Logo

सुनुवार भाषामा प्रेमगित


-मान्सुङ चाम्लिङ

भर्सटायल युवा गायिका पुजा सुनुवारले आफ्नो समुदायको सुनुवार भाषामा प्रेमगीत ल्याएकी छिन् । पुजा सुनुवार र टंकराज सुनुवारको स्वर रहेको गीतमा शब्द स्वयंम टंकराज सुनुवार, ऐरेन्जर पुस्कर सुनुवार, अभिनयमा शिव सुनुवार निसा सुनुवार, छायांकनमा पविन राई, सम्पदान विष्णु खड्का र निर्देशनमा टंकराज सुनुवार रहेका छन् । सांगितिक जीवनमा रम्न मनपराउने गायिका सुनुवार गायन प्रस्तुतीको क्रममा देश, विदेश, गाउँ र शहरमा हरदम व्यस्त रहने गायिका आफ्नो समूदायको साँस्कृतिक प्रवद्र्धन, भाषिक प्रद्धन गायन कलामार्फत गर्दै आएकी छिन् । हरेक समूदायहरुको आफ्नै किसिमको संस्कृति रहेको हुन्छ । यसलाई राज्यले संरक्षण गर्ने दायित्व भएता पनि आदिवासी समूदायहरुको मौलिक परम्परा, कला, संस्कृति, पहिचान, भाषालाई राज्यले संरक्षण गर्न सकिरहेको छैन । तर पनि युवा कलाकर्मीहरुले आफ्नो क्षेत्रबाट संरक्षण र प्रवद्र्धन गर्नको लागी योग्दान पुर्याउँदै आएका छन्, यिनै कलाकर्मीहरु मध्ये एक हुन गायिका पुजा सुनुवार । सुनवारले सुनुवार भाषा लगायत अन्य भाषाहरुमा समेत आफ्नो साँगितिक प्रस्तुती बजारमा ल्याइसकेकी छिन् ।

सृजना आफैमा प्रतिष्पर्धा होइन । सृजना ल्याइसके पश्चात त्यसलाई कुनै अन्य संगित वा साँगितिक कोसेलीसँग तुलना गर्न मिल्दैन । किनकी हरेक सृजनाको आप्mनै अर्थ र स्थान रहन्छ । त्यसलाई कसरी बुझ्ने भन्ने मात्र मुख्य कुरा हो । यसअर्थमा युवा गायिका पुजाले सुनुवार समूदायको मातृ भाषामा साँगितिक कोसेली पस्किरहँदा त्यो साँगितिक कोसेली वा त्यो साँस्कृति साँगितिक सम्पत्ति त्यो सुनुवार समूदाय, वा त्यो आदिवासी समूदायहरुको मात्र नभएर राज्यको सम्पत्ति हो । किनकी कुनै समूदायहरुको भाषा, संस्कृति हराएर गएमा त्यो समूदायको मात्र नभएर राज्यको भाषा संस्कृति लोप हुनेछ । यसकारण गायिका पुजा लगायत मातृभाषामा साँगितिक कोसेली पस्किएका सबै कलाकारहरु धन्यवादका पात्र हुनुहुन्छ । यस्ता सृजनाहरु निरन्तर ल्याई रहन सकुन् शुभकामना छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्