Logo

पाकिस्तान-भारतबीच नयाँ युद्ध सुरु, भारतले थुन्यो एकै पटक तीन नदी


काठमाडौं । पाकिस्तान र भारतबीच फेरि विवाद तनाव उत्पन्न भएको छ । पाकिस्तानी भूमिमा बम हमलासँगै पछिल्लो पटक विवाद उत्पन्न भएको थियो । पाकिस्तानले भारतीय वायु सेनाको लडाकु बिमान खसालि दिएपछि कश्मिरबाट पछी हटेको भारतले फेरि युद्ध सुरु गरेको छ ।

भारतबाट पाकिस्तान बग्ने तीनवटा नदी एकैपटक बन्द गरेको थुनेको हो । भारतीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिदिएको बताएका छन् ।

पाकिस्तानको संरक्षणमा कश्मीरको पुलवामा अतिवादी आक्रमण भएको आरोप लगाएको भारतले तत्कालै ती नदीको पानी बन्द गर्ने धम्की दिएको थियो । हाल राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राज्यमन्त्री मेघवालले तीनवटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

भारतीय केन्द्रीय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् । भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जलसम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ । पुलवा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ । पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएका थिए । आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो ।

जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानबीच हवाइ हमलासम्मका घटना भएका थिए । तर पाकिस्तानले भारतको एक लडाकु विमानलाई जमिनमा खसालेर पाइलटलाई नियन्त्रणमा लिएपछि भारत पछि हट्न बाध्य भएको थियो । पाकिस्तानले भारतीय पाइलटलाई ससम्मान रिहा गरिदिएपछि तनाव केही मत्थर भएजस्तो देखिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्