Logo

अर्को माओवादी जन्मदै गरेको सत्य हो तर प्रचण्डले होइन हामिले हो-गोपाल किराती


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. गोपाल किरातीले पछिल्लो समय चर्चामा आएको प्रचण्डको अभिव्यत्तिप्रति व्यंग्य गरेका छन् । किरातीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डको अभिव्यत्ति निहित स्वार्थका लागि भएको बताएका हुन् । पहिला एमालेसँग बिलय हुने अनि अहिले अर्को खत्रा माओबादी जन्मन्छ भन्नु कुनै सम्भब नहुने दाबी गरेको छन ।

‘अर्को माओवादी जन्मन सक्ने, जन्मनै पर्ने र जन्मदै गरेको सत्य हो,’ किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर अभिजात वर्गमा पतन भएका तथा संसदीय दलमा विलय गराएर ४० प्रतिशत सांसद गुमाएका प्रचण्ड कम्पनीबाट त्यो किमार्थ सम्भव छैन ।’


केहि दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यत्तिप्रति किरातीले कडा विरोध गरेका हुन् । प्रचण्डले नेकपामा अर्को अध्यक्ष पनि छ भन्दै सार्वजनिक रुपमै अभिव्यत्ति दिएपछि उनको अभिव्यत्ति एकाएक चर्चामा आएको हो । पार्टीभित्रको आन्तरिक विवाद समयमै समाधन नगरिए अर्को माओवादी जन्मन सक्ने भन्दै प्रचण्डले उत्तेजित भएर सार्वजनिक रुपमै भाषण गरेका थिए ।

नेकपाको पार्टी एकता प्रक्रिया नटुंगीकननै जिम्मेवार अध्यक्षबाट यस्तो प्रतिक्रिया आउनु पक्कै राम्रो संकेत होइन । कतिपय नेताहरुले त पार्टीभित्रको चरम आन्तरिक विवाद मिलाउनको लागि प्रचण्डले यस्तो अभिव्यत्ति दिएको आरोप समेत लगाएका छन् ।

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्