Logo

शिविरबाहिरका हतियारको जिम्मा हामी लिन्नौं: प्रचण्ड


पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको माओवादीले सबै हतियार शिविर  (क्यान्टोन्मेन्ट) मा राखिएकाले त्यसबाहिरका हतियारको जिम्मा आफूहरूले नलिने बताएका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताबाट तत्कालीन माओवादीले नेपाली सेनाका ब्यारेकबाट लुटेका हतियार बरामद् हुन थालेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘जति हतियार थिए ती क्यान्टोनमेन्टमा थिए। ती सबैको हामीले व्यवस्थापन गरेका हौं,’ प्रचण्डले सोमबार पत्रकार सम्मेलनमा भने, ‘बुझाएको भन्ने शब्द हाम्रो सहमतिसँग मिल्दैन।  हतियारको व्यवस्थापन र सेनाको संयोजन गरेको भन्ने नेपाली शब्द हो। त्योभन्दा बाहिर कसैले लुकाएर राखेको थियो भने त्यसको जिम्मेवार हामी हुन सक्दैनौं। जिम्मेवार हुने कुरा पनि होइन।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्