Logo

रुपान्तरणका लागि त्यागको दर्शन – गोपाल किराती


दक्षिणपन्थी अवसरवाद र संसदीय विसर्जनवादमा प्रचण्डहरुको पतनको भण्डाफोर गर्दैै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति पुनर्गठन गरी अघि बढ्ने निर्णय गरियो । खासगरी, माओवादी आन्दोलनको विचार, भावना र इतिहासलाई निरन्तरता दिने संकल्पसहित नेकपा (माओवादी केन्द्र) आफ्नो महाधिवेशन सम्पन्न गर्दैछ । दश माओवादी समूहबीच एकताद्वारा ०७३ जेठ ६ गते घोषणा गरिएको नेकपा (माओवादी केन्द्र)को विद्यमान उपल्लो निकाय महाधिवेशन आयोजक समिति हो । आयोजक समिति छाडेर प्रचण्डहरु पलायन भएको हुँदा माओवादी क्रान्तिकारीहरुले महाधिवेश सम्पन्न गर्नैपर्ने परिस्थिति खडा भयो । यसरी ०७५ फागुन १ गते महान जनयुद्ध दिवसको अवसरमा हाम्रो पार्टीको आठौं महाधिवेशन हुँदैछ ।

आठौं महाधिवेशनले इतिहासका ज्वलन्त प्रश्नहरु, पार्टी एकताको १३ बुँदे आधारपत्रका प्रश्नहरुको जवाफ खोज्नु छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका वैचारिक, अर्थ–राजनीतिक, सांस्कृतिक एवं सांगठनिक समस्याहरुको ठोस संश्लेषण गर्नुछ र विज्ञानका रुपमा उत्तरित माक्र्सवादी संश्लेषणहरुलाई व्यवहारिक अभ्यासको दृढतासहित नेपाली क्रान्ति सम्पन्न गर्ने लक्ष्यमा अग्रसर हुनुछ । अतः ०७५ कात्तिक १०–१२ मा सम्पन्न विधान सम्मेलनमा पार्टी विधान स्वीकृत गर्दै आठौं महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन वितरण गरियो । “नेपाली माक्र्सवाद र समाजवादी कार्यक्रम” शिर्षकमा प्रस्तुत उक्त प्रतिवेदनद्वारा गम्भीर जवाफहरु प्रस्तावित छन् ।

दश वर्षे जनयुद्धको बेला तत्कालीन नेकपा (माओवादी)ले क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि निर्माणको माग गरेको हो, जो अत्यन्त सही थियो । त्यसबेला पार्टीमा त्यत्रो समाजवादी क्रान्ति गर्ने र हिटलरको साम्राज्यवादलाई घुँडा टेकाउने सोभियत लालसेना हुँदाहुँदै स्टालिनको निधनसँगै ख्रुश्चेवले कसरी सजिलै प्रतिक्रान्ति गरे ? माओको निधनसँगै देङ स्याओ पेङले कसरी प्रतिक्रान्ति गरे ? २१औं शताब्दीका माओवादीले यी यावत प्रश्नहरुको जवाफ निर्माण गर्नुपर्नेमा बहस उठान गरिएको हो । परन्तु जवाफ अर्थात नयाँ विचार र नयाँ विधि निर्माणको ऐतिहासिक कार्यभार लत्याएर प्रचण्डहरु स्वयं प्रतिक्रान्तिकारी बन्न पुगे ।

विचारधारा र राजनीतिक कार्यदिशालाई प्रधान मान्ने माओवादी मुल्य लत्याएपछि प्रचण्डहरु क्रान्तिकारी रहे कि प्रतिक्रान्तिकारी भए ? अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा हजारौं शहिदको रगतद्वारा स्थापित मुल्य अनुसार माक्र्सवाद–लेनिनवाद–माओवादको विचार एवं वर्गसंघर्ष र बल प्रयोगको सिद्धान्तद्वारा वैज्ञानिक समाजवाद हासिल गर्ने राजनीतिक कार्यदिशा त्याग गरेका प्रचण्डहरु स्वभाविक तथा अनिवार्य रुपमा प्रतिक्रान्तिकारी भए । तथ्यले देखाउँछ कि प्रतिक्रान्तिकारी बन्ने दौडमा प्रचण्डहरुले ख्रुश्चेव र देङलाई पनि उछिने । घोषित रुपमा ख्रुश्चेवले लेनिनवाद छाडेनन्, देङले माओ विचारधारा छाडेनन् । तर प्रचण्ड प्रवृत्तिले खुलेआम माओवाद परित्याग ग¥यो । अतः केशरजंग रायमाझी समान प्रचण्डहरु खुल्ला प्रतिक्रान्तिकारी बने । प्रतिक्रान्तिको भेलमा बगेका लाखौं पार्टी सदस्यहरुको मौनता जारी छ ।

