संगित अब विद्यालयमा पढाई हुने
-राजु बिक्रम चाम्लिङ
नेपालको विकट जिल्ला भनेर चिनिने खोटाङ जिल्ला, अन्य हिसाबले गरिब भएता पनि कलाकारको हिसाबले धनी मानिन्छ । त्यही जिल्लाको चर्चित संगितकार तथा गायक शान्तिराम राई नेपालको चर्चित संगितकारहरु मध्ये एक हस्ति हुन् । संगितकार राई राष्ट्रिय स्तरदेखी अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका छन्, साथमा नाम, दाम, सम्मान सबै पाएका छन् । उहाँले धेरै नया युवाहरु कलाकारिता क्षेत्रमा उत्पादन गरेका छन् । उहाँले आफ्नो कला, गलाले स्थापित भएसँगै युवा पिढि र विद्यार्थीहरुमा समेत संगितको ज्ञान दिएर संगितलाई स्थापित गर्न तथा सबैमा ज्ञान दिलाउनको लागी विद्यालयमा अध्यापन गर्नको लागीे कक्षा १ देखी ८ सम्मको संगित पाठ्यपुस्तक तयार गरि यही शैक्षिकसत्र देखी अध्यापन गराउन तयार गरिएको जानकारी दिनु भयो । संगितको पुस्तक तयार भएसँगै देशव्यापी रुपमा पुस्तक पसलहरु मार्फत वितरण तयारीमा रहेको छ । संगितलाई सदुपयोग गर्न सके नाम, दाम र सम्मान पाउने निश्चित छ । तर यसलाई सामान्य खेलाचीको रुपमा लिए आफ्नो समय वर्वाद हुने पनि निश्चित छ । जुन त्यस्तो वस्तु हुन्न जो जुनसुकै पेसा वा व्यवसायहोस, शत्रुता नहुने ! तर संगित त्यस्तो क्षेत्र हो, जहाँ शत्रुता भन्ने शब्द नै अट्न सक्दैन ।
मानिस आफैले आफुलाई जहिले अपुर्ण ठान्दछ । त्यसकारण जहिले पुर्णताको खोजिमा व्यस्त रहिरहेको हुन्छ । मानिस कैले खुशी, कैले दुख, कैले हाँसो, कैले रोदन अनि कैले चिन्ता र पश्चाताप यिनै कुराहरुमा रुमलिंदै एकबारको जिन्दीलाई पार लगाउँछन् । त्यहि मानिस खुशीमा रमाउनुको कुनै सिमा पनि राख्दैनन् तर त्यही मानिस दुखमा नैरास्य नै हुने गरी आतिन्छन् । सायद मासिन समयको खेल भएरपनि त्यस्तो भएको होला । यसकारण खुशीमा अझ खुशी थप्न, दुखमा मनलाई शान्ति दिन, रोदनमा आँशुलाई रोक्न, पश्चातापलाई विर्साईदिन मान्छेले आफ्नो सबै अनुकुलमा प्रयोग गर्न सक्ने माध्यम एउटै मात्र हुन्छ संगित । चाहे वालकहोस वा युवा अथवा वृदा, अपाङ्गहोस वा विधवा, खेलाडी होस वा विद्यार्थी, व्यवसायी होस वा राजनीतिज्ञ । यो विश्व संसारमा जे जस्तो क्षेत्रमा लागेका मानिस होस उसलाई संगित विना आफु अपुर्ण नै महशुष गर्दछ । चाहे संचारका माध्यमहरु रेडियो, टेलिभिजन अथवा अन्य ईन्टरनेटका साधनहरु संगित विनाको यो दुनिया संसार परिकल्पना समेत गर्न सकिन्न ।
हरेक क्षण सबैलाई संगितको आवश्यकता सबैलाई परेता पनि, सबैले महशुष गरेता पनि ती सबै पेशा व्यवसाय, राज्यले संगितलाई वेवास्ता गर्दै आइरहेको छ, यो पनि सत्य हो । तर पनि सांगितिक क्षेत्रमा लागेका कलाकारहरु आफ्नै परिश्रम र लगानीमा आफ्नो भविष्यलाई बाजी राखेर, धेरैजसो कलाकारहरु आफ्नो क्यारिअरलाई नै विर्सेर संगित सेवामा लागी परिरहेका छन् । तर यसको मूलयांकन न कुनै समूदायले नत राज्यले नै गरिहेको छ । यो ज्याँदै दुखको कुरा हो । तर पनि संगित क्षेत्रमा लागी परेका कलाकारहरुले आफुलाई अब्बल रुपमा प्रस्तुत गर्दै अगाडी बढीरहेको छ । यसकारण कलाकारहरुलाई सलाम गर्न जरुरी छ । राज्यको नयाँ संरचनासँगै संगितलाई पनि राज्यले एकअंगको रुपमा लिएर विकास गर्न नीतिगत तहमा व्यवस्थि तगर्न आवश्यक छ । साथै कलाक्षेत्रमा लागेका सबै युवाहरुको करिअरको जिम्मा राज्यले लिन आवश्यक छ । अन्यथा हरेक समयमा संगित हरेक व्यक्तिलाई आवश्यक पर्ने तर सम्मान र सद्भाव भने नगर्ने, यो नितान्त दुखद हुनेछ ।
स्मरणरहोस, संगितकार शान्तिराम राई आफुले यसक्षेत्रमा लागेर ख्याति कमाएसँगै हजारौं वालवालिकाहरुलाई पनि आफु जस्तै स्थापित कलाकार बनाउन पुस्तक तयार गरेर योग्दान गर्नु भएको छ । यस मानेमा उहाँ धन्यवादको पात्र त हुनुहुन्छ नै, यो कदमसँगै आगामी दिनहरुमा नया साँगितिक कोसेली र नयाँ पुस्तकहरु ल्याईरहन सकुन अग्रिम शुभकामना छ ।