Logo

दुई ट्रेड युनियन (रिफन्ट) र (फिनेप्ट) बीच एकता राष्ट्रिय भेला सम्पन्न


काठमाण्डौ – क्रान्तिकारी ट्रेड युनियन महासंघ (रिफन्ट) र प्रगतिशील ट्रेड युनियन महासंघ (फिनेप्ट) बीच एकता राष्ट्रिय भेला त्रिचन्द्र क्याम्पस घण्टाघरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. गोपाल किरातीको प्रमुख आतिथ्यमा र क. राजन तिमल्सिनाको सभापतित्वमा सम्पन्न भयो । महान जनविद्रोहको कार्यदिशा र क्रान्तिकारी मजदुर आन्दोलन आजको आवश्यकता ! संसदवादसँगको सम्बन्ध विच्छेद र क्रान्तिकारी पुनर्गठन एकता राष्ट्रिय भेलाको अपरिहार्यता ! भन्ने मुल नारा सहित कार्यक्रम सुरु भएको थियो । कार्यक्रमका अध्यक्ष क. राजन तिमल्सिनाले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, विधान र ३५ सुत्रीय समसामयिक प्रस्ताव पेश गरेकोमा भेलामा उपस्थित प्रतिनिधिको गडगडाहट तालिद्वारा उक्त प्रतिवेदन, विधान र समसामयिक प्रस्ताव पारित गर्यो ।

कार्यक्रममा प्रमुख अतिथि क. गोपाल किरातीले मजदुर आन्दालनले नै विश्वको राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले नेपाली मजदुरवर्गले फेरि एकपल्ट महान जनविद्रोहमा उत्रनुपर्ने कुरामा जोड दिनुभयो । माओवादी विचार, आन्दोलनको भावना र इतिहासको निरन्तरताको लागि पार्टी पुनर्गठन अभियान चालेको र आगामी फागुन १ गते पार्टी महाधिवेशनले पार्टीको कार्यदिशा, रणनीति, कार्यक्रम र नेतृत्व चयन गर्ने बताउनुभयो । मजदुरवर्कागकाे सहभागिता विना कम्युनिष्ट पार्टीको कल्पना पनि गर्न नसकिने भएकाले नेकपा ‌‍ माओवादी केन्द्र मजदुरवर्गको पार्टी भएकाे बताउनु भयाे ।हामीले वर्गविहिन राज्यसत्ताको परिकल्पनाका साथ १० वर्षको महान जनयुद्ध लडेका थियौं । प्रचण्डले हामीलाई धोका दिए त्यसैले यही उद्देश्यका साथ हामी वर्गविहिन राज्यसत्ता निर्माणमा लाग्नु पर्छ भन्नुभयो । ७५ प्रतिशत कृषिमा निर्भर हाम्रो देशमा कृषि श्रमिक संघ नभएकोले छिट्टै कृषि श्रमिक संघ निर्माण गर्ने र उत्पीडित किसानहरुलाई न्याय दिलाउने बताउनुभयो । महान् जनविद्रोह गर्ने कुरा बताउँदै भन्नुभयो– जनविद्रोह अन्त्यमा सशस्त्र युद्धसम्म हुनसक्ने छ ।

कार्यक्रममा पार्टी उपाध्यक्ष क. तिलक थापा सचिवालय सदस्य क. बलराम पुन, भाइचारा संगठनको तर्फबाट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष तथा नेकपा (माले)का केन्द्रीय सदस्य केदार गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय कोषाध्यक्ष विनोद थापा, नेपाल महिला चालक संघको तर्फबाट मिना चन्द, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेमसंघ क्रान्तिकारीका अध्यक्ष धन कुमारी थापा, अखिल नेपाल सुकुम्बासी सुकुम्बासी संघका इन्चार्ज प्रकाश राईले भेला सफलताकाे शुभकामना मन्तव्य राख्नुभएको थियो ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष तथा तथा नेकपा (माओवादी केन्द्र)का सचिव तथा कार्यक्रमका सभापति राजन तिमल्सिनाले महासंघको प्रतिवेदन पढेर सुनाउनुभएको थियो । उहाँले मन्तव्य समेत राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनको बारेमा भूमिका राख्नुभयो । यसै क्रममा बोल्दै तिमल्सिनाले ट्रेड युनियन आन्दोलनमा दलाल पुँजीपति वर्गको घुसपैठ भएको बताउनुभयो । नोपलको पर्यटन मजदुरको अवस्था गम्भीर भएको कुरा औंल्याउदै असंगठित क्षेत्रका मदुर अलपत्र भएको र सबै क्षेत्रका मजदुरलाई समेट्नु अहिलेको हाम्रो दायित्व भएको बताउनु भयो ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल र नेपाल प्रगतिशील ट्रेड युनियन महासंघबीच एकता राष्ट्रिय भेलाबाट राजन तिमिल्सिनाको अध्यक्षतामा ९९ जनाको केन्द्रिय कमिटी बनेको छ ।  