Logo

हलेसी गुरुयोजना परिकल्पना बारे छलफल


-मान्सुङ चाम्लिङ
हलेसी तुवाचुङ नगरपालीकाको संयोजनमा हलेसी गुरुयोजना समिति तयार गरेसँगै विभिन्न विज्ञ, समासजशास्त्री, इतिहासकार लगायत सम्बन्धित सबैसँग हलेसी गुरुयोजनाको परिकल्पना बारेमा तिब्र रुपमा छलफल, बहस कार्य अगाडी बढाईरहेको छ । यसै क्रममा गुरुयोजना समितिका सदस्य राजकुमार खतिवडाद्धारा प्रस्तावित त्रिधार्मिक स्थलको छुट्टाटुटै स्थानमा साँस्कृतिक धार्मिक, ऐतिहासिक स्थल निर्माण तथा भौतीक संरचनाहरु व्यवस्थापन बारे तुवाचुङ जायजुम संरक्षण समितिसँग छलफल २०७५ फागुन ०५ मा समितिको कार्यालय बाँसबारीमा सम्पन्न गर्यो । खतिवडाद्धारा प्रस्तावित प्रस्तुतीकरण भौतीक संरचना बारेमा तीनै धार्मिक ऐतिहासिक स्थलको भौतिक संरचनाहरु तीन स्थलहरुमा निर्माण गर्ने त्यसलाई आवश्यक व्यावस्थापन गर्नको लागी आवश्यक भौतीक संरचनाहरु समेत व्यवस्थापन गर्नुपर्ने छलफल भयो ।

नगरपालीद्धारा गरिरहेको संयोजनलाई थप विज्ञहरुको सल्लाह अनुसार आवश्यक प्रक्रिया तिब्र गतिमा लानुपर्ने र यसमा तुवाचुङ जायजुम समितिद्धारा पेश गरिएको कार्ययोजनालाई कार्यान्वयन गर्न सम्बन्धित स्थलमा नै अवलोकन गरेर योजना बनाउनु पर्ने त्यसको लागी आवश्यक समय व्यवस्थापन गरिने समितिका अध्यक्ष राकेश राईले सुझाव दिनु भयो । स्मरण रहोस विश्वको एकमात्र त्रिधार्मिक स्थललाई विश्वको पर्यटक र धर्मालम्बीहरुलाई यस ऐतिहासिक स्थलमा आउने वातावरण बनाउन नगरपालीकाको संयोजनलाई जननिर्वाचित प्रतिनीधिहरुद्धारा एकसाथ लिएर अगाडी बढीरहेको सहकार्यमा साथमा साथ दिंदै सबै जनता, समूदाय, विज्ञ, समाजसेवी लगायत यससँग सरोकारवाला एकजुट भएर अगाडी बढ्न जरुरी छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्