प्रचण्डहरुको एमालेकरणलाई यसरी पनि बुझ्न सकिन्छ कि गणतन्त्र स्थापना गर्ने जनमुक्ति सेना र नेपाली सेनाबीच सैद्धान्तिक रुपमा समायोजन गरिएको हो । तर व्यवहारिक अर्थमा समायोजनको कुनै अस्तित्व छ ? किमार्थ छैन । अतः माओवाद र वर्गसंघर्षको सिद्धान्त तथा पहिचान मुद्दा त्यागेर एमालेसँग त्यसले गरेको कथित एकता जनमुक्ति सेनाको समायोजन भन्दा फरक हुनै सक्दैन । समायोजनपछि जनमुक्ति सेनाको अस्तित्व जहाँ छ, प्रचण्डहरुको एमालेकरणको परिणाम त्यो भन्दा फरक हुुनै सक्दैन ।

प्रस्तुत पृष्ठभूमिमा नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन हुँदैछ । “नेपाली माक्र्सवाद र समाजवादी कार्यक्रम” शिर्षक राजनीतिक प्रतिवेदनद्वारा निरन्तरतामा क्रमभंग गरेर क्रान्तिकारी छलाङका निम्ति गम्भीर प्रस्तावहरु अघि सारिएका छन् । विचार निर्माणमा नेपाली माक्र्सवाद, नेतृत्व निर्माणमा रुपान्तरणका लागि त्यागको दर्शन, राजनीतिक कार्यदिशामा वैज्ञानिक समाजवाद अर्थात श्रमिक वर्ग, जाति, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण र नयाँ राष्ट्रिय एकीकरण, राज्यसत्ता संरचनामा गोर्खाली अन्धराष्ट्रवाद तथा चरित्रमा दलाल तथा नोकरशाही पुँजीवाद, सामरिक कार्यदिशामा महान जनविद्रोह एवं माओवादी शक्तिहरुबीच एकताद्वारा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण आठौं महाधिवेशनका नयाँ र विशिष्ट कार्यसूची हुन् । त्यसमध्ये कम्युनिष्ट पार्टीको सर्वहारा नेतृत्व निर्माणसँग सम्बन्धित रहेर यो आलेख तयार गरिएको छ ।

क्रान्ति र प्रतिक्रान्तिको अन्तर्राष्ट्रिय आयाम

सर्वहारावर्गको नेतृत्व र विश्व साम्यवादको लक्ष्यमा लडिने वर्गसंघर्ष स्वभाविक रुपमा अन्तर्राष्ट्रिय आयामको हुन्छ । ‘आ–आफ्नो ठाउँमा डटौं’ भनेर लडिने स्थानीय वर्गसंघर्षले जसरी अन्तर्राष्ट्रिय स्तरको क्रान्तिकारी आयाममा योगदान पु¥याउँछ, त्यसरी नै आ–आफ्नो ठाउँमा डटेका सर्वहारावर्ग र उत्पीडित जनसमूहको सत्ता–शक्तिलाई ध्वस्त पार्ने प्रतिक्रान्तिले अन्तर्राष्ट्रिय स्तरको प्रतिक्रान्तिकारी आयाम थप्छ । क्रान्तिकारी आयाममा योगदानको अर्थ साम्यवादी वर्गसंघर्षको सेवा हो भने प्रतिक्रान्तिकारी आयाममा योगदानको अर्थ साम्राज्यवाद तथा विस्तारवादको सेवा हुन्छ । एक मात्र मानव जाति निर्माणको लक्ष्यमा लडिएको पेरिस कम्युन सर्वहारा क्रान्तिको इतिहासमा महान अन्तर्राष्ट्रिय आयाम बन्यो । एक देश सोभियत संघमा लडिएको सर्वहारा क्रान्ति र त्यस्तै चीनमा लडिएको सर्वहारा क्रान्ति पूरै अन्तर्राष्ट्रिय आयामको बन्यो । ठीक त्यसरी नै नेपालमा लडिएको दश वर्षे जनयुद्ध अन्तर्राष्ट्रिय आयामको थियो भन्ने कुरा त्यस बेला पश्चिमा मुलुकका क्रान्तिकारीहरुले गाएको गीतले प्रष्ट गर्छ । नेपाली जनयुद्धबारे त्यहाँ गाइएको गीतको बोल थियो – ‘पूर्वको हिमालयतिर फर्केर हेर, नयाँ विश्व जन्मदैछ’ ।

