कोरियन भाषा परिक्षा आवेदन खुल्यो
दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान लिईने कम्युटरमा आधारित (सिबिटी) परिक्षाको सुचना प्रकाशित भएको छ । फागुन १७ गते देखि १९ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाईएको छ । परिक्षा तालिका घोषणा चैत्र ११ गते सार्वजनिक गर्ने र परिक्षा बैशाख ४ गते देखि हुने तथा परिक्षाफल जेठ २४ मा सार्वजनिक गरिने वैदेशिक रोजगार विभाग कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ।
सन् २०१६ सम्म वर्षको ४ पटक सञ्चालन भएको सिविटी २०१७ मा बन्द भएको थियो भने अघिल्लो वर्षदेखि वर्षको २ पटक सञ्चालन हुदै आएको छ ।
परिक्षा प्रत्येक दिन ३०/३० जनाको ४ वटा सिफ्ट गरेर १ सय २० जनाको परीक्षा सञ्चालन विहान ९ बजे देखी हुनेछ । कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । परिक्षामा सामेल हुन इपिएस कोरियाले कोरियाबाट नाम इपिएस ग्वार्कोमा पठाएको हुनुपर्ने हुन्छ । इपिएस कोरियाले सिबिटी परिक्षाका लागी योग्य दश हजार ९ सय ४२ जनाको नामावली पठाएको छ । आफ्नो नाम आएको नआएको यो साइटमा गएर हेर्न सक्नुहुन्छ । http://epsnepal.gov.np/wp-content/uploads/2019/02/Nepallist_upload.pdf
मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका र कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको ब्यक्तिहरु सिबिटीका लागि योग्य हुन्छन् ।
सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिबिटी) लिने गरिएको छ ।