एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जित्ने टोलीलाई भव्य स्वागत
मुन्धुमस्टार
काठमाडौं । संयुक्त अरब इमिरेट्ससँग एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
पहिलो पटक नेपालले एकदिवसीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । माघ ११ देखि २० गतेसम्म यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोली आज (सोमबार) अपरान्ह त्रिभुवनविमानस्थल झरेको थियो ।
खेलाडीको स्वागतको लागि निस्कने बाटोमा रातो कार्पेट बिछ्याइएको थियो । खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुले स्वागत गरेका थिए ।
त्यसलगत्तै विमानस्थल परिसर निस्किएका खेलाडीलाई सैयौंको संख्यामा उपस्थित समर्थकले हुटिङ गरेर स्वागत गरेका थिए । उनीहरुले नेपाली क्रिकेट टिम हाइ हाइ… नेपाल … यो जित कस्को? नेपालको भन्दै हुटिङ गरेका थिए ।



