Logo

ट्याक्सी चालक राईले यात्रुको छुटेको साढे ३ लाख बराबरको गरगहना फिर्ता गरे


काठमाडौं । काठमाडौका एक ट्याक्सी चलाकले आफ्नो ट्याक्सीमा यात्रुको छुटेको गरगहना र पर्स फिर्ता गरेका छन् । सुनसरीको धरान घर भइ हाल पुरानो बानेश्वर बस्दै आएका ३८ वर्षीय चालक सिमल राईले अनामनगरबाट नैकापसम्म जाँदा ट्याक्सीमा यात्रुले छाडेको गरगहना र पर्स फिर्ता गरेका हुन् । उनीले ट्याक्सीमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना, नगद र लेडिज पर्स आफ्नो ट्याक्सीमा यात्रुले छाडेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका थिए । त्यसपछि ट्राफिक प्रहरीले सामान हराउने गुल्मीकी २८ वर्षीया वसन्ता भुषाललाई खोजेर सामान हस्तान्तरण गरेको छ ।

महाशाखाकाअनुसार भुषालकी सहोदर बहिनी हाल थापागाउँ बस्दै आएकी २४ वर्षीया सोनियालाई सामान जिम्मा लगाइएको छ । फिर्ता गरिएका सामानमा मंगल सुत्र, चन्द्रमुखी, तिलहरी, घाटीको हार, औंठी, नगदलगायत छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्