Logo

अखिल नेपाल सुकुम्बासी संघको तेस्रो सम्मेलबाट नयाँ नेतृत्व


काठमाणडौ-अखिल नेपाल सुकुम्बासी संघको तेस्रो सम्मेलन काठमाणडौको कोटेश्वरमा सम्मेलन गरेको छ । सम्पुर्ण भुमिहिन र सुकुम्बासी एक हौ ! मालेमाबाद जिन्दाबाद ! जनबिद्रोहको तयारीको मुल नारा सहित तेश्रो सम्मेलन गरेको थियो ।  
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. गोपाल किरातीको प्रमुख आतिथ्यमा र क. प्रकाश वनेम लिम्बूको सभापतित्वमा सम्पन्न भयो । अन्य अथितिहरु पार्टिका उपाध्यक्ष क. तिलक थापा मगर, महासचिब क. कर्ण बुढाथोकी, क्रान्तिकारी ट्रेड युनियनका सचिब क. कुमार राई याख्खा, क्रान्तिकारी ट्रेड युनियनक उपाध्यक्ष क.  राम प्रसाद मैनाली ‘मिलन’, महासचिव क. मेख बहादुर खत्री, क. टिपि गौतम सचिबलय सदस्य, किराँती राष्ट्रीय मुक्ती मोर्चाको उपाध्यक्ष क. सुमन बाङदेल थियो ।  सबै अथितीहरुले शुभकामना र मन्तब्य राखेको थियो । त्यस्तै गरि कार्यक्रम संचालक अखिल नेपाल सुकुम्बासी संघका सयोजक कुमार राईले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि क. गोपाल किरातीले भुमिहिन मजदुर र किसान आन्दालनले नै विश्वको राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले नेपाली वा सर्बाहारावर्गले फेरि एकपल्ट महान जनविद्रोहमा उत्रनुपर्ने कुरामा जोड दिनुभयो । माओवादी विचार, आन्दोलनको भावना र इतिहासको निरन्तरताको लागि पार्टी पुनर्गठन अभियान चालेको र आगामी फागुन १ गते पार्टी महाधिवेशनले पार्टीको कार्यदिशा, रणनीति, कार्यक्रम र नेतृत्व चयन गर्ने बताउनुभयो । भुमिहिन मजदुर र किसान नै सुकुम्बासी भएकोले सरकारले आधारभुत बास, गास, कपास, शिक्षा र स्वास्था सरकारले जिम्मा लिनु पर्ने जोड किरातीको  थियो ।
अखिल नेपाल सुकुम्बासी संघको तेस्रो सम्मेलनबाट कुमार राईको नेतृत्वमा ५१ जनाको केन्द्रिय कार्य समिति गठन गरिएको छ । त्यस्तै गरि उपाध्यक्ष कमला राई, महासचिव जोहोरिलाल मोचे, सचिब सुमि कार्की, केन्द्रिय सदस्यहरु डम्बर बहादुर मगर, संगीता तामाङ, कुमार लिम्बू, राम बहादुर श्रेष्ठ, तिर्थ माया मगर, नर्मदा नगरकोटी, बिक्रम तामाङ, बिजय ठाकुर, कुमार खतिवडा आदि रहेको छ ।
नयाँ कार्य समितिको अध्यक्षले ‘ सुकुम्बासी समस्या समाधानको लागि सरकारको ध्यानकर्षण गर्ने, सुकुम्बासीको हक हितको लागि जस्तो सुकै सङ्गर्ष गर्न बताए । अखिल नेपाल सुकुम्बासी संघ आफ्नो नितिगत र रणनीतिगत दस्तावेज र घोषणा गर्दै सम्मेलन गरेको छ ।

 

 

 

 

 

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्