Logo

गायिका सुनुवारले ल्याइन तामाङसेलो


-मान्सुङ चाम्लिङ

युवा गायिका पुजा सुनुवार नेपाली साँगितिक यात्रामा स्थापित हुँदै नेपाली विविध भाषामा गायिकाको रुपमा समेत उत्तिकै रुपमा स्थापित हुँदै आएकी छिन । केही महिना अगाडी मात्र सुनुवार भाषा लगायतको भाषाहरुमा आफ्नो सांगितिक कोशेली पस्किएका सुनुवार, तामाङ भाषामा समेत आफ्नो कला र गला प्रस्तुत गरेकी छिन् ।

मानव जीवनमा पहिचान भनेको नै कला, संस्कृति, भुमी, भाषा, धर्म आदि हुन् । जबसम्म आफ्नो मातृ भाषामा आफ्नो संस्कृतिहरुको बारेमा साँगितिक माध्यमबाट, लिखित माध्यमबाट समूदायहरु सम्म लगिन्न अथवा जबसम्म यिनीहरुलाई डकुमेन्टेशन गरिन्न, तबसम्म हामी हाम्रो पहिचान, संस्कृति, भाषा लोपहुने खतरा रहिरहन्छ ।

यसकारण सुनुवारले आफ्नो मातृभाषामा मात्र होइन, अन्य समूदायहरुको समेत भाषामा गित पस्किएकी हुनाले उहाँ धन्यवादको पात्र मात्र होइन, गौरवमय इतिहास रच्ने कलाकारको रुपमा स्थापित हुँदैछिन् । यसरी नै थप अन्य भाषाहरुमा समेत साँगितिक कोशलीहरु पस्किरहन सफल रहुन शुभकामना छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्