किरात राई मुन्दुमको दर्शनशास्त्रीय विश्लेषण
-डा. भक्त राई
विषय प्रवेश
मुन्दुम अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तासम्म अनवरत रूपमा हस्तान्तरण हुँदै आएको मौखिक ज्ञान भण्डार हो । वस्तुतः किरात राईहरूको जीवनपद्धति तथा समग्र चिन्तन–मनन् मुन्दुमद्वारा निर्देशित हुने गर्दछ, किनभने मुन्दुम भनेको प्राचीन किराती पुर्खाहरूले देखेर, सुनेर, भोगेर प्राप्त गरेको अनुभवजन्य ज्ञानभण्डार हो । कुन कार्य गर्न हुने, कुन कार्य गर्न नहुने, कुन वस्तु खान हुने, कुन वस्तु खान नहुने, किन गर्ने, किन नगर्ने, कसरी गर्ने, कहिले गर्ने, कुन राम्रो, कुन नराम्रो जस्ता जीवन भोगाइका क्रममा प्राप्त अनुभव र अनुभूतिजन्य ज्ञान भण्डार नै वास्तवमा मुन्दुम हो । यी अनुभवजन्य ज्ञानहरू धामी–झाँक्री, बुढापाका, पितापुर्खा, कथावाचक, गायक आदि जानकार अघिल्लोपुस्तामार्फत पछिल्लो पुस्तासम्म गीतको ९रिसिया होप्माछाम आदि० माध्यमबाट, कथाको माध्यमबाट, मिथकको माध्यमबाट, पितृपूजन–प्रकृतिपूजनको माध्यमबाट तथा धार्मिक, साँस्कृतिक अनुष्ठानहरूमार्फत हस्तान्तरण हुँदै आएको छ । मुन्दुम किरात राई जातिको जीवन दर्शन पनि हो । मुन्दुमभित्र किरात राईहरूको विचार, अनुभव र अनुभूतिका आधारमा सिर्जित वा निर्मित दर्शन, चिन्तन समेत प्राप्त गर्न सकिन्छ । त्यसैले मुन्दुम किरातीहरूको दर्शनको स्रोत हो । किरात राई जातिको दार्शनिक आधार मुन्दुम हो ।
दर्शन भनेको संसारका कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने आन्तरिक दृष्टिकोण हो । दर्शन मानिसको चिन्तन, मनन अनुभव र अनुभूतिको आधारमा बनेको भित्री विचार हो । वास्तवमा दर्शन मानिसको जीवन र जगत्सम्बन्धीको आन्तरिक हेराइ वा विश्व दृष्टिकोण पनि हो । मानिस जुन परिवेश र पर्यावरणमा बाँचेका हुन्छ त्यही अनुभव र अनुभूतिका आधारमा उसले विश्वदृष्टिकोण तयार पार्दछ र सोही अनुरूपको दर्शन निर्माण गर्दछ । यसरी हेर्दा के देखिन्छ भने मानिसले आपूmले जीवकोपार्जन गर्ने क्रममा आफ्ना व्यवहार, भोगाइ, अध्ययन तथा चिन्तनका आधारमा बनाइएको जीवन र जगत्सम्बन्धीको हेराइ र बुझाइ नै दर्शन हो ।
बाँच्ने क्रममा मानिस अनेकौं प्रकारका सुख र दुःखहरूको सामना गर्न पुग्दछ । उसले जीवनमा अनेकौं प्रकारका अनुभव र अनुभूतिहरू जीवनमा प्राप्त गर्दछ । बाँच्ने क्रममा, जीवन भोगाइका क्रममा अनेकौं प्रकारको क्रियाकलापहरूमा संलग्न हुन पुग्दछ । यसरी जीवन भोगाइका क्रममा मानिसले अनेक तरहका धारणाहरू तयार पार्ने गर्दछ । वास्तवमा भन्ने हो भने मानिसको