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गरियो । घोषणापत्रको विचार र राजनीतिक कार्यदिशा लागू गर्न सन् १८६४ मा प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापना गरियो । कम्युनिष्टको आवरणमा पँजीवादको सेवा गर्ने संशोधनवादी गुटले कब्जा गर्न खोजेपछि माक्र्सले प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रिय विघटन नै गर्नुप¥यो । माक्र्सको निधनपछि दोश्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापना गरेर विचार संघर्ष गर्दागर्दै एंगेल्सको निधन भयो । सन् १९१७ मा सोभियत क्रान्ति सफलतासँगै लेनिनको नेतृत्वमा सन् १९१९ मा तेश्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय गठन गरियो । १९२४ मा लेनिनको निधनपछि १९४९ सम्म स्टालिनले तेश्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको नेतृत्व गरे । माओको नेतृत्वमा राष्ट्रियस्तरमा महान सर्वहारा सांस्कृतिक क्रान्ति तथा अन्तर्राष्ट्रिय स्तरमा महान वहस संचालन गरेर सर्वहारावर्ग र उत्पीडित जनसमूहको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भारी योगदान रह्यो । यसरी सर्वहारा क्रान्तिको अन्तर्राष्ट्रिय आयाम निर्माणमा वैज्ञानिक योगदानको आधारमा सार्वभौम माक्र्सवाद–लेनिनवाद–माओवाद स्थापित गरिएको तथ्य प्रष्ट छ ।

प्रथम र दोश्रो कम्युनिष्ट अन्तर्राष्ट्रियमा मुख्यतः वैचारिक सत्ता संघर्ष चल्यो । दोश्रो अन्तर्राष्ट्रियको नेतृत्वमा रहेका कार्ल काउत्स्कीलाई ‘सर्वहारा क्रान्ति र गद्धार काउत्स्की’ पुस्तक लेखेर लेनिनले ठेगान लगाए । स्टालिनको निधनसँगै सोभियत सत्ता हत्याउन पुगेका निकिता ख्रुश्चेवदेखि माक्र्सवादी र संशोधनवादीबीच भौतिक सत्ता संघर्ष शुरु भयो । माक्र्सवादी ती हुन्, जो आजको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त अख्तियार गर्दछन् र संशोधनवादी ती हुन्, जसले कम्युनष्टि पार्टीको नाम र झण्डा बोक्छन्, तर माक्र्सवाद–लेनिनवाद–माओवादसँग दुश्मनी राख्छन् । अर्को शब्दमा, माओसम्म आइपुग्दा माक्र्सवादका पाँच आधारभूत सिद्धान्त स्थापित छन् । वर्गसंघर्ष र बल प्रयोगको सिद्धान्त, सर्वहारा अधिनायकत्वको सिद्धान्त, सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्त, जनवादी केन्द्रीयता र निरन्तर क्रान्तिको सिद्धान्त नै ती पाँच आधारभूत सिद्धान्त हुन् । कम्युनिष्ट पार्टीको नाम र झण्डा बोक्ने जसले यी पाँच आधारभूत सिद्धान्त अख्तियार गर्दछ, त्यो माक्र्सवादी हो र जसले पाँच आधारभूत सिद्धान्तको विरोध गर्दै कम्युनिष्ट पार्टीको नाम र झण्डा बोक्छ, त्यो संशोधनवादी हो ।

