Logo

एलेन कलेजका संचालक पक्राउ, अध्यक्ष विमारी परे


इनरुवा / गैरकानुनी रुपमा कलेज संचालन गरेको उजुरीका आधारमा एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका संचालक बिनोद शर्मा पक्राउ परेका छन् ।

अवैधानिक रुपमा संचालनमा रहेको कलेजले मनोमानी शुल्क लिदै ठगी गरेको उजुरी अभिभावकहरुले सीटीईभिटीमा उजुरी गरेका थिए । स्टििइभिटीका क्षेत्रीय प्रमुख डा. शिव दाहालले कारवाहीका लागि प्रशासनलाई पत्र लेखे पछि उनी पक्राउ परेका हुन ।

उजुरीका आधारमा सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनका क्रममा कलेज स्वीकृत विना नै संचालनमा आएको खुलेको थियो ।

सोही विषयलाई आधार देखाउँदै सीटीईभिटीले कलेज बन्द गरी ठगी मुद्दामा कार्वाहीकालागि जिल्ला प्रशासनमा गरेको पत्राचारका आधारमा आवश्यक कार्वाही अघि बढाउन दिइएको आदेश बमोजिम सुनसरी प्रहरीले संचालक शर्मालाई पक्राउ गरेको हो ।

हिजो म्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।
आफुहरुले संचालन गरेको कलेज वैधानिक रहेको दाबी गर्दै आएका एलेन कलेजका संचालक शर्मा पक्राउ परे पनि अध्यक्ष मनोजकुमार मेहता भने स्वास्थ्य समस्याका कारण उपचारको क्रममा रहेको बताइएको छ । पक्राउ गरी कार्वाहीका लागि ल्याइकोमा एक्कासी बिरामी परेपछि उपचारक ालागि मेहतालाई अस्पताल पुर्याइएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँच पश्चात मेहतलाई नियन्त्रणमा राखी कानुनी कार्वाहीको प्रकृया अघि बढाइने छ ।

एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाले सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम संचालन गर्दै आएको पाइएको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ मा ठगी गरेको ठहर भएमा ऐन अनुसार कसुर गर्ने व्यक्तिलाई सात वर्ष सम्म कैद र ७० हजार रुपैंया सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

 

 

 

 

 

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्