Logo

सुर्खेतमा नेकपा (माओवादी केन्द्र)को पार्टी भेला सहित जनसभा


सुर्खेत-नेकपा (माओवादी केन्द्र)ले देशब्यापी संगठन बिस्तार गर्ने क्रममा कर्णाली प्रदेशको राजधानि सुर्खेतमा बुधबार पार्टी भेला सहित जनसभा अभियान उद्द्घाटन कार्यक्रम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) लाई गोपाल किरातीले पुन: सक्रीय बनाएर नेतृत्व गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, विकास र प्रयोगमा जोड दिँदै पार्टी अघि बढिरहेको छन । यस क्रममा कम्युनिष्ट आन्दोलन भित्रका दक्षिण, मध्ये र वाम विचलनका विरुद्ध पार्टी निरन्तर संघर्ष गर्ने कुरा नेता कृष्ण बोहराले बताए ।

आजै भएको जनसभा अभियान लाई नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले भेला उद्दघाटन गरेको थियो । पार्टीको निर्णय क्रियान्वयन गर्न राष्ट्रिय मोर्चा संगठनहरु, जनवर्गीय संगठनहरु, विभागहरु र मातहतका निकायहरुलाई नियमित निर्देशन र समन्वय गन भुमिका खेल्ने महासचिव कर्णजीत बुढाथोकीले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को यस भेला कार्यक्रम विहिबारसम्म सुर्खेतमा जारी रहने भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्