निर्वाचित केन्द्रीयमा अध्यक्ष – राजन तिमल्सिना उपाध्यक्ष – नारायण देउला उपाध्यक्ष – रोशन राना उपाध्यक्ष – शारदा पौडेल उपाध्यक्ष – राम प्र. मैनाली उपाध्यक्ष – बब्लु ठाकुर उपाध्यक्ष – खगेन्द्र भण्डारी उपाध्यक्ष – चन्दा थापा, महासचिव – मेघ ब. खत्री, सचिव – कुमार राई सचिव – तिलक कार्की, सचिव – विक्रम खतिवडा सचिव – सिता पराजुली सचिव – भिम शर्मा पौडेल सचिव – रामहरी बुढाथोकी, कोषाध्यक्ष – मुक्तिनाथ चन्द सदस्यहरुमा सविन मोक्तान, सानु भाइ थापा, भरत उप्रेती, गोविन्द दाहाल, हिरा मण्डल, राकेस धमला, सिता बञ्जरा, विमला राई, सरिका सिलवाल, लक्ष्मी थामी, नरेश ब. वम, कल्पना बुढामगर, रामदत्त भट्ट, संजय गुरुङ ,गणेश नकाल, महादेव ठाकुर, विश्वराज राई ,सुरेन्द्र राई, विजय लामा, सूर्य लामा, रविन ठाकुर, सानुभाई दाहाल, सत्यम कु. यादव, नाग नारायण ठाकुर, मिलन श्रेष्ठ, राज क्षेत्री, अंकित तिवारी, मिलन श्रेष्ठ, सुशिल कार्की, रामसरण मगर, पेम्बा शेर्पा, सोम गुरुङ, वि.की. राई, धन कु. राई, अनिल मानन्धर र नथुमी पासवान लगाएतका कमरेडहरु निर्वािचत हुनुभयाे ।

 

कार्यक्रममा पेस भएकाे ३५ सूत्रीय समसामयिक प्रस्ताव पारित गरेकाे छ जुन निम्नानुशार छ :
१. श्रमिकहरुको पंञ्जिकरणको व्यवस्था गरी सबै प्रकृतिका श्रमिकहरुको तथ्याङ्क संकलन गर्न एकता राष्ट्रिय भेला जोडदार मागगर्दछ
२. संविधानको मौलिक हकमा हड्ताललाई श्रमिकहरुको मौलिक मानव आधिकारको रुपमा सूनिश्चित गर्न एकता राष्ट्रिय भेला जोडदार मागगर्दछ ।
३. ”सेज“ मा संचालन हुने उद्योगहरुमा ट्रेड यूनियन माथि लगाईएको प्रतिबन्ध खारेज गरी आई एल ओ अभिसंन्धी धारा नं. ८७ अनुमोदन गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
४.. अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग गठन गरी नीति निमार्ण तहमा श्रमिकहरुको समान प्रतिनिधित्वको ग्यारेण्टी गर्न एकता राष्ट्रिय भेला बिशेष माग गर्दछ ।
५. श्रमिकका छोरा छोरीलाई निशुल्क शिक्षा, स्वस्थ्य र रोजगारीको प्रवन्ध गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
६. राष्ट्रियरुपमा एउटै आधिकारीक ट्रेड यूनियनको निर्वाचन गर्ने व्यवस्था लागू गर्न दोश्रो राष्ट्रिय भेला विशेष आग्रह गर्दछ ।
७. एक ऐन बहु–नियमका आधारमा उद्योग, होटल, पर्यटन, कृषि, निमार्ण, नीजि सुरक्षा, यातायात, सेवा, स्वरोजगार, शिक्षा, स्वास्थ्य, गलैचा लगाएतका समग्र श्रमक्षेत्रलाई सम्बोधन गर्ने ऐन नियम तर्जुमा गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ
८. बहुर्राष्ट्रिय र वैदेशिक पूँजीलाई नियन्त्रण गरी राष्ट्रिय पूँजी र रुग्ण उद्योगको संरक्षण गर्न एकता राष्ट्रिय भेला बिशेष माग गर्दछ
९. नयाँ राष्ट्रिय श्रम तथा औद्योगिक नीति लागू गरी मर्यादित काम, सामाजिक कल्याण र श्रमशिक्षा लागू गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१०. श्रम लचकताको नाममा श्रमिकहरुका अधिकार कटौती गरी श्रमिक माथी लादेको ठेकेदारी प्रथा, दैनिक ज्यालादारी, पिसरेट र करार प्रथा खारेज गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ
११. नीजि क्षेत्रका श्रमिकलाई सरकारी कर्मचारी सरहको सेवासुविधा र तलवभत्ता लागू गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ
