Logo

ज्योतिका साथीहरु अर्थात दुर दुरस्थ स्थानमा बसेर गुणस्तरीय शिक्षाको लागी गरिएको काम


यो समचार हामिले कम्युनिष्ट नेता टंक राईको फेसबुबाट लिएको हौ । एक फरक स्कुलको लागी एउटा दुर दुरस्थ स्थानमा बसेर गुणस्तरीय शिक्षा दिने कोशिस गरिरहेका शिक्षक अविभावक र स्थानीयलाई अलिकति भरथेग गर्न गरिएको पबित्र काम हो । खास गरी अभिभावक विहिन बालबालिकालाई आफ्नै समाज र परिवेशमा शिक्षा आर्जन गर्न मद्दत गर्नका लागि स्थायी आयश्रोतका लागि अक्षय कोष निर्माण गर्नमा मद्दत गर्न लागी पबित्र कार्य हो । ज्योतिका साथीहरु तपाईं हामी सहभागी बन्न सक्छौ । कम्युनिष्ट नेता टंक राईको फेसबुबाट जस्ताको त्यस्तै अन्श:

ज्योतिका साथीहरु
Friends of Jyoti
श्री ज्योति माध्यमिक विद्यालय
दिक्तेल रुपाकोट मझुवागढी १२ जालपा, खोटाङ

पृष्ठभूमि :

गाउँबाट साना साना नानीहरु विद्यालय जान टाढा भएकाले गाउँमै प्राथमिक विद्यालय सञ्चालन गर्ने गाउँलेहरुको निर्णयले २०४४ साल बसन्त पञ्चमी सरस्वती पुजाको दिन विधिवत रुपमा ज्योति प्राथमिक विद्यालय शुरु गरिएको थियो । त्यस बेला यस विद्यालयको निर्माण कार्य र सञ्चालन खर्चको सम्पूर्ण अभिभारा स्थानीय समुदायले नै उठाएका थिए । यो विद्यालय नै अहिले नमुनाका रुपमा माध्यमिक तहसम्म अध्ययन अध्यापन हुने ज्योति माध्यमिक विद्यालय हो ।

मुदायिक विद्यालयहरुको खस्कदो गुणस्तर र निजी विद्यालयको बढ्दो लोकपृयताका कारण गाउँ गाउँमा बोर्डिङ स्कूलहरु खुल्ने क्रम शुरु भएको थियो । गाउँमा बोर्डिङ स्कूल खोलिए आफ्ना नानीहरुलाई पढाउन धेरै अभिभावक इच्छुक थिए । जालपाको आफ्नै र अन्यत्रको समेत अनुभव हेर्दा बोर्डिङ स्कूलको सञ्चालनले धेरै राम्रो सामाजिक नतिजा दिने देखिएन । समाजलाई एकताको शुत्रमा बाध्नु पर्ने शिक्षाले नै समाजलाई र समाजका सदस्यलाई बालापनदेखि नै बिभाजित गर्ने स्पष्ट थियो ।

हुने खानेहरुका छोराछोरी बोर्डिङ स्कूलमा जाने र हुँदा खानेका सामुदायिक विद्यालयमा जाने गर्नाले उनीहरुको खेल, बोली, व्यवहार, लुगा फाटो नै अलग अलग भएर विभाजित हुने मात्र होइन सानै अवस्थामा उच्चताबोध र हिनताबोधको शिकार हुन बालबालिकालाई बाध्य पार्ने अस्त्रका रुपमा बोर्डिङले काम गरिरहेको थियो । यस्तो अवस्थामा सक्नेले विद्यालयलाई सहयोग गर्ने र नसक्नेले नगर्ने प्रगतिशील सहयोगका आधारमा एउटै ड्रेस, एउटै भाषा, एउटै भौतिक पूर्वाधारमा गुणस्तरीय शिक्षा दिने उदेश्यले ज्योति माध्यमिक विद्यालयको अहिलेको अवधारणा विकास गरियो ।

द्यालय सेवा क्षेत्रका अविभावकहरुलाई वर्गिकरण गर्ने क्रममा सबैभन्दा माथिल्लो आर्थिक सामाजिक हैशियत हुनेले सबैभन्दा धेरै र कम हुनेले कम गर्ने सहमति त भयो तर हुँदै नहुनेले र कोही अविभावक नभएकाले के गर्ने भन्ने प्रशन सँगसँगै आयो । यसका लागि नसक्नेले केही नदिने र अविभावक विहिनहरुका लागि विद्यालयले नै अभिभावकत्व लिने निर्णय भयो । यसै निर्णय अन्तरगत विभिन्न कारणले अभिभावक गुमाएका बालबालिकाहरुलाई ज्योति माध्यमिक विद्यालयले अविभावकत्व प्रदान गरेर शिक्षा दिने काम गरिरहेको छ । यस्ता विद्यार्थीहरुको संख्या घटबढ भइरहने भएतापनि हाल ८ जना विद्यार्थीहरु रहेका छन् ।

