Logo

क्रान्तिको विश्वइतिहास-राजन तिमल्सिना


 

फ्रान्सेली राज्य क्रान्तिले प्रगतिशील र वैचारिक उथलपुथलमा अमेरिकी स्वतन्त्रता संग्रामलाई पछाडि पार्यो । समानता, स्वतन्त्रता र भातृत्वको नारामा बिश्वमा पहिलोपटक पूँजीवादी प्रतियोगिता बजारमाथि आधारित समाज तथा माग र आपूर्तिको बिजारोपण गर्यो । राजशाहीलाई समाप्त पारियो ।
आम जनसमुदायको शासन स्थापना गरियो । यद्यपि यो क्रान्तिले ५ सालमा नै असफलता भोग्नुपर्यो ।

नेपोलियन बनोपार्टको बर्बरबंशको शासन युगको शुरुआत भयो । यसको बाबजुद यसको भ्रुणमा भविष्यको पूँजीवादी समाज बिद्यमान थियोे । अमेरिकी स्वतन्त्रता संग्रामको बिजय पश्चात् पनि बिश्वलाई १८अौ शताब्दीबाट महत्त्वपूर्ण कुरा गर्न बाकी थियोे ।

युरोप र बिश्वको इतिहासलाई एउटा निर्णायक मोड दिने सामन्तवाद बिरोधि पूँजीवादी क्रान्तिको बिगुल त बजेको थिएन, तर पनि त्यसको लागि परिस्थिति तयार हुँदै गईरहेको थियोे । युरोपमा राजबंसको अस्तित्व संकटबाट गुज्रिरहेको थियोे ।

सन् १७७३ मा लुई सोह्रौ राजगद्दीमा आसिन भइ १७८८ सम्म उसको कुशासनले सरकारी ढुकुटीलाई स्वाहा पार्यो । सन् १७८९ को शुरुआतबाट फ्रान्सेली स्टेट जनरलका तीन प्रतिनिधि तप्कामा फरकफरक किसिमका अन्तरविरोध देखापर्न थाले । यी तीन तप्का थिए : कुलीन वर्ग, पुरोहित वर्ग र सामान्य जनता ।

राजाका मन्त्रीगणका क्रियाकलापहरु कुलीन वर्गलाई स्वीकार्य थिएनन् । पुरानो प्रन्तीय स्वतन्त्रताका वकिल सत्ताको अत्यधिक केन्द्रकरणको बिरोधमा थिए । ब्रिटेनको संसदीय क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामबाट प्रभावित मानिसहरु थोमस पाइनेको मानवअधिकार सम्बन्धि बिचारबाट प्रभावित थिए ।

आम जनसमुदायका प्रतिनिधिहरु राज्यको ढुकुटी समाप्त पारी त्यसको सम्पूर्ण भार किसानहरूमाथि थोपरेकोले राजतन्त्रको बिरोधि थिए । सन् १७८६ को अौद्योगिक संकट, सन् १७८७ र १७८८ मा हुन गएको खराव फसलको कारण फ्रान्समा आर्थिक मन्दी छायो । मूल्य बढ्नुको साथै अनिकालको डरले जनमानसमा त्रास बढेको थियो ।

यस्तो विषम परिस्थितिमा लूई सोह्रौ र मारिया थेरेसाको छोरी मेरी एन्प्टोइनिटेले आफ्नो शासनमा सुधार गर्न ध्यान दिएनन् । राजाले जनताको कष्टलाई ध्यान राखि सुविधासम्पन्न कुलीन तप्कालाई आफ्नो पक्षमा राख्नु आवश्यक थियोे । तर यस्तो गरिएन ।

बढ्दो आर्थिक संकटको कारण राजाले करिव डेढसय वर्षपश्चात् भर्साइल एस्टेट जननरल बोलाउन बाध्य हुनपर्यो । आफ्नो प्रजाका ३ वटै तप्कालाई राजाले सोध्न चाहन्थे, राष्ट्रमाथि चढेको ऋणलाई कसरी चुक्ता गर्ने ? अर्थब्यबस्था कसरी सुदृढ गर्ने?, यसभन्दा पहिले १६१४ मा एस्टेट जनरलको बैठक सम्पन्न भएको थियोे ।

