Logo

नेपाली कम्युनिस्ट आन्दोलनको अग्रज नेता श्रेष्ठको निधन, किरातीद्वारा श्रद्धाञ्जली


काठमाण्डौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । शनिबार श्रेष्ठको ८८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । श्रेष्ठको शनिबार दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको बताइएको छ । श्रेष्ठको निधन भए पछी नेकपा (माओवादी केन्द्र)को अध्यक्ष गोपाल किराती ‘साइला’ले एक विज्ञप्ति जारी गरेर श्रद्धाञ्जली दिएका छन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता क. कृष्णदास श्रेष्ठको निधनको खबरले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको छ । ८७ बर्षको उमेरमा उहाँको निधनले नेपाली क्रान्तिमा गंभीर क्षति पुगेको छ । क. कृष्णदास श्रेष्ठको शुद्ध कम्युनिष्ट आचरण तथा बिश्वसनीय अनुवाद र लेखन नेपाली कम्युनिष्टका लागि साँच्चै अनुकरणीय छन् । क. कृष्णदासले जस्तै नयाँ पुस्ताका कम्युनिष्टले वैज्ञानिक विचार र उच्च नैतिकतामा बाँचेर क्रान्तिको सेवा गर्ने प्रण गरौं ।’  किरातीको विज्ञप्तिमा भनिएको छ ।

उनले परिवारमा समवेदन समेत व्यक्त गर्दै थपेका छन ‘श्रद्धेय कृष्णदास श्रेष्ठप्रति भावपूर्ण शद्धाञ्जली एवं परिवारजनमा यस बक्तब्य मार्फत समवेदना प्रकट गर्दछौ ।’

श्रेष्ठ कम्युनिस्ट आन्दोलनको साथै दर्शन, राजनीतिमा ज्ञाता हुन् । लामो समय नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै र सहभागी हुँदै आएका श्रेष्ठको जन्म बि. सं.  १९८८ मा भएको थियो । सर्वहारावर्ग, वर्गसंघर्ष, राष्ट्रिय स्वाधीनता, सर्वहारा क्रान्ति, कम्युनिस्ट र वर्गसंघर्षका पक्षमा लागेका श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनमा निकै ठुलो क्षेती भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्