Logo

खडग ओली-प्रचण्ड र सिके राउत बिच राट्रघाती निर्णय-गोपाल किराती (भिडियो सहित)


बुटुवल । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय बैठक बुटवलमा जारी छ । यस बैठकमा नेकपा (माओबादी केन्द्र) को अध्यक्षले खडग ओली-प्रचण्डलाई गद्दार भनेको छन । नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धनले एउटा राजनीतिक सहमति गरेपछि नेकपा (माओबादी केद्रको)को अध्यक्ष गोपाल किरातीले खडग ओली र प्रचण्ड बिरुद्ध राट्रघाती गदारको निर्णय भनेको छन ।

कसरी राट्रघाती भयो भन्ने सबिस्तारमा किरातीले भनेको छन, ‘नेपाल सरकारको तर्फबाट “स्वातन्त्र मधेश गठबन्धन”लाई एक लोकतान्त्रिक राजनीतिक सहमत गरेका छौ भन्ने कुराले स्वत:रास्ट्रको बिखण्डकारीलाई खडग ओली र प्रचण्ड सरकारले राज्यको तर्फबाट बैधानिक दिएको छ ।’ विश्व सामाराज्याबादी अमेरिकाबाट ५०० मिलियन डलर लिएर ‘इन्डो फेसिफिक सैन कमाण्ड’को अध्यक्ष स्विकार गर्ने खडग ओली र प्रचण्ड राष्ट्रिय गद्दार चेङ्काईसेक र लेण्ड्रुप दोर्जे पथमा समाहित भएको कुरा बताए ।

त्यस्तै गरी, नेकापा (माओबादी केन्द्र )को केन्द्रिय बैठकद्वार राट्रघाती सहमतिको घोर भर्सना गरेको कुरा महा-सचिब कर्णजित बुढाथोकीले यस मिडियलाई बताए ।

सहमतिमा हस्ताक्षरमा गरेपछि सिके राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गरेका थिए । जनमतसङ्ग्रह आफ्नो माग भएको एवम् सहमतिअनुसार आफूले त्यसका लागि राजनीतिक स्थान पाएको भन्दै उनले यसबाट सबैको जित भएको बताए। सहमतिपत्रमा हस्ताक्षरपश्चात् राउतले सामाजिक सञ्जाल फेसबुकमा सरकार जनमत सङ्ग्रह गराउन तयार भएको लेखेका थिए ।

बिष्लेशकहरुको तर्क छ, ‘सिके राउतको कुराबाट स्वतन्त्र मधेश हुन सक्ने सम्भाबना प्रबल रहेको छ। ।’

भिडियो हेर्नुस

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्