भारतमा ६ दिनदेखी सत्याग्रहमा रहेका ८१ वर्षीय अन्ना हजारेको सत्याग्रहलाई डा. गोविन्द केसीले समर्थन गरेका छन् । भ्रष्टचारको विरोधमा ‘जन आन्दोलन सत्याग्रह’ गरिरहेका अन्नालाई सोमबार पत्र लेख्दै गोविन्द केसीले ऐक्यबद्धता जनाएका हुन् ।
पत्रमा भनिएको छ, ‘तपाईले थालेको सत्याग्रहले विश्वभरका लाखौं मानिसलाई भ्रष्टचारको विरुद्धमा उभिने साहस दिएको छ । भ्रष्टचारले नै सरकारको सुशासनलाई अवरोध गर्ने र आसेपासे पुजीँवादलाई बढावा दिएकाे छ ।’ देशको बेथीति र भ्रष्टचारको विरोधमा आफूपनि ७ वर्षअघिदेखी सत्याग्रह गर्दै आएको केसीले अन्नालाई लेखेको चिठीमा उल्लेख छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
