गायिका सुनुवारको बमबम भोले
-मान्सुङ चाम्लिङ
युवा गायिका पुजा सुनुवारले आफ्ना कलाकर्मी साथीहरुको साथ नयाँ गीत बमबम भोले नामक नयाँ साँगितिक कोशेली लिएर आएकी छिन् । हरेक समय, परिस्थित, समय र समूदायहरुलाई लक्षित गर्दै साँगितिक कोसेली मार्फत साँस्कृतिक प्रवद्र्धन गर्दै समूदायहरुमा मनोरञ्जन दिन सफल गायिकाको रुपमा स्थापित भइसकेकी छिन । यस गितमा अन्य कलाकारहरुमा अनिश श्रेष्ठ, जुनु गौतम लगायतले साथ दिएका छन् ।
नेपाल विविधताभित्र एकता भएको देश हो । जहाँ १२६ जातजातिहरु र १२३ भाषाभाषीहरु रहेका छन् । ती विविध समूदाय तथा जातिहरुले आ–आफ्नै किसिमको भाषा, संस्कृति, परम्परा, धर्म मान्दै आएका छन् । यी नै समूदायहरु मध्ये विशेषगरी हिन्दुधर्म मान्ने समूदायहरुले साँस्कृतिक पर्वको रुपमा महाशिवरात्री मनाउँदै आएको पाइन्छ । उक्त पर्वमा खासगरी जो आफ्नो जीवनलाई बाबाको रुपमा परिबर्तन गर्दै छुटै जीवन निर्वाह गर्ने व्यक्तिहरु जो सोही किसिमका व्यक्तीहरुको महाभिड पशुपतिमा जमघट गर्ने गर्दछन् । सोही दिन अन्य समुदायहरुले पनि यो दिन आफुलाई मादक पर्दाथ सेवन गरेर लठै बनाउँदै सो पर्व मनाउने गरेको पाइन्छ । यो पर्वलाई नेपाल सरकारले नै सरकारी विदा र सरकारी पर्वको रुपमा मनाउने हुनाले शिवरात्रीको व्यवस्थापन, बाबाहरुको गाँस तथा बास, कपासको समेत व्यवस्थापन गर्दै आएको छ । यसैगरी अन्य समूदायहरुको चाडपर्वहरुलाई पनि राज्यले सम्मान गर्न आवश्यक छ ।