किरातीको पहिचान दिने गित ‘खुवालुङ खुल’ जनम थुलुङले ल्याए
काठमाण्डौ-चर्चित गायक जनम थुलुङले किरातीको पहिचान दिने गित ‘खुवालुङ खुल’ शिर्षकको गित आफनै युटुब मार्फत बजारमा ल्याएका छन ।
किरातीको मुन्धुम र मिथकको आधारित तयार पारिएको यस गितमा अहिले पनि किरातीको बस्तिको वा समाजको दर्पन देख्न सकिने छ । अति मिठो शब्द, संगीत र गायन रहेको छ भने मार्मिक र गौरबपुर्ण गित छ । गितको शुरुको अन्श :
खुवालुङ ! खुल, खुल, खुल !
नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाईला
नलागोस है मलाई ठेस, चाँडै पुगी हेर्नू छ किरातीको देश !
आफनो आमा-बाबाप्रती समर्पित गर्दै दर्शकलाई बिशेष कोशेली लिएर आएको कुरा गितको अघी तिर देख्न सकिन्छ । यस गितलाई रचना सास्कृतिककर्मी एबम साहित्यकार खुक्सङ खम्बुले गरेको हो भने संगीत र स्वर चर्चित युबा गायक जनम थुलुङले दिएको हुन । ‘खुवालुङ खुल’ गितको अरेन्ज र मिक्सिङ राजु कार्कि गरेको हुन भने रेकर्डिस्ट मनोज साङ्सोन गरेको हुन । त्यस्तै गरी रेकर्डिङ किङ्ग स्टुडियोले गरेको हो भने भिडियो मनोज राईले बनाएको हो ।
खुवालुङ भनेको के हो ?
मिथक अनुसार किराती राई जातिका सन्तानहरु बर्तमान मैदान चतराबाट नदी पछ्याउँदै उँभो पहाडतिर उक्लँदा बाटै छेकिने गरि बीच बाटोमा ठूलो ढोका देखा पर्यो । यहि ढोकालाई खुवालुङ भनिन्छ । मुन्दुम फलाकेर विभिन्न जीवजन्तु, चराचुरुङ्गीको भोक दिएर आ-आफ्नो शक्तीले खुवालुङ खोली कोहि अरुण,कोहि लिखु,कोहि दुधकोशी, कोहि सुनकोशी नदीलाई पछ्याउँदै राईहरु अघि बढे भनिन्छ । अहिले पनि आफुले पछ्याई गएको नदी आसपास नै उनिहरुको सघन बसोबास रहेको छ ।