अन्तर्राष्ट्रिय आयामको सबैभन्दा ठूला प्रतिक्रान्तिकारी खु्रश्चेव हुन् । उसले भौतिक सत्ता हत्यायो र सर्वहारावर्ग विरुद्ध दमन ग¥यो । संशोधनवादी खु्रश्चेवको प्रतिक्रान्तिकारी दमनले सर्वहारावर्ग र उत्पीडित जनसमूहको न्यायपूर्ण आन्दोलनमा भयानक क्षति पु¥यायो । स्टालिनको निधनसँगै सोभियत सत्ता हत्याएर खु्रश्चेवले जसरी प्रतिक्रान्तिकारी दमन बढाए, त्यसबाट माक्र्सवादी दर्शनशास्त्रका प्राध्यापक ज्याक डेरिडा विरक्तिए भनिन्छ । क्रान्तिपछि प्रतिक्रान्ति अवश्यंभावी छ भने क्रान्ति गर्ने नै किन ? यो निस्कर्षमा पुगेर डेरिडाले अनिर्माणको कुविचार थोपरे । अंग्रेजीमा ‘डी कन्ट्रक्सन’ भनिने अनिर्माणको दर्शन उत्तर–आधुनिकतावाद बताए । उत्तर–आधुनिकतावादको अर्थ आधुनिकता सकियो र परिणाम विघटनवाद हो । माक्र्सवादी वर्गसंघर्ष ध्वंश र निर्माणको संयोजन हो भने ‘डि कन्ट्रक्सन’ नामैले निर्माण नगर्ने अनिर्माणवाद, जुन वस्तुतः विघटनवाद हो, ले वैचारिक रुपमा सर्वहारावर्ग र उत्पीडित जनसमूहलाई दास तथा साम्राज्यवादलाई मालिक तुल्याउने धृष्टता ग¥यो ।

प्रश्न खडा हुन्छ, के मदन भण्डारी जनयुद्ध लड्न तयार हुन्थे ? कि मदन भण्डारी नेतृत्वको एमालेसित एकता हुन पुग्दा प्रचण्डहरु जनयुद्ध लड्दैनथे ? के मदन भण्डारीको मृत्यु नै दश वर्षे जनयुद्धको कारक हो ? जसरी पूर्व मालेहरु माओ विचारधारा त्यागेर झापा विद्रोह गरेकोमा पश्चाताप गर्न पुगे, आज प्रचण्डहरु माओवाद त्यागेर जनयुद्ध लडेकोमा पश्चाताप गर्दैछन् ।


 

क्रो सोभियत संघ सन् १९९० मा जव ढल्यो, तब १९९२ मा फ्रान्सिस फुकुयामाले पुस्तक लेखे, शिर्षक थियो–‘इतिहासको अन्त्य…’ । त्यस वापत जापानीमूलका अमेरिकी नागरिक फुकुयामालाई संयुक्त राज्य अमेरिकाले राष्ट्रिय योजना आयोगको अध्यक्ष बनायो । राजनीतिक रुपमा भौतिक सत्ता हत्याउने संशोधनवादी खु्रश्चेवको प्रतिक्रान्तिलाई डेरिडा र फुकुयामाले वैचारिक प्रवद्र्धन गरेर प्रतिक्रान्तिको अन्तर्राष्ट्रिय आयाम थपेका छन् । र, कार्यनीतिक दृष्टिले साम्राज्यवादलाई बलियो पारेका छन् । परन्तु पुँजीवाद अतीतमुखी विचार हो भने साम्यवाद भविष्यमुखी हुन्छ । पुँजीवादी मनोविज्ञान चरम निराशावादी हुन्छ र आत्महत्या गर्छ, जस्तो हिटलरको आत्महत्या । जिम्मेवार साम्यवादीहरु आशावादी हुन्छन्, त्यसैले आत्महत्या गर्दैनन् । भारतमा कानु सन्यालको घटना अपवाद हो । त्यो पनि पुँजीवादी र संशोधनवादीकै प्रताडनाको परिणाम हुनसक्छ ।