यही अवधारणागत दृष्टिकोण नै दर्शन हो । मान्छेले आफ्नो जीवनको अनुकूल, जीवनको सापेक्षतामा जीवन र जगत्लाई हेनेर्, बुझ्ने र सोच्ने गर्दछ । उसको यही जीवन र जगत्प्रतिको हेराइ बुझाइ वा दृष्टिकोण नै उसको दर्शन हो । बाहिरी नाङ्गो आँखाले हेर्नु नभई मानिसको अन्तरात्माले कुनै पनि वस्तु वा विषयलाई देख्नु वा हेर्नु नै दर्शन हो । त्यसैले दर्शन विश्व दृष्टिकोण हो, मानिसले आफ्नो अनुभव र अनुभूतिका आधारमा तयार पारेको भित्री विचार हो ।
किरात राई मुन्दुमको तत्त्व मीमांसा
दर्शनशास्त्रमा कुनै पनि दर्शनको मुख्य रूपमा तीन प्रकारको मीमांसीय अध्ययन गरिन्छ । अथवा कुनै पनि दर्शनको तीन प्रकारका विश्लेषणात्मक आधार हुन्छन् । ती हुन् – ९१० तत्त्व मीमांसा, ९२० आचार मीमांसा र ९३० प्रमाण मीमांसा । पछिल्लो चरणमा ज्ञान मीमांसा, सौन्दर्य मीमांसाको समेत व्याख्या विश्लेषण हुन थालेको देखिन्छ । मीमांसाको अर्थ पूजित ज्ञान वा आप्त ज्ञान भन्ने हो तर दर्शनशास्त्रमा मीमांसाको अर्थ विवेचना वा विश्लेषण भन्ने लाग्दछ । तत्त्व मीमांसा भनेको यो चराचर जगत्को विषयमा अर्थात् जीवन जगत्को समग्र पक्षको विशेषत ः तत्त्वको बारेमा गरिएको विवेचना हो । कुन दर्शनले जीवन र जगत्का बारेमा के–कस्तो व्याख्या, विश्लेषण गरेको छ त्यो विषय तत्त्व मीमांसा अन्तर्गत पर्दछन् । त्यसरी नै आचार मीमांसा अन्तर्गत जीवन पद्धति वा जीविकोपार्जन सम्बन्धी नैतिक विषयहरू पर्दछन् । मान्छेले के गर्नु हुन्छ, के गर्नु हुँदैन, किन गर्ने, किन नगर्ने, कसरी गर्ने, कोद्वारा कहिले गर्ने, कहाँ गर्ने, कति गर्ने रु जस्ता जीवनमा गर्नुपर्ने आचार विचारको बारेमा व्याख्या विश्लेषण गर्ने कार्य आचार मीमांसा अन्तर्गत पर्दछन् । अर्को विषय हो प्रमाण मीमांसा । प्रमाण भनेको कुनै पनि विषय वा वस्तुको सही ज्ञान वा वास्तविक ज्ञान पत्ता लगाउने साधन हो । दर्शनशास्त्रमा प्रमाणलाई मुख्य चार प्रकारको मानिएको छ । पहिलो प्रमाण हो प्रत्यक्ष प्रमाण । प्रत्यक्ष प्रमाण भनेको प्रत्यक्ष ज्ञान हो । यसमा कुनै प्रकारको भ्रम वा अनिश्चय हुँदैन । प्रत्यक्ष इन्द्रिय र वस्तुको सम्पर्कबाट प्राप्त ज्ञान नै प्रत्यक्ष प्रमाण हो । प्रत्यक्ष ज्ञान लौकिक र अलौकिक गरी दुई प्रकारको मानिन्छ । अर्को प्रमाण हो अनुमान । अनुमान भनेको पूर्वज्ञानको आधारमा प्राप्त गरिएको ज्ञान हो । जस्तैः जंगलमा धुवाँ आएको देखेर त्यहाँ आगो लागेको अनुमान गर्नु, मातेर लड्दै हिँडेको मान्छे देखेर उसले रक्सी पिएको अनुमान गर्नु आदि । यसै गरी अर्को प्रमाण हो – उपमान । संज्ञा ज्ञान अर्थात् कुनै पनि वस्तुको नाम लिँदा त्यस्तै अर्को वस्तुको बारेमा जानकारी हुनु भनेको उपमान प्रमाण हो । यसमा पनि पूर्व ज्ञानको आधारमा नै ज्ञान प्राप्त गर्न सकिन्छ । यसलाई सादृश्य ज्ञान पनि भनिन्छ । जस्तैः घरपालुवा जनावर कुकुरलाई देखाएर जंगलमा स्याल यस्तै हुन्छ भन्नु, यसै गरी घरपालुवा सुँगुर देखाएर जंगली बनेल यस्तै हुन्छ भन्नु । अर्को अन्तिम प्रमाण हो – शब्द प्रमाण । शब्द प्रमाण भनेको लेखेर वा बोलेर शब्दद्वारा प्राप्त गरिने ज्ञान हो । तर दर्शन शास्त्रमा जुनसुकै शब्दलाई प्रमाणको रूपमा मानिँदैन । केवल आप्त वचन वा विशिष्ट व्यक्तिको शब्दलाई मात्र शब्द प्रमाणको रूपमा लिने गरिन्छ ।
दर्शनशास्त्रमा मूलतः दुईवटा पक्ष, चेतना र पदार्थ सम्बन्धी वहस प्राचीन समयदेखि वर्तमानसम्म चल्दै आएको छ । चेतना र पदार्थमध्ये कुन तत्त्व पहिलो हो अर्थात् पदार्थबाट चेतनाको विकास भयो कि चेतनाबाट पदार्थको विकास भयो रु दर्शनशास्त्रमा मूल प्रश्न यही रहेको छ ।
पूर्वीय होस् वा पाश्चात्य दर्शनको क्षेत्रमा कुनै दर्शनले तत्त्व मीमांसालाई बढी जोड दिने गर्दछ भने कुनै दर्शनले आचार मीमांसामा बढी जोड दिने गर्दछ । यसै गरी कुनै दर्शनले प्रमाण मीमांसालाई बढी जोड दिएको हुन्छ । पूर्वीय दर्शनहरू मध्ये वेदान्तले तत्त्व मीमांसा सम्बन्धी के धारणा व्यक्त गरेका छन् भने ब्रह्म नै सम्पूर्ण सृष्टिको आधार हो । बृहदारण्यक उपनिषदले पूर्ण ब्रह्मबाटै पूर्ण जगतको निर्माण भएको हो भनी बताएको पाइन्छ । यसै भनाइमा सहमति जनाउँदै मुण्डकोपनिषदमा के भनिएको छ भने – जसरी माकुराले आपैmँबाट आफ्नो जालो निकाल्दछ, जसरी शरीरबाट रौंहरू उम्रन्छ त्यसरी नै ब्रह्मबाटै सम्पूर्ण वस्तुहरू प्रादुर्भाव हुन्छन् र ब्रह्ममै विलाउँदछन् । यसरी नै साङ्ख्य दर्शनको तत्त्व मीमांसीय दृष्टिकोण मूल भौतिक तत्त्व प्रकृति हो भन्ने देखिन्छ । साङ्ख्य अनुसार संसारको प्रत्येक वस्तु सŒव, तम र रज गुण मिलेर बनेको हुन्छ । साङ्ख्य अनुसार सृष्टिको मूल कारण प्रकृति र प्रकृतिबाटै सम्पूर्ण जगतको उत्पत्ति हुन्छ । साङ्ख्य अनुसार तीन गुण सव, तम र रजको साम्यवस्था नै प्रकृति हो र जव यिनीहरूबिच सन्तुलन भङ्ग हुन्छ तव प्रकृतिमा बिचलन भई सिर्जनाको प्रक्रिया शुरु हुन्छ ।