१२. श्रम कार्यलयको अनुपातमा श्रम अदालतको गठन गरी सर्वोच्च अदालतमा बिशेष श्रम इजालासको ब्यवस्था गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१३. श्रमिकमाथी भएको शोषण दमन बन्द गरी उनीहरुको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगरीको ग्यारेनटी गर्न एकता राष्ट्रिय भेला बिशेष माग गर्दछ ।
१४. श्रम मन्त्रालय अन्तर्गतका निकायमा भएको ढिलासुस्ती आर्थिक अनमियतता बन्द गरी २÷२ वर्षमा बढ्ने श्रमिकहरुको तलव भत्तामा शतप्रतिशत बृद्धि गन एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१५. उर्जाशिल युवा जनशक्ति बिदेश पलायनता रोकी वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको शोषण र ठगि बन्द गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१६. श्रमिकहरुलाई सहुलियत कार्डको व्यवस्था गर्दौ वेरोजगार भत्ता र पेन्सन सहितको सामाजिक सुरक्षा लागू गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१७. बन्द उद्योगधन्दा सञ्चालन गर्ने राष्ट्रिय नीति तर्जुमा गर्दै गैरनेपाली तथा आप्रवाशी श्रमिक सम्वन्धि राष्ट्रिय नीति तर्जुमा गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१८. सबै खाले असमानता र भेदभावको अन्त्य गरी समान काममा समान वेतन लागू गरी कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा रोक्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
१९. बहु–प्राविधिक श्रम शिक्षालयको स्थापना गरी श्रमिकहरुलाई निःशुल्क प्रविधिक शिक्षा र तालिमको व्यवस्था गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२०. मौसमी कामदार तथा उखु उत्पादक कृषि श्रमिकको लागि उपयुक्त नीति तर्जुमा गरी श्रमिकहरुको खाध्य संप्रभूताको अधिकार सूनिश्चित गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ
२१. श्रमिकहरुले तिरेको रेमिटेन्स श्रमिकहरुकै हितमा प्रयोग गर्दै हरेक बर्ष गैरकानूनी रुपमा बाहिरिएकको रेमिटेन्सलाई कानूनी दाएरामा ल्याउन एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२२. सामाजिक सुरक्षाकर वापत उठेको रकम श्रमिकको हितमा तत्काल लगानी गर्न ७ वटै प्रदेशमा १÷१ वटा श्रमिक अस्पताल खोल्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२३. सुकुम्वासी श्रमिकहरुलाई आवास सहतिको रोजगारीको ग्यारेण्टी गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२४. वालश्रम वधुवाश्रम उल्मूलन गरी उनीहरुको शिक्षा, स्वास्थ्य र आवासको ग्यरेन्टी गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२५. महिला तथा पुरुष श्रमिकहरुलाई प्रशुती विदाको ब्यवस्था, हरेक प्रतिष्ठानमा शिशु सह्यारकेन्द्रको र प्राथमिक उपचार केन्द्रको ब्यवस्था गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ
२६. हरेक उद्योग प्रतिष्ठानामा लैङ्गिकमैत्री वातावरण सिर्जना गरी महिलाहरुलाई रोजगारीको ब्यवस्था गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२७. हरेक श्रमिकको बैकखातामा तलव जम्मा गर्न र संचयकोष, सामाजिक सुरक्षा कर उनीहरुकै नाममा सम्वन्धित खातामा जम्मा गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२८. आर्थिक चलखेलको आधारमा सभासद भई श्रमिक विरोधी संविधान र ऐन कानून निर्माण गर्ने सहयोग पू¥याउने उद्योगी, ब्यवसायी सभासदको सांसदको हैसियत खारेज गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२९. स्थानीय युवाहरुलाई रोजगारीको ग्यारेण्टी दिर्दै श्रम ईजाजतबिनै कार्यरत गैरनेपाली श्रमिकहरुलाई कानूनी दायरामा ल्याउन एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३०. नीजि सुरक्षा श्रमिकको सामाजिक सुरक्षा, स्थायी, संचयकोष, उपदान र ऐन बमोजिमको पारिश्रमिक उपलब्ध गराउन एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३१. अस्थायी वा मौसमी प्रकृतीको श्रमिकहरुको थप सेवा सुविधाको प्रवन्ध गर्दै हरेक श्रमिकहरुको वीमा स्म्बन्धि ब्यवस्था गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३२. अनौपचारीक क्षेत्रमा कार्यरत प्रविधिक श्रमिकहरुको उचीत पारिश्रमिक र सेवा सुविधा निर्धारण गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३३. पर्यटन श्रमिकहरुको समस्या पहिचान गरी उनीहरुको हकहित र अधिकारको सूनिश्चितता गर्न एकता राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३४. अन्तर्राट्रिय मजदूर आन्दोलनमा भएका हालैको भरतीय ट्रेड युनियन र फ्रान्सेली मजदूरले गरेको आन्दोलनप्रति एकता राष्ट्रिय भेल ऐक्उवद्धता र सर्मथन गर्दछ ।
२५. महिला तथा पुरुष श्रमिकहरुलाई प्रशुती विदाको ब्यवस्था, हरेक प्रतिष्ठानमा शिशु सह्यारकेन्द्रको र प्राथमिक उपचार केन्द्रको ब्यवस्था गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ
२६. हरेक उद्योग प्रतिष्ठानामा लैङ्गिकमैत्री वातावरण सिर्जना गरी महिलाहरुलाई रोजगारीको ब्यवस्था गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२७. हरेक श्रमिकको बैकखातामा तलव जम्मा गर्न र संचयकोष, सामाजिक सुरक्षा कर उनीहरुकै नाममा सम्वन्धित खातामा जम्मा गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२८. आर्थिक चलखेलको आधारमा सभासद भई श्रमिक विरोधी संविधान र ऐन कानून निर्माण गर्ने सहयोग पू¥याउने उद्योगी, ब्यवसायी सभासदको सांसदको हैसियत खारेज गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
२९. स्थानीय युवाहरुलाई रोजगारीको ग्यारेण्टी दिर्दै श्रम ईजाजतबिनै कार्यरत गैरनेपाली श्रमिकहरुलाई कानूनी दायरामा ल्याउन दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३०. नीजि सुरक्षा श्रमिकको सामाजिक सुरक्षा, स्थायी, संचयकोष, उपदान र ऐन बमोजिमको पारिश्रमिक उपलब्ध गराउन दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३१. अस्थायी वा मौसमी प्रकृतीको श्रमिकहरुको थप सेवा सुविधाको प्रवन्ध गर्दै हरेक श्रमिकहरुको वीमा स्म्बन्धि ब्यवस्था गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३२. अनौपचारीक क्षेत्रमा कार्यरत प्रविधिक श्रमिकहरुको उचीत पारिश्रमिक र सेवा सुविधा निर्धारण गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३३. पर्यटन श्रमिकहरुको समस्या पहिचान गरी उनीहरुको हकहित र अधिकारको सूनिश्चितता गर्न दोश्रो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।
३४. अन्तर्राट्रिय मजदूर आन्दोलनमा भएका हालैको भरतीय ट्रेड युनियन र फ्रान्सेली मजदूरले गरेको आन्दोलनप्रति एकता राष्ट्रिय भेल ऐक्उवद्धता र सर्मथन गर्दछ ।
३५ हालै अमेरिकी साम्रज्यवादले भेनेज्युएलामाथि गरेको नाङ्गो हस्तक्षेपको घोर बिरोध गर्दै भनेज्युएली जनताले सार्वभौमिकताको रक्षाको लागि गरेको आन्दोलनप्रति यो राष्ट्रिय भेला ऐक्यवद्धता जाहेर गर्दछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्