Logo

नेपालको सानदार जित, युएई पराजित !


एउटा रोमाञ्चक क्रिकेट खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले जितेको छ।

नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउन आएको युएई ९० रनमा सीमित भएपछि नेपालले पहिलो पटक ऐेतिहासिक टी-२० प्रतियोगितामाथि पनि कब्जा जमाएको हो।

योसँगै नेपालको युएई भ्रमण शतप्रतिशत सफल बनेको छ।

यसअघि खेलिएको तीन एकदिवसीय शृङ्खला पनि नेपालले २-१ ले नै जितेको थियो।

आइतवार दुबईमा दुई घण्टा पानी परेपछि विथोलिएको खेल ढिलो शुरू भएको थियो र खेल १० ओभरमा घटाइएको थियो।

पुनरागमन

एक समय हारको सङ्घारमा पुगिसकेको नेपाल आठौँ ओभरमा करण केसीको बलमा ज्ञानेन्द्र मल्लले मैदानमा जमिरहेका युएईका शैमन अनवरलाई आउट भएपछि खेल एकाएक नेपालको पक्षमा धल्किएको थियो।

त्यतिबेला ७२ रनको बलियो स्थितिमा रहेको थियो र साइमन अनवर ३० रन बनाएर टोलीलाई जिताउने धुनमा देखिन्थे।

जमिरहेका अनवरको ज्ञानेन्द्रले लिएको उक्त क्याच प्रतियोगिताको उत्कृष्ट क्याचमध्येको एक मानिएको छ।

त्यसपछि विपक्षीलाई धरासायी बनाउने काम ललित नारायण राजवंशी र अभिनाश बोहोराले गरे।

बोहोराले नवौँ ओभरमा मोहम्मद बुटालाई आउट गरे। अन्तिम ओभरमा राजवंशीले रिजवान र हायातलाई दुई बलको अन्तरमा आउट गरेपछि टोली ९० रनमा रोकिन पुगेको थियो।

Image captionनेपाली समर्थकहरु

नेपालका लागि राजवंशी , करण केसी र बोहोराले २ / २ विकेट लिएका हुन्।

धरमर

दुबईस्थित आइसीसी एकेडेमी ओभलमा आइतवार वर्षाले प्रभावित खेलमा नेपाली ब्याट्सम्यानहरू भने सम्हालिन सकेका थिएनन्।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ओसिलो पिचमा शुरूदेखि नै धरमराउन पुगेको देखिएको थियो।

त्यस्तो मौसमको फाइदा आयोजक टोलीका बलरहरुले भरपुर उठाउन सकेको देखियो।

नेपाली खेलाडीहरू भिजेको मैदानमा एकपछि अर्को गर्दे आउट हुन पुगेको थियो।

Image captionकप्तान पारस खड्का टोली ट्रफीका साथ।

प्रारम्भिक ब्याट्सम्यानका रुपमा अर्को प्रयोग गरिएका खेलाडी पवन सर्राफ ४ बलमा एक रन पनि जोड्न नसकी आउट भएपछि नेपालको विकेट पतन शुरू भएको थियो।

त्यो क्रम अन्तिम ओभरसम्म जारी नै रह्यो। कप्तान पारस खड्काले २९ रनमा आउट हुंदा ५४ रनको अवस्थामा ४ विकेट गुमिसकेको थियो।

तर युवा खेलाडी सन्दीप जोराले ११ बलमा ३ छक्काको मदतले प्रभावशाली २८ जोडे।

भेट्रान विनोद भण्डारीले २१ रन जोडेर खेललाई सम्हाल्ने प्रयास गरे। उनले २ चौका र एक छक्का हान्न भ्याएका थिए।

अन्तिम ओभरमा ठूलो शट् खेल्ने चक्करमा लगातार तीन खेलाडी आउट हुन पुगेको थियो। जसले टोलीको स्कोर १०४ मा समेटियो।

बलिङतर्फ युएईका मोहम्मद नाबिद र आमीर हायातले २/२ विकेट लिएका थिए।

कीर्तिमान

यो जितसँगै नेपालले युएई भ्रमणबाट थु्प्रै सफलता हात पारेको छ।

टोलीले पहिलो पटक एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला दुवै जित्न सक्यो।

पारस खड्काले पहिलो एकदिवसीय शतक प्रहार गरे।

रोहित पौडेल एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी बने भने २० ओभरमा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान सन्दीप जोराको नाममा रह्यो।

एकदिसीय शृङ्खला खेलेसँगै नेपाल एकदिवसीय वरीयतामा पनि समावेश भएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्