Logo

२१औं सांस्कृतिक शहिद दिवस तथा सम्मान कार्यक्रम सम्पन्न


-राजु बिक्रम चाम्लिङ

देशले रगत मागे, मलाई बलि चढाउनु
रुदिन्न मेरी आमा उनी नेपाली की छोरी ……!

इतिहासमा शहिदहरुले वलिदान गरेको कारण नै बाँच्नेहरुले सास फेर्न पाएका छौ । विश्वको महान क्रान्तिहरु मात्र होइन नेपालको परिबर्तनमा पनि तिनै योद्धाहरुले गरेको क्रान्ति र वलिदानले आज हामी नेपाली भनेर गौरव महशुष गर्न पाएका छौं । जहानिय राणाशासनको अन्त्य गर्न सुरु गरेको चार शहिदहरुको निरन्तरर्ता २००७ को क्रान्ति, २०४६ को जनआन्दोलन केही परिबर्तन भए । त्यति मात्र काफी थिएन ।

 

अँध्यारोमा बाँचिरहेका नेपालीहरुलाई उज्यालो मै बाँच्नु पर्छ भन्नेर विउझाउने चेतना १० वर्षे जनयुद्धले ग्रयो । त्यसै गरी २०६२/०६३ को जन आन्दोलन पनि सफल रह्यो । नेपालको इतिहासमा सबै क्रान्ति र आन्दोलनको उत्तिकै महत्वपुण स्थान छ । तर पनि नेपालको इतिहासमा १० वर्षे जनयुद्धको इतिहासले नै विश्वमा नेपालको परिबर्तनको लागी रक्तिम साँझ भनेर चिनिएको छ । यसै वलिदानीको क्रममा काभ्रे जिल्लाको अनैकोटमा २०५५ सालमा महान शहिदहरुले सहादत प्राप्त गर्दा,७ जना शहिदहरुले यस ठाउँमा सहादत प्राप्त गरेका थिए ।

सोही शहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिदहरुलाई सम्मान प्रकट गर्न २१औं साँस्कृतिक सहिद दिवस र जनसाँस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रम २०७५ सम्पन्न अनैकोटमा सम्पन्न गरिएको छ । उक्त सम्मान पुरस्कारहरुमा लाईफ टाइम (Life Time Achievement Award)द्धारा जेबि टुहुरे, साहित्य तर्फ कुन्ता शर्मा, संङ्गित मरणोपरान्त खुशीराम पाख्रिन, चलचित्रतर्फ प्रेम सुब्बा, नाटक कृष्णभक्त महर्जन, ललितकला नरेन्द्र भण्डारी, गायन कर्ण बहादुर परियार र नृत्य शान्ति कठायत प्रतिक्षालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सहिदहरुको सम्मानमा सहिदहरुको मुर्ति अनावरण समेत गरिएको थियो ।

नेकपाका साँस्कृतिक संगठनहरु जनसाँस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि झलनाथ खनालको प्रमुख आतिथ्यमा तथा विशेष अतिथिहरु नारायणकाजी श्रेष्ठ, नेकपाका नेता तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा (प्रभाकर), अतिथिहरुमा नेकपाका केन्द्रि सदस्य मणि थापा लगायत लगायतका अतिथिहरुको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम जनसाँस्कृतिक महासंघका अध्यक्ष सरलसहयात्रीद्धारा संचालन गरिएको थियो ।

स्मरण रहोस समाज र राष्ट्र परिबर्तनको खातिर वलिदान आफैमा महान हो । तर शहिदको रगतले मागेको परिबर्तनलाई विर्सेर नेतृत्वहरुले शहिदको नै अपमान गरे निश्चय त्यो समाज र राष्ट्रले होइन, उ आफैले आत्ग्लानी हुनुपर्नेछ । शहिदको रगत, शहिदको मूल्यांकन एक मिनेट मौनधारनमा र स्तम्भमा मात्र हैन आम नेपाली जनताको भावनामा पुर्याउने वातावरण नेतृत्व र राज्यले गर्नै पर्दछ । जसमा नेपाल कम्युनिष्ट पार्टीको एकता अनि सकारात्मक विकासको शुरुवात कोसेढुंगाको रुपमा स्थापित हुँदै अगाडी बढीरहेको छ । यसलाई तमाम् नेपाली जनताहरुले परिकल्पना गरेको समाजवाद तर्फ उन्मुख भइरहेकोमा स्वागत गर्न जरुरी छ । यसमा सबै नेपालीहरुले साथमा साथ दिन आवश्यक छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्