क. रंगनाथ ढकालको भनाइमा “सत्ययुग भनेको आदिम साम्यवाद हो । कलियुग भनेको आजको पुँजीवाद हो । आदिम साम्यवादी युगका जनताले अझ राम्रो समाजव्यवस्था स्थापना गर्न संघर्ष गरे, तर दास व्यवस्था आयो । दास युगका जनताले राम्रो समाजव्यवस्थाका लागि संघर्ष गरे, तर सामन्तवाद आयो । सामन्ती युगका जनताले राम्रो समाजव्यवस्था खोज्दै संघर्ष गरियो, तर पुँजीवाद आयो ।” रंगनाथ ढकालको यो ऐतिहासिक भौतिकवादी सुन्दर व्याख्याले पनि स्पष्ट गर्छ, गतिमान प्रकृति र समाजमा पुँजीवादको विकल्प छ । विकल्प वैज्ञानिक समाजवाद हुँदै साम्यवादी विश्व व्यवस्था हो । साम्रज्यवादीहरुको युद्धोन्मादबाट पृथ्वीको रक्षा गर्न सकियो भने विगतमा जस्तै आगत इतिहासमा पनि जनता संघर्षशील रहनेछन् । प्रकृतिका निमित्त मानिस नभए पनि हुन्छ, तर मानिसका निमित्त प्रकृति अनिवार्य छ । त्यस्तै साम्यवादका निमित्त मानिस नभए पनि हुन्छ, तर मानिसका निमित्त साम्यवाद अपरिहार्य छ । प्रकृतिको रक्षाकै निमित्त पनि पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति र महान सर्वहारा सांकृतिक क्रान्ति जस्ता विगतका प्रचुर अनुभवले दीक्षित आजको सर्वहारावर्ग र उत्पीडित जनसमूह विश्व साम्यवादी इतिहास रचना गर्न सक्षम रहने छन् ।

प्रस्तुत तथ्य विश्लेषणको निस्कर्ष हुन्छ, प्रचण्डहरुको दक्षिणपन्थी अवसरवाद र संसदीय विसर्जनवाद प्रतिक्रान्तिकारी धाराको अन्तर्राष्ट्रिय आयामकै संशोधनवादी विरासत हो । सुरुमा क्रान्तिकारी देखाउने र क्रमशः प्रतिक्रान्तिकारी घोषित हुने संशोधनवादको चारित्रिक विशेषता नै हो । भिन्नता केवल सोभियत संघ र चीनमा क्रान्ति गर्ने नेताको निधनपछि दोश्रोले प्रतिक्रान्तिको नेतृत्व गरे । दश वर्षको जनयुद्धलाई क्रान्ति मान्ने हो भने नेपालमा क्रान्ति र प्रतिक्रान्ति दुवैको नेतृत्व प्रचण्ड स्वयंले गरे । संशोधनवादको आयाममा यसरी ‘प्रचण्ड प्रवृत्ति’ थपियो, जसका विरुद्ध लड्नु सच्चा माक्र्सवादीको अहं कार्यभार हुन आउँछ ।

एमालेकरणको शिलशिलामा प्रचण्डका अभिव्यक्तिहरु विचित्रका लाग्छन् । उनको भनाई छ–‘दासढुंगा घटना लगत्तै मदन भण्डारीसित भेट्ने योजना थियो, भण्डारी बाँचेका भए कुरा अर्कै हुन्थ्यो ।’ प्रश्न खडा हुन्छ, के मदन भण्डारी जनयुद्ध लड्न तयार हुन्थे ? कि मदन भण्डारी नेतृत्वको एमालेसित एकता हुन पुग्दा प्रचण्डहरु जनयुद्ध लड्दैनथे ? के मदन भण्डारीको मृत्यु नै दश वर्षे जनयुद्धको कारक हो ? जसरी पूर्व मालेहरु माओ विचारधारा त्यागेर झापा विद्रोह गरेकोमा पश्चाताप गर्न पुगे, आज प्रचण्डहरु माओवाद त्यागेर जनयुद्ध लडेकोमा पश्चाताप गर्दैछन् । कसैको मृत्युसँग जनयुद्धको निर्भरता देखाउने कुचेष्टा महान् जनयुद्ध र शहिदहरुको उग्र अपमान हो । परन्तु जनताको मुक्तियुद्ध र शहिदको अपमान गर्नु प्रतिक्रान्तिकारी चरित्र नै हो, जुन चरित्र प्रचण्डहरु प्रदर्शन गर्दैछन् ।