यसरी नै वैशेषिक दर्शनको मूलभूत उद्देश्य नै पदार्थ निरूपण र परमाण्ॉवादको स्थापना हो । पदार्थु को अर्थ नामको आधारमा जान्न सकिने वस्तुहरू भन्ने हो । वास्तवमा वैशेषिक दर्शनको विकास पदार्थ विज्ञानको व्याख्या र विश्लेषणको क्रममा भएको हो । त्यसैले आधुनिक परमाण्ॉ विज्ञानको सैद्धान्तिक अवधारणा महर्षि कणादले नै प्रस्तुत गरेका छन् भन्न सकिन्छ । उनले सम्पूर्ण भौतिक जगतको सृष्टिको आधार परमाण्ॉ संरचनाबाट भएको हो भन्ने अवधारणा प्रस्तुत गरेका छन् । यसै गरी चार्वाक दर्शनले यो चराचर जगत् चारवटा भौतिक तत्वहरू ९भूत–चतुष्ट्य० बाट बनेको हो भन्ने ठान्दछ । चारवटा पदार्थहरू पृथ्वी, जल, अग्नि र वायुबाट यो संसारको उत्पत्ति भएको मान्दछ । चार्वाक दर्शनले पदार्थलाई गतिशील ठान्दछ र पृथ्वी, जल, तेल र वायु चार तत्त्वको स्वाभाविक विभदेकै कारण परस्पर गति पैदा हुन्छ र त्यही गतिकै संयोग वियोगबाट चेतनातत्त्व पादुर्भाव हुन्छ । यसरी हेर्दा के देखिन्छ भने चार्वाक दर्शनले संसारमा भौतिक तत्त्व पहिले उत्पत्ति भएको र त्यसबाटै चेतना तत्त्वको प्रादुर्भाव हुन्छ भनी भौतिकवादी चिन्तनलाई अङ्गीकार गरेको छ । यसै गरी तत्व मीमांसाको हिसावले हेर्दा न्याय दर्शनले यो जगत्को निर्माण पृथ्वी, जल, वायु, आकाश र अग्नि अर्थात् पञ्च महाभूतबाट भएको ठान्दछ । न्याय दर्शन अनुसार यो संसारको उत्पत्ति पञ्च तत्त्वहरूबाट भएको र पञ्च तत्त्व अण्ॉहरूबाट निर्माण भएको हो । अण्ॉहरू अपरिवर्तनशील छन् । शरीर पनि पञ्चतत्त्वबाटै बनेको हो ।
यसरी नै जैन दर्शनले इन्द्रिय, कषाय, पञ्चव्रत, मन, वाणी र शरीर आस्रव तत्त्वका आधार रूप मान्दछ । यिनै तत्त्वहरूको सम्मिलनबाटै संसारको निर्माण भएको हो भन्ने विचार जैनीहरूको देखिन्छ । मीमांसा दर्शनले कर्मलाई अतिशय महत्त्व प्रदान गर्दछ । यसले कर्म नै सृष्टिको आधार मान्दछ । कर्मको मूल आधार द्रव्य अथवा पदार्थलाई मान्ने मीमांसा दर्शनले अविनाशी पदार्थहरूबाट जगत्को उत्पत्ति भएको ठान्दछ । मीमांसा दर्शनले कुनै पनि परिणामको निश्चित कारण ठान्दछ । मीमांसाले हरेक वस्तुमा अन्तर्निहित शक्तिबाट नै कतै न कतै परिणाम वा प्रभाव जन्माउँदछ, त्यसैले यो जगतको सृष्टि ईश्वरबाट नभै पदार्थमा अन्तर्निहित शक्तिको कारण भएको हो भन्ने मान्यता राख्दछ ।
तत्त्व मीमांसाको हिसावले वौद्ध दर्शन मौन देखिन्छ यद्यपि वौद्ध दर्शनले जुन वस्तुको अस्तित्त्व छ त्यो अस्तित्त्व शाश्वत् र नित्य हुँदैन । हरेक वस्तुको अस्तित्त्व चिरस्थायी रहँदैन हरेक क्षण परिवर्तन भइरहेको हुन्छ भन्ने चिन्तन राखेको देखिन्छ । यसरी नै योग दर्शनले साङ्ख्य दर्शनले अङ्गीकार गरेको पच्चीस तत्त्वलाई स्वीकार्दै थप एउटा तत्त्व ुईश्वरु लाई थप गरेको छ । त्यसैले तत्त्व मीमांसाको हिसावले साङ्ख्य दर्शन भन्दा बढी यस दर्शनले बोलेको छैन । वस्तुत योग दर्शन आचार मीमांसीय दर्शन हो ।
