Logo

माओबादी केन्द्रको आठौं महाधिवेशन कार्यदिशा : महान जनविद्रोह गर्दै निर्वाचन उपयोग गर्ने 


मुधुमस्टार डेस्क

काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन फागुन २६, २७ र २८ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष गोपाल किरातीले यस्तो जानकारी दिएका हुन् ।

आठौं महाधिवेशनको औचित्यबारे किरातीले विज्ञप्तिमा भनेका छन्– ‘गोर्खाली अन्धराष्ट्रवादी सत्ता संरचनाको विद्यमान दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ताविरुद्ध वैज्ञानिक समाजवादी कार्यक्रम, प्रगतिशील उपलब्धीहरुको रक्षा गर्दै कमजोरी सच्चाउन संविधानको समाजवादी पुनर्लेखन एवं अझ अधिकार सम्पन्न स्थानीय सरकारका लागि स्थानीय वर्गसंघर्ष उठानको कार्ययोजनासहित नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरियो ।’

त्यसैगरी समसामयिक राजनीतिबारे अध्यक्ष किरातीले भनेका छन्– ‘संविधानको असंलग्न परराष्ट्र नीतिविरोधी इन्डो प्यासिफिक कमाण्डमा नेपाल सरकारको संलग्नता, सरकार—सिके राउत सहमतिद्वारा उत्पन्न थरुवान–मधेस विखण्डनको हर्कत एवं विप्लव नेकपाविरुद्ध फासीवादी प्रतिवन्धबारे पार्टीको धारणा स्पष्ट गर्दछौं ।’

इण्डो-प्यासिफिक कमाण्डमा संलग्नता बारे कडा टिप्पनी 

किराती नेतृत्वको माओवादी केन्द्रले इण्डोप्यासिफिक सैन्य कमाण्डको अध्यक्षता, खतरनाक होली वाईन प्रकरण, गणतन्त्र नेपाल विखण्डनका लागि जनमत संग्रह र स्वतन्त्र मधेशलाई वैधानिकता, नागरिकता ऐन संशोधन विधेयकद्वारा थरुवान–मधेसका परम्परागत नेपाली नागरिकलाई अल्पमत बनाउने तथा विप्लव नेकपाविरुद्ध प्रतिवन्ध जस्ता ओली–प्रचण्ड सरकारका जघन्य कदमहरुका एउटै श्रृङ्खला भएको विश्लेषण सहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सरकारका यस्ता कदमले जनयुद्धकालीन चीनको समयमा राष्ट्रिय आत्मसमर्पणवादी गद्दार ‘च्याङकाइसेक’ र विस्तारवादका दलाल ‘लेण्डुप दोर्जे’को पुनरावृत्ति गर्न लागेको र परिणामतः नेपाललाई अफगानिस्तानको नियतिमा धकेल्ने बताइएको छ ।

अध्यक्ष किरातीले भनेको छन, ‘अफगानिस्तानलाई अड्डा बनाएर सोभियत संघ उखेलेको पृष्ठभूमिमा इण्डो प्यासिफिक कमाण्डको अध्यक्षता र ५०० मिलियन डलर घुसमा लोभ्याएर छिमेकी चीन र भारत विरुद्ध ‘अर्को अफगानिस्तान’ खडा गर्ने साम्राज्यवादी रणनीतिमा संसदवादी नेकपा सरकारले घुँडा टेक्न पुगेको छ ।’

अध्यक्ष किरातीले थप्दै भनेका छन्, ‘ओली–प्रचण्ड सरकार असंलग्न परराष्ट्र नीतिमा आधारित संविधानको ठाडै खिलाफमा गएको छ । अतः नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा एवं सार्वभौम शान्तिका लागि ओली—प्रचण्ड सरकारको राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध जुट्न देशभक्त एवं क्रान्तिकारी जनसमुदायमा नेकपा (माओवादी केन्द्र) जोडदार आह्वान गर्दछ ।’

विप्लवको प्रतिबन्ध हटाइयोस् र सिके राउतको सम्झौता सच्याइयोस् 

सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उनले माग गरे । उनले भने,‘विप्लवजीहरुले उठाउनुभएका मागहरु राजनीतिक हुन् । त्यसैले उहाँहरु पनि वार्ता तथा सहमतिमा आउनुपर्छ ।’

उनले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको उल्लेख गर्दै भने,‘सिके राउतसँग सहमति भएकोले विप्लवविरुद्ध प्रतिबन्ध लगाईएको हो ।’ आफूले आफ्ना पार्टीका प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग आजमात्रै पनि विप्लवविरुद्ध लगाईएको प्रतिबन्ध र विप्लवले हिजो गरेको नेपाल बन्दको बारेमा जिज्ञासा राखेको र अधिकांश नेता तथा कार्यकर्ताहरुले विप्लवलाई ठिक भनेको पनि किरातीले सुनाए ।

उनले भने,‘विप्लवलाई व्यापक समर्थन छ, तर भौतिक रुपमा भीडन्त गर्न तयार छैनन् ।’ उनले विप्लव नेतृत्वको नेकपाविरुद्ध ओली–प्रचण्ड सरकारको फासीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवा गरेका छन् । उनले अघि थपे,‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरि वार्ताद्धारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’

विप्लव समूहरलाई आफूहरुले भाईचारा मानेको भएपनि सांगठनिक र राजनीतिक रुपमा फरक–फरक ठाउँमा भएको उनको तर्क छ । उनले भने,‘हामी एक ठाउँमा छैनौं ।’ उनले विप्लव समूहलाई पनि वार्ता तथा सहमतिमा आउनको लागि आफूहरुले आग्रह गरिरहेको पनि सुनाए । उनले भने,‘अहिले भीडन्त गरेर हुँदैन् । प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्छ । हामी सबै माओवाद विचार मान्नेहरु जुटौं भन्ने हाम्रो चाहना हो, हामी त्यहीअनुसार प्रयत्न गरिराखेका छौं ।’

