सभासद खम्बु कृषि क्रान्तिमा

-संजिव थापा
राज्यले समृद्धि नेपालको घोषणा गरेता पनि सबै जनताहरुलाई व्यवस्थित गर्ने कार्ययोजना ल्याउनमा केही ढिला गरिरहेको छ । जसमा नेपाली जनताहरु पनि राज्यले कहिले समृद्धिको कार्ययोजना ल्याउँला भनेर पर्खि बसिरहेका छन् । तर कुरो त्यसो होइन राज्य समृद्धि हुनको लागी आफ्नो सिप र क्षमताको भरपुर प्रयोग गर्दै आफ्नो समयलाई चलायमान गर्दै स्वरोजगार हुनु तथा क्षणिक समयमा पनि आफ्नो सिप तथा क्षमताको विकास गर्दै, सिपलाई प्रयोजनमा ल्याउँदै राज्यलाई सहयोग गर्नु नै समृद्धिको बाटो हो ।
नेपाल कृषि प्रधान देश भएका हुनाले, नेपालीहरुले कृषि क्रान्तिलाई नै अगाडी बढाउन जरुरी छ । यसै सिलसिलामा २०६३ सालको अन्तरिम विद्यायिका तथा २०६४ सालको संविधानसभा प्रत्यक्ष तर्फ उदयपुर जिल्लाबाट निर्वाचित सभासद मणी खम्बु कृषि क्रान्तिमा होमिएका छन् । कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम उदयपुरको संचालक समितिको संयोजकमा सभासद मणी खम्बु सर्वसहती मार्फत चयन भएकी छिन् । नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जिल्ला जिल्लामा संचालन हुने गर्दछ ।
उदयपुर जिल्लामा हालसम्म संचालन भएको १०३ कृषि सहकारी संचालकहरुको आईतवार सम्पन्न भएको भेलाले सहसंयोजकमा केशक कुमार कार्की, सचिवमा सिदान्त राई, उपसचिवमा भरत कार्की, सदस्यहरुमा शुक्र बहादुर राई, गिता थापा, चक्र बहादुर कार्की, सरिता राई र बबिता राई रहेका छन् । उक्त भेलाले सल्लाहकार समितिको संयोजकमा खड्ग बहादुर परियार तथा अन्य सल्लाहकारहरुमा गंगा राई, सरोजकान्त अधिकारी, दिपक अधिकारी र राजकुमार खड्का रहेका छन् ।
नेपालको प्राकृतिक भूमी र स्रोत साधनले नै कृषिको सुधार विकासले राज्यलाई समृद्धतर्फ लैजान सकिन्छ । यसकारण यस समितिले आगामी कार्याकालको समयसीमा भित्रमा पुर्णरुपमा परिबर्तन गर्न नसके पनि कृषिमा सकारात्मक रुपमा परिबर्तन गर्नको लागी शुरुवात होस, उदयपुरे जनताहरुले मात्र होइन छिमेकी जिल्लाहरुले पनि यसलाई अनुकरणको लागी कोषेढुंगाको रुपमा लिन सावित होस समितिलाई हार्दिक शुभकामना छ ।