यसै गरी न्याय, वैशेषिक, साङ्ख्य दर्शन आदिले प्रमाण मीमांसालाई बढी जोड दिएका छन् । किरात राई जातिको मुन्दुमी दर्शनले पनि विशेषतः तत्त्व मीमांसामा बढी जोड दिएका छन् । आचार मीमांसा अन्तर्गत त्यस्तो कुनै कडा नियम वा कठिन जीवन पद्धतिको निर्देशन मुन्दुममा भेटिँदैन । यसरी नै प्रमाण मीमांसाको रूपमा मुन्धुमी ज्ञानयुक्त शब्दहरू नै यस दर्शनको एक मात्र प्रमाण हो । बिजुवा, धामी–झाँक्रीहरूले मौखिक परम्परामा एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण गर्दै आएको बोली वा शब्द प्रमाणलाई मुन्दुमी दर्शनले अङ्गीकार गर्दछ । किराती मुन्दुमले बढी जोड दिएको विषय भनेको तत्त्व मीमांसा नै हो ।
दर्शनशास्त्रमा मूलतः दुईवटा पक्ष, चेतना र पदार्थ सम्बन्धी वहस प्राचीन समयदेखि वर्तमानसम्म चल्दै आएको छ । चेतना र पदार्थमध्ये कुन तत्त्व पहिलो हो अर्थात् पदार्थबाट चेतनाको विकास भयो कि चेतनाबाट पदार्थको विकास भयो रु दर्शनशास्त्रमा मूल प्रश्न यही रहेको छ । अध्यात्मवादले चेतना पहिलो र चेतनाबाटै पदार्थको निर्माण भएको हो भन्ने मान्यता राख्दछ भने भौतिकवादले पदार्थको सृष्टि पहिले भएको र पदार्थबाट चेतनाको विकास भएको हो भन्ने विश्वास गर्दछ । यसरी नै भौतिकवादले प्रकृति वा जीवन र जगत्का रहस्यहरू बोधगम्य छन् अर्थात् यिनीहरूलाई बुझ्न सकिन्छ भन्ने ठान्दछ भने अध्यात्मवादले यी कुरालाई ठाडै अस्वीकार गर्दछ । अध्यात्मवादले प्राकृतिक रहस्यहरू तथा यो जीवन र जगत्लाई मानिसको ज्ञानभन्दा बाहिर अर्थात् रहस्यकै रूपमा रहेको कुरामा विश्वास गर्दछ । तत्त्व हिसाबले हेर्ने हो भने किराती मुन्दुमी दर्शनलाई भौतिकवादी कित्तामा राख्न सकिन्छ । किनभने किराती मुन्दुमले सर्वप्रथम यो जगत्मा पदार्थको उत्पत्ति भएको र पदार्थबाटै चेतनाको विकास भएको मान्यतालाई स्वीकार गर्दछ ।
यसरी हेर्दा के देखिन्छ भने किराती दर्शनले यो चराचर जगत प्रकृतिकै उपज हो, प्रकृतिबाटै निर्माण भएको हो अथवा यो सम्पूर्ण जगत नै प्रकृतिको रूप हो, यसको आफ्नै नियम, आफ्नै रूप र स्वरूप छ जो परिवर्तनशील छ भन्ने मान्यतालाई विश्वास गरेको देखिन्छ । किराती दर्शनले कुनै पनि भगवान्, ईश्वरलाई स्वीकार नगर्ने केवल पितृ प्रकृतिलाई मात्र स्वीकार गर्ने गरेको छ । प्रकृति भनेको सम्पूर्ण पर्यावरण हो । त्यसैले किराती दर्शनले प्रकृतिलाई नै जीवनको मूल आधार मानेको छ । यो सृष्टिको निर्माता तथा पालनकर्ता प्रकृति नै हो र प्रकृति परिवर्तनशील भएको हुँदा संसारको हरेक वस्तु परिवर्तनशील तथा गतिवान छन् । यसको विनाश वा अन्त्य आफ्नै गति र नियम अनुसार हुने कुरामा मुन्दुमी दर्शनले विश्वास गर्दछ । यो संसारका सम्पूर्ण जीवजन्तु कुनै भगवान्, ईश्वरले निर्माण गरेको नभई प्रकृतिको काखबाटै यसको उत्पत्ति भएको र प्रकृतिमै विलीन हुने कुरामा मुन्दुमी दर्शनले विश्वास गर्दछ ।
