Logo

आकाश छुने कथा


-भाई किराती

 मिथक :- पौराणिक कथा हो । जो अहिलेको परिवेशमा आधिकारिक रुपले दस्तावेजिकरण नगरिएका इतिहास हुन भन्न सकिन्छ । तसर्थ  मिथकलाई बुझ्ने दृष्टिकोण लौकिक र अलौकिक अर्थात अध्यात्मवादी र द्वन्द्वात्मक गरि दुइटा छन । अध्यात्मवादका अनुसार :- त्यो अलौकिक शक्तिको बयान हो, त्यसको पूजा आराधना वा प्रार्थना गर्नाले ठूलो शक्ति प्राप्त हुन्छ । अलौकिक शक्तिको बारेमा बुझी साध्य छैन । त्यसैले त्यो बारेमा जताततै जोसुकैले चासो दिइहिड्नु अशुभ हुन्छ ।

द्वन्द्वात्मक दृष्टिकोण अनुसार :– कुनै कालखण्डमा मानव समाजमा भएको क्रान्ति र प्रतिक्रान्तिको चित्रण वा समाज बिकास क्रमको त्यस परिवेश अनुसार सुरक्षीत गरिएको घटना विवरण हुन । जुन समयको आधिकारिक स्तम्भ नै हो त्यो । त्यसलाई समाज विज्ञानको हरेक नियमसँग तुलनात्मक आधारमा विश्लेषण गरिनु पर्दछ । जसले जीवन र जगतको हरेक सम्बन्धहरुको सारमा पुग्न सकिन्छ ।

नेपाली समाजमा प्राचीन कालदेखि स्थापित किराती समुदाय, ऐतिहासिक भौतिकवादी र द्वन्द्वात्मक दृष्टिकोणले अब्बल चेतनाको समुदाय मानिन्छ । प्राप्त इतिहासलाई आधार मान्दा प्राचीन कालमा किराती समुदायले सामान्य श्रम बिधिको आधारमा र युद्धको सामान्य नियमको आधारमा गरि दुईवटा ऐतिहासिक क्रान्ति सम्पन्न गरेका छन । ती मध्ये पहिलो क्रान्ति ई.पू २३-२४ सय आसपास श्रम बिधिद्वारा समुदायलाई जंगली युगबाट कृषि युगमा प्रवेश गराउन सफल । दोस्रो क्रान्ति ई.पू. ११-१२ सय तिर दास-मालिक युगको अन्त्य गर्दै सामन्तवादी व्यवस्थाको स्थापना गर्न सफल । तर अहिले सम्म लिखित दस्तावेजहरु वा लिखित इतिहासहरु पर्याप्त नभेटिएको कारण यो समुदाय माथि ठुलो नैतिक प्रश्न भने खडा छ ।

नेपालमा बसोबास गर्ने किराती समुदायको  “रिदुम” वा मुन्धुम अलिखित अर्थात मौखिक दर्शन हो । जो आजसम्म पुस्तान्तरण हुँदै आएको छ । यसै रिदुममा बैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका वैज्ञानिक र दार्शनिक आधारहरू पर्याप्त छन । रिदुम भित्र  तर्क र तथ्यको आधारमा सत्य खोज्नु पर्दछ । किराती भाषामा philosophy लाई “रिदुम” वा “मुन्धुम” भनिन्छ । “रिदुम” शब्द रि+दुम को समास शब्द हो । यसलाई Di-section सिद्धान्त अर्थात बिग्रह गरि अर्थ्याउँदा :- “रि” भनेको मुख्य कुरा हो, “दुम” को दुइटा अर्थ लाग्ने गरेको छ, एउटा पहिल्याउनु र अर्को पिउनु हो । तर “रिदुम” मा प्रयोग हुनेगरेको अर्थ पहिल्याउनु, पत्तालाउनु नै हुन्छ । अर्थात “रिदुम” को शाब्दिक अर्थ मुख्य कुरा पहिल्याउनु वा मुलसत्ता पत्ता लगाउनु भन्ने हुन्छ । दार्शनिक दृष्टिकोणले विश्लेषण गर्नुपर्दा “रिदुम”ले :- प्राकृतिक देनलाई आफ्नो जीवन दर्शन मान्दै, पितृ- पुर्खाहरु पनि हाम्रा पूर्वाधार हुन भन्ने दृष्टिकोण अंगालेको देखिन्छ । यसर्थ प्रकृतिलाई प्रधान मान्दै जल, वायु, अग्नि र भूमि गरी चार तत्वको ब्याख्या गरेको पाइन्छ । किराती Philosophy लाई हिन्दु, बुद्ध, मुस्लिम, क्रीस्चियन- वादी वा अन्य कुनै दृष्टिकोणले ब्याख्या तथा विश्लेषण गरियो भने ठिक ठाउमा पुगिदैन । त्यसलाई, आजभन्दा करिब ३१-३२ सय वर्ष अघि अर्थात ई.पू. ११-१२ सय तिर दास-मालिक युगको अन्त्य गरि सामन्तवादी व्यवस्थाको स्थापनाद्वारा ऐतिहासिक क्रान्ति सम्पन्न गर्ने यलम्बर दृष्टिकोणले बुझ्नु र विश्लेषण गर्नु पर्दछ ।