विद्यालयको बारेमा :

-ज्योति माध्यमिक विद्यालय समुदायबाट सञ्चालित सामुदायिक विद्यालय हो ।
-शिक्षण माध्यम अंग्रेजी भएपनि विद्यालय परिसरभित्र अंग्रेजी नै बोल्न बाध्य गरिदैन ।
-सदाचार र नैतिकतायुक्त शिक्षा ज्योति माध्यमिक विद्यालयको उदेश्य हो ।
-सबैले सबैलाई उचित आदर सम्मान गर्ने, विद्यालय हाताभित्र सबैले सबैलाई तपाई भनेर सम्बोधन गर्नु पर्दछ । एकलाखे लाउने, अश्लिल शब्द प्रयोग गर्ने र अनादर गर्ने खालका कुनै पनि ब्यवहार गर्न मनाही गरिएको छ ।
-विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाएर अध्यापन गरिने यस विद्यालयमा पुस्तकालय प्रयोगशाला समेतको जेनतेन व्यवस्था छ ।
-आधुनिक प्रविधि कम्प्युटर, प्रोजेक्टर, बाइनाकुलर, टेलिस्कोपको प्रयोग गरिन्छ ।
-बाल मैत्री पूर्व विद्यालय कक्षाहरु सञ्चालन गरिन्छ ।
-कक्षा ९ र १० का विद्यार्थीहरु अनिवार्य छात्रावासमा बस्नु पर्ने र आफैले पकाएर खानु पर्दछ ।
-श्रमलाई सम्मान गर्ने र सबैले अनिवार्य श्रम गर्नु पर्दछ ।

विद्यालयका समस्याहरु :

-भवनको अभाव (गएको वर्ष यस विद्यालयको ८ कोठा अवाञ्छित तत्वले गरेको आगजनीबाट ध्वस्त भएकाले पनि) ः कक्षा कोठा अपुग, छात्राबासका लागि भवन अभाव, पुस्तकालय र प्रयोगशालाको भवन अभाव
-व्यवस्थित प्रयोगशालाको अभाव,
-पुस्तकालयको व्यवस्थापनमा आर्थिक अभाव
-विद्यालयको अविभावकत्वमा रहेका बालबालिकाहरुका लागि पालन पोषण गर्न आर्थिक अभाव
-शिक्षक दरबन्दि नभएको हुँदा सञ्चालन खर्चको अभाव ।
-व्यवस्थित खेल मैदान र कम्पाउण्डको अभाव

ज्योतिका साथीहरु :

किन ज्योतिका साथीहरु ?
एउटा दुर दुरस्थ स्थानमा बसेर गुणस्तरीय शिक्षा दिने कोशिस गरिरहेका शिक्षक अविभावक र स्थानीयलाई अलिकति भरथेग गर्न तपाई हामीहरुले मदत गर्न सक्तछौं । खास गरी अभिभावक विहिन बालबालिकालाई आफ्नै समाज र परिवेशमा शिक्षा आर्जन गर्न मद्दत गर्नका लागि स्थायी आयश्रोतका लागि अक्षय कोष निर्माण गर्नमा मद्दत गर्न सक्दछौं । हाम्रो सानो सहयोगले भविष्य विहिन भएका बालबालिकाका लागि उज्यालो प्रदान गर्न सक्दछ ।

कसरी बन्ने ज्योतिको साथी ?
-महिनाको रु. १००। सहयोग गर्नु भयो भने तपाई ज्योतिको स्थायी साथी हुनु हुनेछ । यो मासिक सहयोग तपाईले लगातार ५ वर्ष गर्नु पर्नेछ ।
-एक पटक मात्रै रु. १००। तिरेर तपाई ज्योतिको अप्ठेरोको साथी बन्नु हुनेछ ।
-तपाईले १०० जनालाई स्थायी साथी बनाउनु भयो भने तपाई ज्योतिको असल साथी Best Friend बन्नु हुनेछ ।
-सबै ज्योतिका साथीहरुको विवरण विद्यालयले प्रदर्शन गरेर राख्नेछ ।
-ज्योतिका साथीहरुको संगठन फ्रेण्डस् क्लब गठन गरिने र बेष्ट फ्रेण्डहरुले त्यसको नेतृत्व गर्नेछन् ।
-यस अभियानमा रु. १००। भन्दा माथिको रकम स्वीकार गरिने छैन ।

के काममा खर्च हुन्छ रकम ?

हाललाई ज्योतिका साथीहरु मार्फत प्राप्त रकम ५० प्रतिशत भौतिक व्यवस्थापनमा र ५० प्रतिशत रकम अक्षय कोषमा जम्मा गरिनेछ । भौतिक पूर्वाधारको पर्याप्तता भएपछि अक्षयकोषमा जम्मा गरिनेछ । आउनुहोस यो अभियानमा हातेमालो गरौं र आजै ज्योतिको साथी बनौं ।  असहायहरुको गुणस्तरीय शिक्षाका लागि योगदान गरौं ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्