Logo

अब ‘जोखना’ नाटक नियमित मञ्चन हुने : नाटकमा सामाजिक यथार्थ र वैचारिक-राजनीतिक बहस


मुन्धुमस्टार डेस्क

काठमाण्डौ- मण्डला थियटरमा चैत्र ८ गते देखी निरन्तर रुपमा एक महिना ‘जोखना’ नाटक मञ्चन हुने छ । कथाकार वियस राईको पहिलो कथा संग्रह ‘हिउँमाझी’ बजारमा ‘जोखना’ नाटक सङ्गै पुन: चर्चामा आएको छ । गत मंसीर १५ मा राजधानीको अनामनगरस्थित मण्डला थियटरको मञ्चबाट विमोचित १३ कथाहरुको सङ्ग्रह ‘हिउँमाझी’ भित्र रहेको ‘जोखना’ शीर्षकको कथामा आधारित नाटक मञ्चन हुने भएसंगै फेरि एकपटक किताबको चर्चा चुलिएको हो।

यस नाटकमा किरात राई समुदायको लयात्मक जीवन, रंग रवसमय जीवनको गज्जबले प्रस्तुत छ अर्थात हामी किरातिको सघन बस्तिमा पुग्छौ जहाँ अर्गानिक जिबन शैली छ । यस नाटकले राजनीतिक रङ दिएको छ र बहस गर्ने ठाउ थुप्रै रहेको छ । जनयुद्धको समाज हुँदै समकालिन समाजमा बिशेष गरी गाउमा देखिएको सामाजिक यथार्थलाई नाटकमा गज्जबले प्रस्तुत गरिएको कुरा निर्देशक राईको तर्क छ । निर्देशक राईले थपे, ‘जोखना नाटकमा भाबुक बनाउछ, पेट मिचि-मिची हसाउछ,  गम्भिर भएर सोच्न बाध्य बनाउछ किनकी कथाको पात्र तपाईं भित्र हुनेछ र अन्तमा तपाईंलाई बौद्धिक बहस गर्ने ठाउ छ  ।’

‘जोखना’ कथाको नाट्य-रुपान्तरण चर्चित साहित्यकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङले गरेका हुन् । त्यस्तै, नाटकको परिकल्पना तथा निर्देशन किरण चाम्लिङ राईको रहेको छ। निर्देशक राई यस अघी बहु-चर्चित नाटक लाटो पहाडको निर्देशक हुन ।  कलाकारहरु संगीता थापा, रुपेश लामा, अनिल सुब्बा, दिवन रसाइलि, कबिल राई, मनी कुमार राई, पबित्र राई, निशा पार्खिन, सुदर्शन क्षेत्री, संजिब राई र मनाङ लावतीको दमदार अभिनय हुँदै छ । प्रत्यक्ष संगीतको धुन प्रकाश गन्धर्ब र अशिस शाहिले सुनाउने छन भने नाटकमा प्रकाशको संयोजन रुपमा उमेश तामाङ्ले गर्ने छन ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्