त्यस समयदेखि अहिलेसम्म थर्ड स्टेटका प्रतिनिधि दुईगुणा भैसकेका थिए । एस्टेट जनरलका ११०० प्रतिनिधिमा आधा तेस्रो स्टेटका समुदायका प्रतिनिधिहरु थिए । जसमा कयौं वकिल र बुद्धिजीवी एस्टेट जनरलमा तेस्रो स्टेटका प्रतिनिधि बनेर गएका थिए । यिनीहरुमा राव्सपियरे, वोलनी र खगोलविद् बेलीका नाम प्रमुख थिए ।

कूलिनहरुको प्रतिनिधिको रुपमा डयुक अफ ओर्लियस र मारक्वियस दि लोफायते थिए । लोफायते अमेरिकी स्वतन्त्रता संग्रामको नायक जर्ज वाशिन्टनका साथी थिए । उनीहरूले अमेरिकी स्वतन्त्रता संग्राममा पनि भाग लिएका थिए । पुरोहित वर्गका प्रतिनिधि कार्डिनल रोहन, हेनरी ग्रिगेइट, चार्ल्स मारिन, दि टोलीरेण्ड लगाएत थिए ।

७ मई १७८९ मा स्टेट जनरलको बैठक सुरु भयो । बहुमतको आाधारमा निर्णय हुने कि नहुने भन्ने बिषयमा २ महिनासम्म बहस जारीरह्यो । जुन १७ मा थर्ड स्टेटका प्रतिनिधिले आफूलाई फ्रान्सको ९६% जनताको प्रतिनिधि घोषणा गरे । यसकारण उनीहरू नै नेशनल एसेम्बली हुन, उनीहरूले जुन कर निर्धारण गर्ने छन, त्यो नै कानून हुनेछ, थर्ड स्टेटको शक्ति देखेर पुरोहित वर्गका धेरै प्रतिनिधि उसँग मिल्न गए ।

थर्ड स्टेटको अवस्थाको मुल्यांकन गर्दै राजाले कडा कदम चाले, उनीहरूका प्रतिनिधिलाई सदनबाट निकालिदिए । थर्ड स्टेटका प्रतिनिधिले टेनिस कोर्टमा बैठक बोलाए र जनप्रतिनिधिले फ्रान्सको नयाँ संविधान निर्माण नभएसम्म आफ्नो बैठक नरोक्ने सपथ ग्रहण गरे । २० जुनमा ऐतिहासिक घटना घट्यो । राजाले ३ दिनपछि तुरुन्तै बैठक समाप्त गर्ने आदेश दिए । थर्ड स्टेटलाई पनि चुनौतीपूर्ण धम्की दियो । थर्ड स्टेटका मिराकलले “संगीनको धारबाट नै उनीहरूलाई हटाउन सकिन्छ” भनी चुनौतीपूर्ण जवाफ फर्काए । मिराकलको जवाफ पछि लुई सोह्रौ नेशनल एसेम्बलीसंग डरायो ।

पेरिसमा जनताको मातहतमा कुलीनवर्गको बिरोधि भावना फैलिन थाल्यो । राजा नेशनल एसेम्बलीबाट, सुबिधाभोगीवर्ग आफ्नो सुबिधा गुमाउनबाट र थर्ड स्टेट कुलीनहरुको हमलाबाट डराएका थिए । पेरिस बेरोजगार र शरणार्थीहरुबाट भरिन थालेको थियोे । मानिसहरूलाई के लाग्यो भने कुलीनवर्ग उनीहरूका बिरुद्धमा षड्यन्त्र गरिरहेको छ । यस्तो परिस्थितिमा देशमा दंगा भड्कियो ।

