Logo

उर्मिला खालिङ ‘राष्ट्रिय म्यूजिक अवार्ड’बाट सम्मानित


-मुन्धुमस्टार डेस्क

काठमाण्डौ- चोमोलुङमाको काखमा हुर्केको, दुधकोशीको छालमा खेलेको, लालिगुरास अनि सुनखारी पुलहरुसँग हुर्केको र नदीको बहावमा सँगीतसँगै मिसिएर निरन्तर बगीरहने एक प्रतिभावान गायिका हुन उर्मिला खालिङ । गाँउमा जन्मेर हुर्के र गाँउकै कथाहरु बुनेर गीतमा बदल्ने उनको इच्छा र आकाङ्क्षा हो ।

फरक स्वर अनि टोन निकै लोभाउन सक्ने गायिकाकोपन नै गायिका उर्मिला खालिङको बिशेषता हो । यही बिशेषताको कदर गर्दै राष्ट्रब्यापी नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०७५को दोश्रो संस्करण राई भाषिक सर्वोत्कृष्ट अवार्ड गायिका उर्मिला खालिङले जित्नुभएको छ । पावर न्यूजद्धारा आयोजित एक समारोहबीच पूर्व उपराष्ट्रपति परमानन्द झाले गायिका खालिङलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

उर्मिला खालिङ राष्ट्रिय म्यूजिक अवार्ड पूर्व उपराष्ट्रपति परमानन्द झाबाट थाप्दै

सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका काँकुमा जन्मिनुभएकी गायिका खालिङले दर्जनौं गीतहरुमा स्वर दिइसक्नुभएको छ । ‘गायिका उर्मिला खालिङ सोलुको मात्र होइन देशकै एक हुनहार प्रतिभा हो’ गितकार टिका चाम्लिङ भन्नुहुन्छ ।

सगरमाथाको सौगात गीति संग्रहबाट नेपाली सांगीतिक क्षेत्रमा छाएका गायिका खालिङ सोलुखुम्बु जिल्लाकै पहिलो महिला राष्ट्रिय अवार्ड विजेता बन्न सफल हुनुभएको छ । ‘यसरि अवार्ड प्राप्त हुँदा खुशी लागेको र फेरी यस्तो गित गाउन उत्प्रेरणा मिलेको’ कुरा मुन्धुमस्टार मिडियलाई गायिका खालिङ्ले बताईन । ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्