किराती नेतृत्वको माओवादी केन्द्रले सिके राउतसँग सरकारले गरेको सम्झौतालाई सच्याउन माग गरेको छ । त्यसैगरी विप्लव माओवादीमाथि लगाइएको प्रतिबन्धलाई फासीवादको संज्ञा दिँदै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ ।

वैचारिक—राजनीतिक कार्यदिशा बारे

विचार निर्माणमा माक्र्सवाद—लेलिनवाद—माओवादप्रति दृढ प्रतिवद्धता जाहेर गर्दै नेपाली विशिष्टतामा माक्र्सवादको विकास गर्ने, नेतृत्व निर्माणमा सर्वहारा रुपान्तरणका लागि त्यागको दर्शन, अर्थ—राजनीतिक कार्यक्रममा चरणवद्ध समाजवादको कार्यक्रम, राज्यसत्तामा गोर्खाली अन्धराष्ट्रवाद र दलाल तथा नोकरशाही पुँजीवाद विरुद्ध श्रमिक वर्ग, जाति, क्षेत्र, महिलाको संयूक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरण र वर्गसंर्घषमा महान जनविद्रोहको रणनीति अन्तर्गत मुख्यतः सडक आन्दोलन र निर्वाचन उपयोगको कार्यनीति निश्चित अध्यक्ष किरातीले बताए ।

आठौं महाधिवेशनको औचित्यबारे किरातीले विज्ञप्तिमा भनेका छन्– ‘गोर्खाली अन्धराष्ट्रवादी सत्ता संरचनाको विद्यमान दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ताविरुद्ध वैज्ञानिक समाजवादी कार्यक्रम, प्रगतिशील उपलब्धीहरुको रक्षा गर्दै कमजोरी सच्चाउन संविधानको समाजवादी पुनर्लेखन एवं अझ अधिकार सम्पन्न स्थानीय सरकारका लागि स्थानीय वर्गसंघर्ष उठानको कार्ययोजनासहित नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरियो ।’

महाधिवेशनका निर्णयबारे जानकारी दिन जारी गरिएको किरातीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र संसदवादी नेकपाबीच नाममा अन्तरबाहेक वस्तुगत चरित्रमा किञ्चित भिन्नता नरहेको, तर प्रतिपक्षमा हुनुका कारण कांग्रेसलाई उदार पुँजीवादी तथा सत्तापक्षमा रहेको नेकपालाई अनुदार पुँजीवादी विश्लेषण गरिएको छ ।’

किराती नेतृत्वको माओवादी केन्द्रले इण्डोप्यासिफिक सैन्य कमाण्डको अध्यक्षता, खतरनाक होली वाईन प्रकरण, गणतन्त्र नेपाल विखण्डनका लागि जनमत संग्रह र स्वतन्त्र मधेशलाई वैधानिकता, नागरिकता ऐन संशोधन विधेयकद्वारा थरुवान–मधेसका परम्परागत नेपाली नागरिकलाई अल्पमत बनाउने तथा विप्लव नेकपाविरुद्ध प्रतिवन्ध जस्ता ओली–प्रचण्ड सरकारका जघन्य कदमहरुका एउटै श्रृङ्खला भएको विश्लेषण सहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

६ पदाधिकारी सहित ५५ जनाको केन्द्रीय समिति

किराती नेतृत्वको माओवादी केन्द्रले महाधिवेशनबाट ५५ जनाको केन्द्रीय समिति बनाएको छ । पदाधिकारीमा ६ जना छन् ।

केन्द्रीय समिति गठनबारे जानकारी दिँदै भनिएको छ, ‘आठौं महाधिवेशनले पार्टीमा ९९ जनाको केन्द्रीय समिति रहने निर्णय गरेको छ । पछि थप गर्दै जाने गरी हाल वैकल्पिकसहित ५५ जनाको केन्द्रीय समिति, १८ जनाको राजनीतिक परिषद् र ६ जनाको पदाधिकारी चयन गरियो ।’

किराती अध्यक्ष रहेको पुनगर्ठित माओवादीको केन्द्रीय समिति विप्लवको जस्तो भूमिगत नभई सबै खुल्ला रहेका छन् । ६ सदस्यीय पदाधिकारीहरुमा अध्यक्ष गोपाल किराती आफैं छन् भने उपाध्यक्षमा तिलक थापामगर र रंगनाथ ढकाल छन् । महासचिवमा कर्णजीत बुढाथोकी र सचिवमा राजन तिमल्सिना र विनोद उपाध्याय छन् ।

केन्द्रीय संरचनाअन्तरगत ‘राजनीतिक परिषद’ पनि रहने बताइएको छ, जसमा गोपाल किराती, तिलक थापामगर, रंगनाथ ढकाल, कर्णजीत बुढाथोकी, राजन तिमल्सिना, विनोद उपाध्याय, धनकुमारी मगर, नरेश शाही, नरेन्द्र कटुवाल, आलोक रायमाझी, डम्बर सुब्बा, सिंहराज बिक, टीपी गौतम, लीला खड्का, नारायण राजवंशी, बलराम पुन, धर्मराज बेडुवाल र मेघबहादुर खत्रीलाई राखिएको छ । हाल ५५ जनाको केन्द्रिय कार्य समिती रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्