Logo

राहत शिक्षकको माग पूरा गर्न नेकपा (माओवादी केन्द्र)को माग


काठमाण्डौ- नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गरेर राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षका शिक्षकहरुले आफ्ना जायज र न्यायपूर्ण माग प्रती सर्मथन र ऐक्यवद्धता जागेर गरेको छ । आफूहरूलाई स्वत: स्थायी हुने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा राख्न माग गर्दै दुई दिनदेखि शिक्षकहरू राजधानीमा आन्दोलनमा छन्।

आन्दोलनका क्रममा सोमबार प्रहरीले शिक्षकमाथि अश्रुग्यास, लाठी प्रहार गरेको भन्दै कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । सोमबार शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको विरोधमा आज उनीहरूले देशभरमा सामुदायिक विद्यालय बन्द गरेका छन्।

राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षकहरु आन्दोलनमा।

नेकपा (माओवादी केन्द्र)को महासचिब कर्णजित बुढाथोकीद्धारा जारी बिज्ञाप्तिमा भनिएको छ ‘राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षका शिक्षकहरुले आफ्ना जायज र न्यायपूर्ण माग राखेर आन्दोलन गरिरहेको सन्दर्भमा उनीहरुको आन्दोलनप्रति हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) जोडदार सर्मथन र ऐक्यवद्धता जागेर गर्दछ ।’

‘खड्ग ओली-प्रचण्ड सरकारले श्रमजीवी जनताका विभिन्न तप्काका जनसमूदायको आवाज सुन्नुको सटो उल्टै दमनमा ओर्लिनुले पञ्चायतीकाल पुनरावर्तीकाे झल्को दिईरहेको छ’ विज्ञप्तिमा उल्लेख छ । नेकपा (माओवादी केन्द्र)ले भनेको छ, ‘आन्दोलनकारीकाे माग पुरा गरी घाईते भएकाहरुको उपचार र क्षतिपुर्ती दिन समेत माग गर्दछ । र सरकारले आन्दोलनरत पक्षको समस्या समधान गर्न सर्वपक्षीय उच्चस्तरीय आयोग गठन गरी यथाशिघ्र समस्याको हल गर्न हार्दिक अनुरोध गर्दछौ ।’

यसैसाथ, ‘विप्लव नेकपा र सरकारवीच सार्थक वार्ताका लागि हाम्राे पार्टी गम्भिर आग्रह गर्दछ,’ भनि नेकपा (माओवादी केन्द्र)ले कडा शैलिमा बिज्ञाप्ती निकालेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्