मेराे जीवनी- धर्मेन्द्र नेम्बाङ
– धर्मेन्द्र नेम्बाङ
एकचाेटि नित्से पक्रिहेरेँ, छाडेँ
एकचाेटि मार्क्स पक्रिहेरेँ, छाडेँ
एकचाेटि फ्रायड पक्रिहेरेँ, छाडेँ
एकचाेटि गान्धि पक्रिहेरेँ, छाडेँ
एकचाेटि बुद्ध पक्रिहेरेँ, छाडेँ
अहिले छु म एक्लै
अाफ्नाे जीवनकाे गुरु अाफैं भएकाे छु
सबै गुरुहरुलाई छाडि सकेँ
म छु फुक्काफाल
फुक्काफालकाे गजबहरु पनि छ
जस्ताे उनीहरुकाे गफ पिटिरहनु छैन
जस्ताे उनीहरुकाे प्रचारप्रचार गरिरहनु छैन
जस्ताे उनीहरुकाे भनाइ साभार गरिरहनु छैन
जस्ताे दिमागभरि उनीहरुकाे भारी बाेकिरहनु छैन
जस्ताे साँझबिहान उनीहरुलाई ढाेगिरहनु छैन
अाहा! क्या गज्जब !
म भएँ एक फुक्काफाल
मानौं कि तिनीहरुलाई पक्रिरहेकाे भए
म यहाँ पुग्दिन थिएँ
यहाँ भनेकाे उत्तरअाैपनिवेशिकतामा
म हुन्थेँ उपनिवेशवादकाे एक भरपर्दाे प्रवक्ता
विचारकाे कैदी ।
साहित्यकार राजन मुकारुङको फेसबुका वालबाट लिएको ।