तन्त्रवाद पूर्वीय सम्यता र संस्कृतिको प्राचीन चिन्तन प्रणाली हो । किराती दर्शन र तन्त्रवादबिच निकट सम्बन्ध भेटिन्छ । भारतीय उपमहाद्वीपमा आर्यहरूको प्रवेश गर्नुपूर्व अघि नै तन्त्रवादको परम्परा सुरु भएको देखिन्छ । तत्कालीन समयमा सम्पूर्ण मानव समुदायलाई आर्य र अनार्य भनेर छुट्याइने गरिन्थ्यो । तत्कालीन समयमा अनार्यको रूपमा प्रतिनिधित्व गर्ने जाति भनेको विशेषतः किरात नै हो । यसरी हेर्दा के देखिन्छ भने भारतीय उपमहाद्वीपमा आर्यहरूको प्रवेश हुनु पूर्वदेखि नै प्रचलित तन्त्रवाद किरातहरूबाटै सुरु भएको हो । तन्त्रवादमा प्रकृतिलाई मातृत्वको रूपमा हेर्ने गरिन्छ । जसले स्त्रीलाई आदिमाता, महामाता मान्छ अर्थात मातृ सत्तालाईं स्वीकार गर्दछ । किराती मुन्दुमले पनि मातृसत्तात्मक सभ्यताकै व्याख्या गर्दछ । किराती समुदायमा महिलाहरूकै निर्णायक मत हुने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने तन्त्रवाद, साङ्ख्य दर्शन र किराती मुन्दुमी दर्शनको तत्त्व मीमांसा अत्यन्त निकट छन् । साङ्ख्य दर्शनको ुप्रकृति र पुरुषु र मुन्दुमी दर्शनको ुपितृ र प्रकृतिु लगभग एकै हुन् । पितृ भन्नु नै आत्मा–जीवात्मा वा चेतन तत्त्व हो भने साङ्ख्यको पुरुष पनि जीवात्मा वा चेतनतत्त्व नै हो । साङ्ख्यले यो चराचर जगत्को सृष्टिको मूल आधार प्रकृति र पुरुषलाई स्वीकार गरे जस्तै किराती मुन्दुमी दर्शनले पनि यो सृष्टिको आधार पितृ र प्रकृतिलाई मान्दछ ।
दर्शन भनेको कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने र विवेचन गर्ने कार्य हो । किराती मुन्दुमले पनि यो चराचर जगत्को बारेमा आफ्ना तत्त्व मीमांसीय धारणा व्यक्त गरेको छ । त्यसैले किरात राई जातिको मुन्धुम किरातीहरूको इतिहास हो, संस्कृति हो, धर्म हो अनि दर्शन हो ।
साङ्ख्य दर्शनले प्रकृतिबाट पञ्च महाभूत, पञ्चमहाभूतबाट पञ्च तन्मात्रा, तन्मात्राबाट मन, ज्ञानेन्द्रिय तथा कर्मेन्द्रिय सहितको शरीरबाट चेतनाको उत्पत्ति हुन्छ भन्ने भौतिकवादी दर्शनको भाव बोकेको देखिन्छ । मुन्दुमी दर्शनले पनि प्राकृतिक शक्ति र स्रोतबाट जीवको उत्पत्ति र क्रमशः चेतनाको विकास हुने कुरामा जोड दिन्छ । मानिस वा अन्य