Logo

ज्योतिले तताइन् लेटाङ


पथरीशनिश्चरे/ मोरङको लेटाङमा आयोजित ‘लेटाङ एक्स्पो’ को स्टेजमा मङ्गलबार साँझ गायिका ज्योति मगर उपस्थित भएपछि युवा दर्शकहरूको हुटिङ शुरु भयो ।
कृषि, पर्यटन तथा व्यवसायिक प्रवद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गरिएको एक्स्पोमा गाउन आइपुगेकी ज्योतिले आफ्नो चर्चित गीत ‘ढाडे बिरालो’ गाउँदा दर्शकहरू नाच्न थाले । शुरुमा मगर पहिरनमा स्टेजमा देखिएकी ज्योति एकैछिनमा मगर पहिरन खोलेर छोटो जामामा नाच्दै गाउन थालिन् । त्यसपछि दर्शकको हुटिङ झनै बढ्यो ।
एक्स्पोमा हरेक दिन चर्चित कलाकारहरूले प्रस्तुति दिइरहेका छन् । यसअघि चर्चित गायिक मेलिना राई, सुगम पोखरेल र टीका प्रसाईले प्रस्तुति दिइसकेका छन् । आज(बिहीबार) गायिका आस्था राउत र (भोलि) शुक्रबार गायक प्रमोद खरेलको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै कमल खत्री, बाबु बोगटीलगायतले पनि एक्स्पोमा गाउनेछन् ।
एक्स्पोमा स्थानीय उत्पादन, हस्तकलाका सामग्रीलगायत आकर्षणका रूपमा छन् । एक्स्पोमा ६५ लाख आम्दानी र ५९ लाख खर्च हुने अनुमान गरिएको आयोजक लेटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मित्र विमलीले बताए । फागुन १७ देखि शुरु एक्स्पो २६ गतेसम्म सञ्चालन हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्