प्रचण्ड समुहको जनयुद्ध दिबस टाउको र मस्तिष्क नभएको मुर्कुटा दिवस हो-गोपाल किराती

काठमाण्डौ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. गोपाल किरातीले पछिल्लो समय एमालेसँग बिलय भए पछी प्रचण्ड समुहले जनयुद्ध दिबस मनाउन कुनै आधार नभएको समाजिका सन्जालमा लेखेको छन ।
किरातीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डको अभिव्यत्ति निहित स्वार्थका लागि भएको बताएका हुन् । पहिला एमालेसँग बिलय हुने अनि जनयुद्ध दिवसको इतिहास माक्र्सवाद – लेनिनवाद – माओवादको प्रयोगमा आधारित रहदै आएको हुनाले अहिले एमालेसँग बिलय पछी जनयुद्ध दिबस गर्न नहुने दाबी गरेको छन ।
‘माओवाद बिनाको जनयुद्ध दिवस ढोङ हो, शहिदहरुको उपहास हो र संसोधनवादको अर्को जलप हो । किनकि, जनयुद्ध दिवसको इतिहास माक्र्सवाद – लेनिनवाद – माओवादको प्रयोगमा आधारित रहदै आएको छ ।’ किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अत: माओवाद त्यागेका प्रचण्ड कम्पनीको कथित जनयुद्ध दिवस टाउको र मस्तिष्क नभएको मुर्कुटा दिवस हो । होशियार, मुर्कुटा दिवस क्रान्तिको लागि हानिकारक छ !’
केहि दिन अघि नेकपाका एक नेताले जनयुद्ध दिबस मनाउने सार्वजनिक कार्यक्रममा बताएका थियो भने उसकै भात्री सँगठन सास्कृतिक टोली लागी परेको छ । नेकपामा भित्रको आन्तरिक चरम विवाद रहेको छ, जुन भखरै प्रचण्डले नेकपामा अर्को अध्यक्ष पनि छ भन्दै सार्वजनिक रुपमै अभिव्यत्ति दिएका थिए ।
साथै पार्टीभित्रको आन्तरिक विवाद समयमै समाधन नगरिए अर्को माओवादी जन्मन सक्ने भन्दै प्रचण्डले उत्तेजित भएर सार्वजनिक रुपमै भाषण गरेका थिए ।
जनयुद्ध दिबस गरे जस्तो गरेर एक नाटक गरेको हुन्, जो देखावाटी कम्युनिष्ट पार्टी ढोङ पिटछन भन्ने कुरा प्रमाणित गरेको देखिन्छ ।