रुपान्तरणका लागि त्यागको दर्शन

क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने विचार निर्माणको प्रश्नमा पुनर्गठित माओवादी आन्दोलनमा सकारात्मक प्रयास भईरहेका छन् । स्टेफन हकिङकृत ब्रह्माण्ड विज्ञानको बोध–प्रयत्न तथा भौतिक विज्ञानको एकीकरणलाई पार्टी नीतिमा ढाल्ने जमर्को ती प्रयास हुन् । सर्वहारावादी नेतृत्व विकासको विधि निर्माण हेतु नेकपा (माओवादी केन्द्र)ले आठौं महाधिवेशनमा नयाँ संश्लेषण प्रस्ताव गरेको छ । महाधिवेशनका लागि प्रस्तावित राजनीतिक प्रतिवेदनमा लेखिएको छ – “नेतृत्व निर्माणको प्रश्नमा अनुभवले सिकाएको छ कि सर्वहारावादी रुपान्तरणको प्रारम्भिक सर्त त्याग हुनुपर्छ । त्यागको अर्थ निम्न–पुँजीवादी चिन्तन प्रवृत्ति, पुँजीवादी महत्वकांक्षा, व्यक्तिवादी तथा पारिवारिक भोग–बिलास, सत्ता–सुविधा र मृत्युको भय त्याग आदि हुन् (नेपाली माक्र्सवाद र समाजवादी कार्यक्रम–३१) ।”
विचार र विधि अर्थात नीति र नेतृत्व सँगसँगै रहन्छन् । नेतृत्वले नीति निर्माण गर्छ र नीतिले नेतृत्वलाई निर्देशित गर्छ वा निर्देशित गर्नुपर्छ । वैज्ञानिक नीति निर्माण गरी त्यसको व्यवहारिक कार्यान्वयनमा इमान्दार नेताले क्रान्ति गरेका छन् भने ब्यईमान नेताका कारण प्रतिक्रान्ति भएका छन् । माक्र्सदेखि लेनिन, माओ र दश वर्षको जनयुद्धसम्म आउँदा नीति निर्माणबारे नेपाली सर्वहारावर्गले उच्चतम शिक्षा हासिल गरेको छ । तर ब्यईमान र असक्षम नेतृत्वका कारण क्रान्तिले अनावश्यक प्रतिक्रान्ति सामना गर्नुपरेको छ । अतः सर्वहारा नेतृत्व निर्माणमा रुपान्तरणका लागि “त्यागको दर्शन” एउटा पहलु बन्ने अपेक्षा गरिएको छ ।

माओसम्म आउँदा “एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकता” को विधि विकास गरियो । जसलाई, प्रचण्डकालीन पार्टीमा व्यापक रटान लगाइयो । परन्तु नेतृत्वको सर्वहारा रुपान्तरण सुनिश्चित भएन । विश्लेषण गर्दा रुपान्तरण परिणाम हो भने एकता र संघर्ष प्रक्रिया भए । एकता र संघर्षको प्रक्रियाले मात्र सर्वहारा रुपान्तरण सुनिश्चित गर्न सकिएन । कारण, एकता र संघर्षको प्रक्रिया मात्र रुपान्तरणको अनिवार्य परिणाम दिन बाध्य देखिएनन् । अतः नेतृत्वको सर्वहारा रुपान्तरणका लागि एकता र संघर्षमा ‘त्याग’ को प्रकृया अनिवार्य सर्तका रुपमा थप गर्न जरुरी देखियो । त्यागको अर्थ सर्वहारावर्गको पक्षमा माक्र्स, लेनिन, माओ जसरी आजीवन त्याग एवं समर्पणभाव हो । त्याग भन्दा माथि वलिदान हुन्छ । वलिदान नै साँचो अर्थमा रुपान्तरण हो । यसरी सर्वहारा नेतृत्व श्रृंखला निर्माणको प्रश्नमा त्यागको दर्शन अभिव्यक्त हुन आउँछ ।

सर्वहारावादी हुँदै सर्वहारावर्गमा नेतृत्व रुपान्तरणको श्रृंखला निर्माणका लागि त्यागको अर्थ ः
१) द्वन्दात्मक भौतिकवादी दर्शनमा ‘मुख्यतः बदल्ने’ हुन आउँछ ।
२) राजनीतिक अर्थशास्त्रमा ‘महान अग्रगामी छलाङ’ हुन्छ ।
३) समाज विज्ञानमा ‘ध्वंस र निर्माण’ हुन्छ ।
४) वर्गसंघर्षमा ‘निरन्तर क्रान्ति’ अर्थात, ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’ हुन्छ ।
५) स्वास्थ्य विज्ञानमा ‘शल्यक्रिया’ हुन्छ ।
६) जीव विज्ञानमा ‘जीवनचक्र’ र
७) ब्रह्माण्ड विज्ञानमा ‘महाविष्फोट’ हुन आउँछ ।