दंगा नियन्त्रण गर्न नसकेको आरोप लगाएर राजाले प्रधानमन्त्री नेकरलाई पदबाट बर्खास्त गरे । १४ जुलाईमा कुलीनवर्गबाट आफ्नो रक्षा गर्नको लागि हतियार खोजीमा रहेको भिडले किलेनुमा जेल बैस्टीलमा पस्ने कोशिश गर्यो । जेलको गर्भनर लाउनेले सैनिकहरुबाट भिडमा गोली चलायो । कयौं नागरिक मारिए भने कयौं घाइते भए । त्यसबाट पेरिसवासीको आक्रोश झन बढ्न गयो र उनीहरूले तोपहरु घचेटेर मोर्चा लगाए । बैस्टीलमाथि धावा बोले । गभर्नरले हतियारसहित आत्मासमर्पण गर्नु पर्यो ।

भिडले उसलाई घिसार्दै ल्याएर शरिरबाट टाउको अलग गरिदिए । बैस्टीलमा ७ वटामात्र कैदी थिए । जेलरको पतन क्रान्तिका लागि प्रतिकात्मक सुरुवात हुन पुग्यो । पेरिसका ग्रामीण ईलाकामा संघर्ष छेडियो । ग्रामीण किसनले हतियार उठाउन थाले । राजा डराएर पून नेकरलाई पुन प्रधानमन्त्री बनाए र पेरिस क्रान्तिलाई मान्यता दिए । राजाका अधिकार र सत्ता बिस्तारै कमजोर बन्न गयो ।

साथसाथै बिश्वमा भरुवा बन्दुकदेखि अग्नेयस्त्र तथा जहाजहरु निर्माण गर्ने बिकसित प्राविधिक ज्ञानले युरोपको आक्रमणकारी क्षमतामा वृद्धि भयो । नेपोलियनले सन् १८१५ मा बेलायतमाथि गरेको आक्रमण तथा वाटरलूको लडाइँमा उसले खेप्नु परेको नराम्रो हारको कारण बिश्वमाथि बेलायतको दबदबा स्थापित हुन पुग्यो । बेलायती अौद्योगिक क्रान्तिले सन् १८१५ देखि १९१४ को बीचमा युरोपेली जनजीवनमा गुणात्मक परिवर्तन ल्यायो ।

सन् १८६० देखि १९३० को ७० बर्षको अवधिमा उपभोग्य बस्तुको उत्पादन १० गुणा वृद्धि भयो । युरोपेली गोराहरुको जनसंख्या १५ करोडबाट बढेर ७५ करोड पुग्यो । तीन करोड युरोपेली गोरा जतिहरु बिशेष गरी एशिया, अफ्रिका र अमेरिकासम्म फैलिएर आ-आफ्नो साम्राज्य बिस्तारमा लागे ।

सन् १८७० देखि १९०० बीचमा ४७ लाख ५४ हजार वर्गमाइल जमिन तथा ८ लाख ८० हजार जनतामाथि बेलायतले नियन्त्रण कायम गर्यो । सन् १८८४ देखि १९०० सम्ममा फ्रान्सले ३५ लाख ८४ हजार ५८० वर्गमाइल जमिन तथा ३ करोड ६५ लाख ५३ हजार जनतामाथि आफ्नो साम्राज्य बिस्तार गर्यो ।

त्सैगरी यसबीचमा जर्मनीले १ करोड ६६ लाख ८७ हजार जनता र १० लाख २६ हजार २२० वर्गमाइल जमिन कब्जा गरेको थियोे । यसरी बिश्वका शक्तिशाली साम्राज्यवादी देशहरुले दुनियाँलाई भागबण्डा गरि लिएका थिए । यता पूर्वी देशहरूमा पुरोहितवादको नेतृत्वमा अध्यात्मवादले उनीहरुको गुलामी गरिरहेको थियोे जसमा भारत प्रमुख थियोे ।

बिश्वमा आ- आफ्नो बर्चस्व कायम गर्ने होडमा साम्राज्यवादी देशहरूको बीचमा तालमेल कायम रहन सकेन । २८ जुन २०१४ मा बाल्कन राज्यको सानो सहर सेराजेबोमा अस्ट्रियाका आर्क ड्युक फर्डन्यान्ड आफ्नी पत्नी सोफियासहित बसिरहेको अवस्थामा गोलीको सिकार भए । सर्बियालीहरुले उनीहरुमाथि आक्रमण गरेका थिए ।

