नेकपा माओवादी केन्द्रको महाधिवेशनसँगै २४ औं जनयुद्ध दिवस मनाए

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज उद्घाटन भएको छ । जनयुद्ध दिबसको अबसर पारेर पार्टीको ८ औं महाधिवेशनको उद्घाटन भएको हो ।
चार दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन काठमाडौंको प्रज्ञा प्रतिस्ठानमा आज दिन भरी भएको हो । अध्यक्ष गोपाल किराँतीले उद्घाटन गर्ने कार्य क्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु पनि सहभागी भएर आफ्नो शुभकामना तथा मन्तब्य राखेको थियो ।
महाधिवेशनको बन्द सत्र भोलिबाट सुरु हुने भएको छ । यस महाधिवेशनमा ७७ वटै जिल्ला, प्रवास र अन्तर्राष्ट्रिय विभाग गरी तीन सयभन्दा बढी प्रतिनिधि सहभागी भएको छ
फागुन ४ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसँगै पार्टीका आगामी कार्यदिशा र कार्यक्रम समेत पारित गर्ने कुरा पार्टीका महासचिव कर्णबहादुर बुढाथोकी ‘शुशील’ले बताए ।
एमालेसँगको एकतालाई प्रतिगमनकारी र दक्षिणपन्थीको गठजोड भन्दै गोपाल किराँतीले माओवादी केन्द्रको पुर्नगठन गरेका थिए । कम्युनिस्ट पार्टीको हिसाबले ८ औं भएपनि किराँतीको नेतृत्वमा पुर्नगठनपछिको यो पहिलो महाधिवेशन हो ।
कार्याक्रममा नेताहरुले केके भने हेर्नुस भिडियो ।