जोङको रहेको छ । यो गीत कम्युनिष्ट पार्टीका हस्तिहरु प्रधानमन्त्रि केपि शर्मावली र पूर्व प्रधानमन्त्रि प्रचण्ड तथा प्रदेश एकका मुख्यमन्त्रि शेरधन राई, पूर्व सञ्चार मन्त्रि राम कार्की लगायतको संयुक्त हातबाट विमोचन समेत गरिसकिएको छ । आजको नेपाल र नेपालीको भविष्य यीनै महान नेतृत्वद्धयहरुको हातमा रहेको हुनाले उहाँहरुलाई दिसा निर्देश गर्न यस गीतले भरपुर सहयोग गर्न कोसेढुंगाको रुपमा सहयोग गर्ने गीतकार राईले अपेक्षा राखेको बताउनु भयो ।
स्मरणरहोस, माननिय गीतकार विकट जिल्लाको पनि माथिलो भेगमा जन्मिएको कारण नेपालीहरुको मनमुटमा बस्ने खालको गीत रचना गर्न सक्षम छन् । यस मानेमा उहाँ धन्यवादको पात्र त हुनुहुन्छ नै, यो कदमसँगै आगामी दिनहरुमा नया साँगितिक कोसेली रचनाहरु ल्याईरहन सकुन, देशलाई सकारात्मक दिसामा अगाडी बढ्न सन्देश र ज्ञान दिने किसिमको गीतहरु रचना गर्न सकिरहुन हार्दिक शुभकामना छ ।