Logo

बेलायती गोर्खा सैनिकमाथिको विभेदबारे संसदमा बोले योगेश


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले भूतपूर्व गोर्खा सैनिकहरुमाथि बेलायत सरकारले गरिरहेको विभेद अन्त्यको पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले गोर्खा सैनिकको समस्या समधानका लागि सरकारले तत्काल उच्चस्तरीय वार्ता समितिमार्फत बेलायत सरकारसँग पहल सुरु गर्न ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले न्यायका लागि गोर्खा सैनिकको आन्दोलनका कारण उनीहरुका केही समस्या सुल्झिए पनि पेन्सनसहितका सुविधामा अझै पनि ९ सय प्रतिशतसम्म विभेद रहेको सुनाए ।

गोर्खाहरुको आन्दोलनकै कारण १ अक्टोबर १९९३ पछि भर्ती भएका गोर्खाहरुको हकमा सन् २००७ देखि तलब, पेन्सन र अन्य सुविधा बेलायती नागरिकसरह बनाएको बताउँदै सांसद भट्टराईले तर १ जुलाई १९९७ अघि सेवानिवृत्त भएकालाई भने अझै विभेद गरिरहेको उल्लेख गरे ।

सांसद भट्टराईले ब्रिटिस सेनाका गोर्खा सैनिकको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहल गरेको उल्लेख गर्दै अब ठोस पहलको जरुरी रहेको जिकिर गरे ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) सहितका संयुक्त सत्याग्रह संघर्ष समितिले गोर्खामाथिको विभेद हटाउन चलाउँदै आएको अभियान र संघर्षका कारण ३० मार्च २०१७ मा ब्रिटिस सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समस्या अध्ययन गर्न प्राविधिक समिति बनेको उल्लेख गरे ।

बेलायत सरकार, नेपाल सरकार (लण्डनस्थित नेपाली दूतावास) र गोर्खाका प्रतिनिधि सहभागी त्रिपक्षीय प्राविधिक समितिले गत २२ मार्च २०१८ प्रतिवेदन तयार पारेर ब्रिटिश सरकार र नेपाल सरकारलाई बुझाइएको उल्लेख गर्दै त्यही अनुरुप गोर्खाको समस्या सम्बोधनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

२२ मार्च २०१८ मा बेलायती रक्षामन्त्रालयमा विशेष कार्यक्रबीच नेपाल सरकारका तर्फबाट बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरलाई बुझाएको थियो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्