Logo

समृद्धिको सुरुवात आफैबाट


 

-मान्सुङ चाम्लिङ

राज्यले आफ्नो घोषणा गरिसकेको छ, की राज्यको एकमात्र अर्जुन दृष्टि समृद्धि तिर । तर जनताहरु पनि छक्कै पर्दछन की समृद्धि कसरी राज्यले गर्छ भनेर वा दिन्छ भनेर । तर हामी भ्रममा नपरौं राज्यले समृद्धि आँपको फलजसरी टिपेर दिन्छ । समृद्धि त आफुले आफ्नो तर्फबाट जे गर्न सकिन्छ, आफ्नो समयलाई जसरी जति सकारातत्क कार्यको लागी खर्चन सकिन्छ त्यसैको परिणाम हो समृद्धि । यसै पेरिफेरीमा हलेसी तुवाचुङ नगरपालीका खोटाङका होलैसुङ समूहले आफ्नो गाउँ समाजको विकासको लागी आफै लागी परेका छन् ।

होलैसुङ समूहले आफ्नो पहलमा करिब एक करोड रकमको लागतमा क्षेत्रिय सडक खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ दुर्छिम र उदयपुर जिल्लाको लिम्चीबुङ गाउँपालीका वडा नं.१ बाँसबोटे बतासेघाट ख्रोपा जोड्ने कच्ची सडक सम्पन्न भएको छ । उक्त सडकमा स्थानियहरुले सहयोग जो जसले गरेका थिए रु. ५०००। हजार भन्दा कम सहयोग गर्नेहरुको नाम स्मारिकामा र रु.५००० देखी माथी सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा राखिएको छ ।

आफ्नो गाउँ आफै बनाउँ भन्ने उक्ति र अभियानलाई समूह र जनताहरुले प्रत्यक्ष रुपमा परिणाममा देखाएका छन् । भौगोलिक रुपमा विकट मानिने यस क्षेत्रमा हालैसुङ समूहको विशेष पहलमा वडा नंं.५ दुर्छिमका स्थानिय जनताहरुले प्रत्यक्ष रुपमा जनसहभागितामा खनिएको ‘होलेसुङ–जनकराज राई मार्ग’ सडक यस जिल्लाको मात्र नभई देशको नै उदाहरणीय सडक बनेको छ ।

यस नगरपालीकाको वडा नं.५, छापडाँडा दलश्वर राई चोकदेखि सुनकोशीको बतासेघाटस्थित ख्रोप्पा बसपार्कसम्म १३.२७ किमी रहेको यो सडक मध्यपहाडी लोकमार्गसँग जोडिने भएकोले दुधकोही, सुनकोशी जलमार्ग हुँदै पूर्वको प्रसिद्ध त्रिधार्मिक (किरात, हिन्दू र बौद्ध) तीर्थस्थल हलेसी पुग्न वैकल्पिक सडकको रुपमा विकास भएको छ । यस सडकले खोटाङ र उदयपुर जिल्लालाई मुख्य नाकाको रुपमा जोडेको । जसमा उदयपुर जिल्लाबाट प्रदेश एकका जिल्लाहरु र प्रदेश दूईका जिल्लाहरुबाट सिधै जोडेको छ । साथै ओखलढुङ्गा र सोलुखुम्बू जिल्लाबासीहरुलाई पनि प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ ।

यसको साथै छिमेकी राष्ट्रहरु भारत, भूटान, बंगलादेश लगायत विश्वका तीर्थथात्रीहरुलाई हलेसीधाम यात्रा गर्नको लागी सहज भएको छ । सोही वडाका स्थानीय समाजसेवी जनकराज राईको आर्थिक, भौतिक र वौद्धिक सहयोगको कदर गर्दै स्थानीय जनताले उक्त सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखेर सम्मान गरेका छन् । सडकले हलेसी भेगका ऐतिहासिक शासक होलेसुङको पहिचान पनि स्थापित गरेको हुनाले यसले आदिवासी पहिचान र संस्कृतिलाई समेत संरक्षण र्गमा सहयोग पुगेको छ । यस सडकले नगरपालीकाको वडा नं.७ मा रहेको त्रिधार्मिक पर्यटन, किराती पहिचान र किरात सभ्यताको दृष्टिकोणले आउने यात्रुहरुलाई सजिलो बनाएको छ ।

 

प््रादेशसभा सांसद राजनराईको प्रमुख आतिथ्यमा सम्पनन गरिएको उक्त कार्यक्रम वरिष्ठ लेखक विद्धान राजेन्द्र महर्जन, नगर प्रमुख ईबन राई, उपप्रमुख विमला राई, नेकपाका नेता राम दंगाल, अमेम्बर राई, सुरेस राई, नेपाली कांग्रेसका नेता सुवास पोखरेल, पत्रकारहरु राजु स्याङत्यान, राजेश चाम्लिङ, दमन राई, सुर्य तामाङ, रामधन राई, केदार मगर कलाकार डक्टर किरात लगायत स्थानिय समाजसेवी, पत्रकार, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्