Logo

बतासेघाट काठमाडौं यातायात उद्घाटन दुईदिनको बाटो अब ७ घन्ट


-मान्सुङ चाम्लिङ

भौगोलिक रुपमा उदयपुर जिल्लामा विषमखालको भुगोल पाइन्छ । जसमा धेरै जिल्लाहरुसँगको सिमाना जोडिएको छ भने तराई र पाखा–पखेरी समेत रहेको छ । जसमा पहाडी भेग निकै दुर्गम र भिरालो क्षेत्रहरु पनि रहेका छन् । जिल्लाको विकट र दुर्गम गाउँपालीका मानिने लिम्चीबुङ गाउँपाली एक हो ।

यहाँ जनताहरु देशको राजधानी धाउन कम्तिमा दुईदिन समय लाग्छ । तर अब होलेसुङ जनकराज राई मार्ग, कच्ची सडक निर्माण भएसँगै खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ दुर्छिमको ख्रोपा तथा लिम्चीबुङ नगरपालीकाको वडा नं.१ बाँसबोटे बतासेघाटबाट सिधै काठमाडौं यातायात उद्घाटन भएसँगै सुमो यातायात संचालनमा आएको छ । लिम्चीबुङ गाउँपालीकाबाट काठमाडौं पुग्न दुईदिन लाग्ने समय अब यस बतासेबाट मात्र ७ घन्टामा काठमाडौं पुग्न सकिनेछ ।

हलेसी मारातिका यातायात सेवा प्रालिको आयोजना तथा होलैसुङ समूहको व्यवस्थापनमा २५ गते माघ २०७५ हलेसी तुवाचुङ नगर प्रमुख ईबन राईको प्रमुख आतिथ्यमा तथा लिम्चीबुङ गाउँपालीकाका प्रमुख मेजर राईको विशेष आतिथ्यमा संयुक्त रुपमा उद्घाटन गरिएको थियो । उक्त उद्भाटन भएसँगै हरेक दिन सुमो बतासेघाट काठमाडौं संचालन भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा लेखक विद्धान राजेन्द्र महर्जन, पत्रकारहरु, वडाअध्यक्षहरु, सदस्यहरु, पार्टी प्रतिनीधिहरु, समाजेवी लगायतको उपस्थिति रहेको थियो । हलेसी मारातिका यातायात सेवा प्रालीका अध्यक्ष सानोकाजी थापाको अध्यक्षता संचालन गरिएको कार्यक्रम बतासेघाट ख्रोपामा नै आयोजना गरिएको थियो । नगरप्रमुख र गाउँपालीका प्रमुखले आउँदो आर्थिक वर्षमा वेलीब्रिजको लागी आवश्यक पहल गरिने तथा पक्की पुल निर्माणको लागी समेत आवश्यक पहल गरिने प्रतिवद्धता गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्