‘क्यान्डीक्रस’ कबिता- भाई किराती
मुन्धुमस्टार
'शो' गर्दै जिन्दगी हत्केलामा रोजेरै चौका दाउ जमेकै हो जुवाको खालमा खेल हो, हारजीत त हुन्छ नै तर न जीतेँ, न हारेँ सुरु गरियो फेरि दहलमार ¡ राखेर एक्का, बास्सा हातमा खेल्यो सोमले छक्का खेल विपक्षीले किच्यो सत्ताले जित्नै पर्छ, त्यसैले किच्याएँ म सँग भएको दहलले भएको त्यत्ति हो त्यो रंगको ठूलो तास विडम्बना, मारिलग्यो विपक्षीकै गुलामले पो आफ्नै हातको दहल ! भनेझैं पुच्छर काटी सजिलो खाँद्दै पोल्टामा दहल जति विजयीको ताज पहीरियो उसले र देखाउन थाल्यो आफ्नो उन्मादपूर्ण रवाफ त्यसरी लागेको छ मलाई कोट ! आफ्नै सोमको आत्मघाती खेलले भएको छु उपहासको पात्र दुनियाँ सामु त्यस खेलबाट कलंकित मेरो अस्तित्व प्रयासरत छु पखाल्नलाई तर उ, बेमतलव छ, बिल्कुल दिवा उल्लु झैँ ! लागेको छ फेरि अहिले लत, एक तमासले ! राखेर फेरि दाउमा आफ्नै जिन्दगी खेल्दैछु क्यान्डीक्रस सागा उघार्दै दैलो चारै दिशाको हरेक अनुक्रमको क्रन्दनपूर्ण हारले भएभरको तारा जन्माउने प्रतिवद्धतासँगै गर्दैछु जीतको सुनिश्चितता राखेर साछी इतिहास जन्माएर जम्मै तारा झिलिमिली आकाशे पटकाहरुको रौनकमय स्वागतसँगै स्वीकार्दै ताजको पुरस्कार फुटाएर जब्बर ताल्चा उप्काउदैछु प्रत्येक ढकनीहरु देखाउँदै एक, दुई, तीन, चार गर्दै क्रमशः एकपछि अर्को हरेक जिज्ञासाको रहस्यमय क्रम संख्या जो छोपिएको थ्यो सदीयौंदेखि उल्टो पाइलाले !