किरातीहरु जब कृषि युग हुँदै सभ्यताको युगको नेतृत्व गर्न सफल भए । र हर्षोल्लासका साथ उत्सव मनाए । तब संसारमा उल्लेख्य काम, वा  महान कार्य भएको आफ्नो समाजमा व्यापक प्रचार भयो । उत्साह पूर्वक एक अर्कामा शुभकामना आदानप्रदान गर्दै हिँडे । त्यत्तिमात्र होइन आफ्नो पूर्वज, पितृहरुलाई समेत नौलो महान काम गरेको कुरा रीशिवाद्वारा जानकारी गराए । वास्तवमा त्यो नै परिवर्तनीय भौतिक परिवेशसँगै उभौली र उधौलीमा रिदुम/मुन्धुम अनुसार ढोल- झेम्टा ठोकेर शिली सहित साकेला उत्सवद्वारा हामीले थामेकै छौँ, ठिक छौँ, बाँचेकै छौँ भनी पितृ पुर्खालाई जानकारी गराउने परम्परा रहेको छ । उनीहरुकै देनको कारण अन्न बाली उत्पादन गर्ने, वस्तुगत जगतलाई ठिक ढंगले बुझ्ने कुरा सहित राज्यसत्ताको बिकासद्वारा ऐतिहासिक क्रान्ति सम्पन्न भएको थियो । यि उपलब्धिहरु किराती समाजमा अमुल्य पुँजीको रुपमा स्थापित छ ।

रिदुममा आकाश/खगोल सम्बन्धि बिस्तृत रुपमा विश्लेषण गरेको पाइदैन । यद्यपि समुदायमा एउटा चर्चित कथा छ । मान्छेहरु जहिल्यै छलफल गर्थे रे, कि “माथि चारैतिर देखिने अग्लो डाँडामा चाहिँ आकाश अडिएको छ । अर्थात त्यो डाँडामा पुगियो भने आकाश छुन पाइन्छ । कुनै कालखण्डमा आकाश छुने उद्देश्यले एकहुल मान्छे पहाडी यात्रामा उक्लिए । जो उनीहरुले देख्ने गरेको चुलीमा पुग्दा त्यो भन्दा माथि अर्को चुली देखे, आकाश छुन पाइएन, तै पनि अझै अघि बढे । त्यसैगरी क्रमश एकपछि अर्को अग्लो चुली मात्र देखिँदै गयो । वर्षौं लगाएर सबैभन्दा अग्लो चुलीमा पुग्दा पनि आकाश अझै त्यत्ति नै माथि देखियो जत्ती माथि पहिला देख्ने गरेका थिए । यसरी आकाश छुन नसके पछि अन्ततः उनीहरु आकाश चुम्ने सारा आफ्नो महत्वकांक्षालाई त्यहीँ छाडिराखेर बर्षौंपछि आफ्नो समुदायको सम्पर्कमा पुगे । तत्पश्चात आकाश कसैले छुन वा भेट्न नसकिने अनौठो विषय रहेछ, भनेर सबैले चित्त बुझाए ।” त्यस विषयले धेरैलाई नयाँ कथा प्राप्त भयो । भने केही अझ अघि बढ्नु चाहे । फलस्वरूप कुनै कालखण्डमा “एकहुल मान्छेले मिलेर एउटा झ्याम्म परेको ठूलो रुखलाई आधार बनाई त्यही रुख ढाकिने गरि झिक्राहरु, लहराहरु र पात, स्याउलाहरुको माध्यमबाट अनौठो छानाको निर्माण गरे । र त्यो मुनि आफ्नो रीतिरिवाज सहित समुदाय बस्न थाले । त्यो छानो वास्तवमै आकाशको बिम्बबाट परिकल्पना गरिएको थियो ।