त्यस घटनाका सिकार बनेका दम्पती जनसाधारण नभएर अस्ट्रो-हङ्गेरीयाली साम्राज्यका हेब्स बुर्क राजवंशका उत्तराधिकारी थिए । त्यस घटनाको असर एउटा देश र साम्राज्य भित्रमात्र सीमित रहेन, जसले सिंगै बिश्वको ध्यानाकर्षण गरायो । त्यसै घटनाबाट प्रथम बिश्वयुद्धको शुरुवात भएको थियोे ।

उक्त घटनापछि जर्मनका कैजर अस्ट्रो-हङ्गेरीयाको पक्षमा लागे भने रुसका जारशाही शासकहरु सर्बियाको पक्षमा लागे । फ्रान्स रुसको पक्षमा लाग्यो भने बेलायत जर्मनीको पक्षमा उभियो । शुरुमा अस्ट्रियाले सर्बियामाथि हमला गर्यो भने जर्मनीले बेल्जियमबाट फ्रान्समाथि हमला गर्यो ।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम बिश्वयुद्धमा २ करोड भन्दा बढि निर्दोष मान्छेले ज्यान गुमाृउनु पर्यो । युद्धको अन्तिम चरणमा अमेरिकाले जर्मनबिरुद्ध धम्की दिएपछि मित्रराष्ट्रको जीत सम्बभ भयो ।

११ नोभेम्बर १९१८ मा प्रथम बिश्वयुध्द समाप्त भएको घोषणा गरियो । बिश्वयुद्ध समाप्त भएको घोषणा गरियता पनि सन्धिका शर्तहरुमा पून खिचातानी भयो । अमेरिकी राष्ट्रपती विल्सनले १४ सुत्रीय सर्त अघि सारेपछि दुबैपक्ष बाध्य भएर सहमत भए । विल्सनले लिग अफ नेसन्स स्थापना लगाएतका सर्त राखेका थिए । १८ जुन १९१९ मा फ्रान्सको वार्सा शहरमा यो सन्धिमा हस्ताक्षर सम्पन्न भएको थियो ।

उक्त सन्धिका कारण जर्मनीले ६५ लाख जनता तथा २७ हजार वर्गमाइल आफ्नै भूभाग गुमाउनु पर्यो । साथै १ करोड २० लाख अौपनिवेशिक जनता समेत गुमाउनु पर्यो । प्रचुर मात्रामा कच्चापदार्थ पाईने जमिन र विशाल मानवीय शक्तिबाट बञ्चित हुदा जर्मन दुर्बल र असहाय राष्ट्रमा परिणत भयो । अन्ततः वार्सा सन्धिमानै दोस्रो बिश्वयुद्धको भुण बिजारोपण भैसकेको थियोे ।

७ नोभेम्बर १९१७ मा बिश्वयुद्धले दुबै साम्राज्यवादी खेमा कमजोर भएको बेला मजदुर-किसान नेतृत्वमा सोभियत क्रान्ति सम्पन्न भयो । त्यसैबीच लेनिनले बोल्सेभिक पार्टीको नेतृत्वमा समाजवादी कार्यक्रम लागू गर्दै यो भन्दा उन्नत बिकल्प बिश्वसामू नभएको घोषणा गर्नु भयो ।

वार्सा सन्धिका मुख्य बुदाहरु

१. लिग अफ नेशनको गठन
२. नगद वा जिन्सी सामानको रुपमा जर्मनीले कूल ६५० करोड पाउण्ड बराबरको क्षेतिपूर्ती तिर्नु पर्ने
३. जर्मनले मित्रराष्ट्रलाई आफ्नो सम्पूर्ण उपनिवेश सुम्पनु पर्ने
४. देश बाहिरका जर्मन शैन्य अखडाहरु बन्द गर्नु पर्ने
५. जर्मन सेनालाई निशस्त्रीकरण गर्ने
६. जर्मन सीमाको पूननिर्धारण गरि अल्सस र तेरेन नामक प्रदेश फ्रान्सलाई, पूर्वी साइलेसियाको एकभाग पोल्यान्डलाई र क्रोसियाको एकभाग चेकोस्लोभाकियालाई सुम्पनु पर्ने अादि ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्