माक्र्सवादी संश्लेषणमा इतिहासको निर्माता जनसमुदाय र नेता कार्यकर्ता प्रतिनिधि पात्र हुन् । नेता र कार्यकर्ता विद्यमान समाजबाटै विकसित हुने हुन् । तसर्थ समाज जस्तो छ, नेता र कार्यकर्ता त्यस्तै चरित्र एवं योग्यताको हुनु अन्यथा होइन । परन्तु मानव मुक्तिको अन्तर्राष्ट्रिय विज्ञान माक्र्सवादी–लेनिनवादी–माओवादी उचाईको चेतनाले समाज–व्यवस्था परिवर्तनमा केन्द्रित नेता–कार्यकर्ता स्पष्ट निर्देशित हुनुपर्छ । क्रान्ति गर्न र प्रतिक्रान्ति रोक्न नेतृत्व रुपान्तरण सुनिश्चितताका लागि त्यागको विधि आत्मसात गरेर अघि बढ्न सक्नुपर्छ । समाजवादी क्रान्ति सम्भव छ ।

रोकथामको संघर्ष र शिक्षा

प्रतिक्रान्तिकारी प्रवृत्तितर्फ प्रचण्डको पतनका घटनाहरु सम्बन्धी नेकपा (माओवादी केन्द्र)ले निम्न संश्लेषण गर्दछ ः
ज्ञ। शान्ति सम्झौतायता एउटा पनि माक्र्सवादी वैचारिक स्कुलिङ नगर्नु,
द्द। कार्यकर्ता व्यवस्थापनको संस्थागत योजना नल्याउनु,
घ। पार्टी हैसियत दुरुपयोग गरेर धनकुबेर बन्ने नेताहरुलाई खुलेआम छुट दिनु र
द्ध। रक्तसम्बन्ध प्राथमिकता ।
यिनै कारण हुन्, जसले क्रान्तिको नायक प्रचण्डलाई प्रतिक्रान्तिको खलनायकमा पतन गरायो । निम्न–पुँजीवादी प्रचण्डहरु दलाल–पुँजीवादीमा बदलिए । सर्वहारावर्गको नारा दिँदै अभिजातवर्गीय संभ्रान्त बने । यस्तो हुन पुग्नुका पछाडि प्रचण्डकालीन पार्टीमा सर्वहारा रुपान्तरणका लागि त्यागको दर्शन थिएन ।
प्रचण्डसँग हामीहरुको पहिलो भेट ०५७ साउन २२ मा भएको थियो । त्यहाँदेखि ०७५ असोज २१ सम्म संघर्ष र एकताका गम्भीर प्रयासहरु गरियो । अन्ततः प्रमाणित भयो, प्रचण्डहरु सर्वहारावर्गमा रुपान्तरित भएका थिएनन्, नारा मात्र दिएका रहेछन् । एमालेमा गएर त्यसलाई रुपान्तरण गर्ने प्रचण्डहरुको गफ कार्यकर्तालाई भ्रमित बनाइरहने चालवाजी बाहेक अरु होइन । क्रान्तिकारी विचार र चरित्र खुलेआम त्यागेका प्रचण्डहरुले के आधारमा एमालेलाई रुपान्तरण गर्छन, जवाफ छ ?
प्रचण्ड प्रवृत्तिको प्रतिक्रान्तिकारी पतनबाट लिनुपर्ने शिक्षाहरु निम्न हुन् ः
ज्ञ। नेतृत्वले सर्वहारा क्रान्तिका निमित्त माक्र्सवादी वैचारिक स्कुलिङमा रुची राख्छ कि राख्दैन ? स्कुलिङको आयोजना गर्छ कि गर्दैन ?

