Logo

प्रकाण्डका छोरालाई पक्रेको बदलामा विप्लव माओवादीले गरायो स्कुल बन्द


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आइतबार देशभरिका शिक्षण संस्था बन्द गरेको छ। पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको हो।

अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था प्रभावित भएका छन्। यसअघि माघ १७ गते विप्लव माओवादीको  विद्यार्थी विभाग हेरिरहेका नेता नरेन्द्र विश्वकर्मा मोरङबाट पक्राउ परेका थिए। सुनसरीमा जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा विश्वकर्मालाई प्रहरीले तीन राउन्ड गोलीसहित पक्राउ गरेको हो।

मोरङ प्रहरीका अनुसार विश्वकर्मालाई बिहीबार साँझ विराटनगर विमानस्थलबाट चाइनिज पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका थिए। उनको झोला चेकजाँच गर्ने क्रममा गोली फेला परेको प्रहरीले जनाएको छ।

झापा संवाददाताका अनुसार विप्लव माओवादी निकट विद्यार्थीको आह्वानमा झापाका शैक्षिक संस्था बन्द रहेका छन्। अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई प्रहरीले हातहतियार तथा खरखजना शीर्षकमा झुटो मुद्दा लगाएको विद्यार्थी को आरोप छ।

क्रान्तिकारी विद्यार्थीले विद्यालयमै पुगेर बन्द सफल बनाइदिन विद्यालय सञ्चालकसँग अपिल गरेका थिए। बन्दले झापाका सबै संस्थागत विद्यालय बन्द भएका छन्। प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीका अनुसार सुरक्षाका कारण विद्यालय बन्द गरिएको हो।

यता सामुदायीक विद्यालयको पठन पाठनमा भने बन्दको प्रभाव परेको छैन। जिल्लाका अधिकांश सामुदायिक विद्यालयको पठन–पाठन बिहानैदेखि सुचारु छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्