Logo

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा गोपाल किराती : ५४ जना केन्द्रीय समिती


काठमाण्डौ-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ‘महान जनबिद्रोहको कार्यदिशा पारित गर्दै’ आठौ महाधिबेशन गरेको छ । काठमाण्डौमा जारी फागुन १ देखी ४ गते सम्म ४ दिन महाधिबेशन चलेको थियो भने जनयुद्ध दिबसकै अबसर पारेर पार्टीको ८ औं महाधिवेशनको उद्घाटन गरेको थियो ।

 

अध्यक्ष गोपाल किराँतीले उद्घाटन गरेको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु पनि सहभागी भएर आफ्नो शुभकामना तथा मन्तब्य राखेको थिए । महाधिवेशनको बन्द सत्र फागुन २ गतेबाट सुरु भएको थियो । ९९ जनाको केन्द्रिय समिति स्वीकृत गरी क. गोपाल किरातको अध्यक्षतामा तत्काल ५४ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।

‘महान जनविद्रोहको कार्यदिशा पारित गर्दै, स्थानीय वर्ग- संघर्स उठान र संविधानको समाजवादी पुर्नलेखन पार्टीको तत्कालीन कार्यनीति हुने’ कुरा अध्यक्ष गोपाल किरातीले यस मिडियलाई बताए ।

प्रचण्ड समुह एमालेसँगको एकतालाई प्रतिगमनकारी र दक्षिणपन्थीको गठजोड भन्दै गोपाल किराँतीले माओवादी केन्द्रको पुर्नगठन गरेका थिए । यस महाधिवेशनमा ७७ वटै जिल्ला, प्रवास र अन्तर्राष्ट्रिय विभाग गरी तीन सयभन्दा बढी प्रतिनिधि सहभागी भएको कुरा महासचिव कर्णबहादुर बुढाथोकी ‘शुशील’ले बताए । उनले थपे ‘यस महाधिवेशनले नयाँ नेतृत्वसँगै पार्टीका आगामी कार्यदिशा र कार्यक्रम समेत पारित गरेर पार्टी अघी बढेको छौ ।’

 

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्