Logo

इलाममा विप्लपका ५ कार्यकर्ता पक्राउ


ताप्लेजुङ / संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गरिरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ कार्यकर्ता इलामवाट पक्राउ परेका छन् । ताप्लेजुङका एकसहित ५ जना कार्यकर्ता इलामको फाकफोकथुम गाउँपालिका ५ आङ्चोक वाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङ खेजेनिमका केवि लिम्बू, इलामका विमल वस्नेत, भोजपुरका अमृत मगर, धनकुटाका विक्रम राई र झापाका वावा लिम्बू रहेको अखिल (क्रान्तिकारी) मेचि ब्युरो समन्वय समिति संयोजक गणेश कार्कीले पुष्टी गरे । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा आजवाट शहिद सप्ताहको कार्यक्रम सुरुवातको कार्यक्रम समेत रहेको स्थलवाट प्रहरीले दिउँसो २ वजे पक्राउ गरेको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्