Logo

खोटाङमा बाँदर समातेर निकुञ्ज पु¥याउने तयारी


खोटाङ, २३ माघ । किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउने तयारी थालिएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गरेर भारतीय पेसेवर सिकारीको सहयोगमा जिल्लाका विभिन्न जङ्गलमा पाइने बाँदर समातेर राष्ट्रिय निकुञ्जमा पु¥याएर छाड्ने तयारी थालिएको हो ।
बाँदरलाई खोर र जाल थापेर समात्न भारत खुसीनगर उत्तरप्रदेशका मुखतार सिकारीसहित दुई जना दिक्तेल आइपुगेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट शुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १० वटै स्थानीय तहमा पु¥याइने समितिका अध्यक्ष दुर्गाबाहदुर घिमिरेले जाकनारी दिनुभयो ।
बाँदर आतंक नियन्त्रण गर्न बाँदर व्यवस्थापन समितिलाई नगरपालिकाले रु. पाँच लाख बजेट उपलब्ध गराएको छ । आगामी जेठ मसान्तभित्र प्रतिगोटा रु. दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ ।
खोटाङ आएका सिकारीमध्ये एक जनाले बाँदर प्रभावित क्षेत्रमा चारो छर्न थाल्ने र एक जनाले भारत पुगेर थप सात जनाको टोली लिएर आउने समितिले जनाएको छ । बालीनाली सखाप भएर हैरान भइरहेका किसान उपद्रो मच्चाउने बाँदरलाई समातेर निकुञ्ज लाने खबरले खुसी भएका छन् ।
बाँदर आतङ्क नियन्त्रणका लागि किसानको ज्ञापनपत्र आउँदा अलमलमा परिरहेका गाउँपालिका र नगरपालिकाका कतिपय जनप्रतिनिधिसमेत ‘बाँदर समाउ अभियान’मा इच्छुक देखिएको छन् । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई नियन्त्रण अभियान थालिएको हो ।
बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न गत मङ्सिर १६ गते दिक्तेलमा भएको किसान भेलाले बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेको थियो । बाँदर आतङ्क नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले गत पुस २७ गतेदेखि ‘बाँदर धपाउ, अभियान’ सञ्चालन गरेको थियो ।
केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलामा पर्ने सिम्पानी, दसगते, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मी लगायतका बासिन्दाले प्रतिघर रु. २०० चन्दा उठाएर बाँदर धपाउने अभियान चलाएका छन् । खोटाङका धेरैजसो ठाउँमा बाँदरले दुःख दिने समस्या छ ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्