द्द। कार्यकर्ताको संस्थागत व्यवस्थापनमा चिन्ता र चासो लिन्छ कि लिँदैन ?
घ। सर्वहारा प्रवृत्तिलाई प्रोत्साहन गर्छ कि निम्न–पुँजीवादी र दलाल पुँजीवादी प्रवृत्तिलाई ? पार्टी हैसियत दुरुपयोग गरेर पार्टी र क्रान्तिको बदनाम गर्ने तत्वलाई कारवाही गर्छ कि संरक्षण ?
द्ध। सर्वहारावर्ग र उत्पीडित जनसमुहलाई प्राथमिकता दिन्छ कि रक्तसम्बन्धलाई ?
छ। महान जनविद्रोहको तयारीमा वस्तुसापेक्ष पहल लिन्छ कि लिँदैन ?
प्रस्तुत पाँच प्रश्नहरु नेकपा (मओवादी केन्द्र)मा नेतृत्वलाई जाँच–पडताल गर्ने मापदण्ड हुनसक्छन् । सकारात्मक देखिएमा एकता प्रधान तथा नकारात्मक देखिएमा संघर्ष प्रधान सम्बन्ध गर्नु कम्युनिष्ट कार्यकर्ताको अधिकार हो । परन्तु नेता र कार्यकर्ताको द्वन्दवाद प्रत्येक नेता आफ्नो काममा कार्यकर्ता हो भने प्रत्येक कार्यकर्ता आफ्नो काममा नेता हुन्छ । क्रान्तिकारी इतिहासको निर्माता जनसमुदाय भन्नुको अर्थ पार्टी संगठनमा पार्टी सदस्यहरु जनता हुन् भने पदाधिकारी नेता भए । अर्को, कम्युनिष्ट पार्टी भनेको सर्वहारावर्ग र उत्पीडित जनसमुहको अग्रदस्ता हो । त्यसैले कम्युनिष्ट पार्टीलाई नेताहरुको पार्टी भनिन्छ । अतः रुपान्तरणका लागि त्यागको दर्शन अभ्यास गर्ने प्रश्नमा केन्द्रीय समितिका साथसाथै प्रत्येक पार्टी सदस्य नेता हो भनेर बुझ्नुपर्छ ।

केन्द्रीय समितिको पदाधिकारीले, त्यसमा पनि अध्यक्षले बोलेको र लेखेको मात्र पार्टी नीति हुने, अरु पदाधिकारी–सदस्यहरु, प्रदेश समिति, स्थानीय समितिका कमरेडहरुले बोलेको चाहिँ पार्टी नीति नहुने बुझाइले वस्तुतः प्रचण्ड प्रवृत्ति नै दोहो¥याउँछ । त्यस विरुद्ध सर्वहारा अन्तर्राष्ट्रिय गीतको ‘आ–आफ्नो ठाउँमा डट्ने’ कुरालाई जनवादी केन्द्रीयताको मर्मका रुपमा स्थापित गर्नुपर्छ । माथिल्लो तहमा रिपोर्ट, अपिल र उजुरी प्रक्रियालाई पनि सुचारु राख्नुपर्छ । मुख्यतः नेतालाई देवता र राक्षश दुवै बनाउनु हुँदैन र सर्वहारावर्गको नेताले आफुलाई देवता र राक्षश प्रवृति विरुद्ध संघर्षमा जोड दिनु पर्छ । नेता भनेको हाम्रै समाजको मानिस हो, केही खुबी र विशिष्ट योगदानले उसको कार्यविभाजन नेताको तहमा भयो, भनेर बुझ्नु भौतिकवादसम्मत हुनेछ ।
अन्त्यमा, सर्वहारावर्गीय त्यागको दर्शन अख्तियार गरेका भए प्रथम राष्ट्रपतिका लागि प्रचारित प्रचण्ड प्रधानमन्त्री बन्नु हुँदैनथ्यो । त्यसबेला प्रचण्ड प्रधानमन्त्रीमा नलोभिएका भए पहिलो, अधिकतम प्रगतिशील संविधान बन्ने थियो र दोश्रो, माओवादी पार्टीको यो हालत हुँदैनथ्यो । अतः अनुभवले बतायो कि सर्वहारा रुपान्तरणका लागि त्यागको दर्शन पुनर्गठित नेकपा (माओवादी केन्द्र)को एक विशिष्ट संश्लेषण हुन आउँछ । यसरी नेकपा (माओवादी केन्द्र)को विधान धारा १६ को उपधारा १७ मा व्यवस्था गरिएको छ–“पार्टी पदाधिकारी सरकारमा जाने छैन । जानै पर्ने अवस्था आएमा पदाधिकारीबाट स्वतः राजिनामा हुनेछ र निज पदाधिकारी केन्द्रीय समितिको सदस्यमा रहने छन् ।”

 

 

 

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्