अब मान्छे ओढारबाट नवनिर्मित ओत तर्फ आकर्षित हुँदै गए । त्यसरी आधुनिक चेतनाको बिकास भएको पाइन्छ । त्यस्तो छाना मुनी ओत लाग्ने काम त भयो तर खुल्ला रुपमा रहँदै बस्दै जाँदा विभिन्न जंगली जनावार, जस्तै बाघ, भालु, ब्वाँसो, सर्प, बिच्छी लगायतको दुश्मनहरु र जाडोबाट बच्नको लागि वरिपरि बार बार्ने चेतनाको बिकास भयो । त्यो नै कालान्तरमा आधुनिक घरको संरचनाको पूर्वाधार बन्यो ।” अत: पुर्खाहरुले आकाशलाई हेरेर घरको छानाको परिकल्पना गरेका हुन । यस कथाबाट हामी यो निष्कर्षमा पुग्दछौँ कि भूमि, जल, वायु र अग्नीले मान्छेसँग प्रत्येक्ष सम्बन्ध राख्ने कुरा सत्य हो । भने आकाशसँग प्रत्येक्ष रुपमा मान्छेको सम्बन्ध नरहेको कुरा बोध हुन्छ । तर सुर्य र अग्नीको भूमिका तथा गुण एकै भएको कारण अग्नी र सुर्यलाई एउटै वर्गमा राखिएको पाइन्छ ।

मिथकमा बृहस्पति, शुक्र, शनि लगायतका विभिन्न ताराहरुको बारेमा समेत कथा भेटिन्छ्न । जेहोस रिदुम अनुसार उधौली उभौलीको अवसर पारेर  जल, वायु, भूमि र अग्निलाई सम्मान गर्ने परम्परा छ । जसमा जल, वायु र भूमिको छुट्टाछुट्टै हुन्छ । तर अग्नि र सूर्यलाई एउटै वर्गमा राखेर सँगै सम्मान गर्ने गरेको पाइन्छ । यो विषय किराती समुदायले निर्माण गरेको घरको आकार, समग्र चुल्होको संरचना, चुल्हो माथि सरङ राख्ने चलन, चुल्होलाई सम्मान गर्ने सामान्य मुन्धुमी शब्दावलीहरु, विशेष आकारको ढोल, झेम्टाको आविस्कार साथै त्यसलाई सम्मान गर्ने विशेष मन्धुमी शब्दावलीहरुले नै  पुष्टि गर्दछ । यसको आवश्यक खोज अनुसन्धान जरुरी छ । किराती philosophy को बारेमा द्वन्द्वात्मक दृष्टिकोणले हेर्दा हाम्रो सामु गम्भीर प्रश्नहरु खडा छन ।

१. ढोल :- गोलो, लाम्चो आकारको काठको ढुंग्रोलाई छालाले मोडेर दुवै पट्टी बज्ने   बनाउनुको कारण के हो ? २. झेम्टा :- माझमा खोपिल्टो परेको, फराकिलो बिट भएको त्यो पनि जोडी नै हुनुपर्ने किन ? ३. अघेना :- समकोण चतुर्भुज आकारमा नै किन बनाउनु पर्ने ?  ४. चुला :- समकोण त्रिभुजाकारमा तीनवटा गाडिन्छ त्यो पनि अघेनाको उत्तर दिशाको दुईवटै कुईनामा पर्नेगरी दुइटा र सिधै दक्षिण पट्टी एउटा गाडिन्छ यसले के कुराको संकेत गर्दछ ?  ५. किराती शब्दको निर्माण कसरी हुन पुग्यो ?

यी माथिका विषयहरुको सहि विश्लेषण नै किराती philosophy को आधार हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्