Logo

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु


काठमाडौं । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५ जनाको मृत्यु भएको छ ।

इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन् ।

प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ । घटनामा ५ जना प्रहरी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पानीका ठूला पाइपका लागि चाहिने भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण भएको हो । कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्