जुनसुकै प्राणी जन्मदैमा ज्ञानी नहुने हुनाले उसले प्रकृतिबाटै विस्तारै सबैकुरा सिक्दै जान्छ भन्ने मान्यता मुन्दुमी दर्शनको छ । साङ्ख्य दर्शनको प्राणभूत सिद्धान्त सत्कार्यवाद हो । साङ्ख्य तत्त्वप्रधान दर्शन हो । यसले तत्त्वको महत्त्वलाई ठूलो स्थान दिन्छ । सत्कार्यवादको मुख्य चिन्तन के हो भने संसारका हरेक वस्तु सर्वथा नष्ट हुँदैनन् । केवल तिनको रूप परिवर्तन मात्र हुन्छ । जस्तो कि दाउरा बाल्दा दाउरा बलेर पूर्ण रूपमा नष्ट हुन सक्दैन । त्यसको धुवाँ, खरानी ताप कुनै न कुनै तत्त्व यही प्रकृतिमा नै रहन्छ । दाउरा सर्वथा पूर्ण रूपमा नष्ट हुँदैन । किराती दर्शनमा पनि यही चिन्तन पाइन्छ । मानिस प्रकृतिमै जन्मन्छ, हुर्कन्छ, जीवनयापन गर्दछ, मर्दछ र यही प्रकृतिमै विलीन हुन पुग्दछ । त्यसैंले मानिस मरेर गए पनि ऊ यही प्रकृतिमै रहन्छ । उसको कुनै न कुनै रूप हामीबिच नै हुन्छ भन्ने विश्वास गर्दछ । त्यसैले मुन्दुमी दर्शनले प्रकृति र पितृलाई नै जीवनको आधार, सृष्टिको आधार मान्दछ र पितृ र प्रकृतिकै शरणमा जान हर मानिसलाई अभिप्रेरित गर्दछ । यसरी हेर्दा के देखिन्छ भने पूर्वीय सभ्यताको अत्यन्त प्राचीन चिन्तन परम्परा वा प्राचीन संस्कृति तन्त्रवादकै आधारशिलामा आफ्नो दार्शनिक चिन्तन खडा गरेको साङ्ख्य दर्शन र किराती मुन्दुमी दर्शनबिच तत्त्व मीमांसीय हिसावले निकटता हुनु संयोग मात्र हुन सक्दैन किनकि तन्त्रवाद लोकायत चिन्तन हो । लोकायत अर्थात् तत्कालीन लोकबाट आएको, आयतीत भएको संस्कृति जुन अनार्यमा प्रचलित संस्कृति हो । तत्कालीन समयको अर्थात् वैदिककालीन समयको अनार्यभित्र वस्तुत ः किरात जाति नै पर्दथ्यो त्यसैले तन्त्रवाद किरातीबाटै प्रारम्भ भएको भन्न सकिने आधार भनेको तन्त्रवादी चिन्तनलाई वर्तमान समयसम्म किरातीहरूले आत्मसात गर्नु नै हो ।
सारांश तथा निष्कर्ष
मानिस प्रकृतिमै जन्मन्छ, हुर्कन्छ, यसैको काखमा जीवनयापन गर्दछ र त्यसैको काखमा मर्दछ भन्ने दार्शनिक चिन्तन किराती जातिमा पाइन्छ । प्रकृति तथा पितृपूजक किरात राई जातिमा मानिसको शरीर मरेर गए पनि आत्मा कहिल्यै मर्दैन भन्ने विश्वास गरिन्छ । फलतः यिनीहरूले आफ्ना हरेक चाडपर्वहरूमा, धार्मिक अनुष्ठानहरूमा पितृलाई पुज्ने गर्दछन् । हरेक वर्ष उधौली, उभौलीको अवसरमा होस् या नयाँ बालीहरू भित्र्याउँदा तथा सेवन गर्दा समेत पितृलाई चढाएर मात्र सेवन गर्ने गर्दछन् । किराती जातिले यो सम्पूर्ण चराचर जगत्को सृष्टिकर्ता प्रकृतिलाई नै मान्दछन् र प्रकृतिको भोक्ता भनेको जीवात्मा हो जो अजर, अमर तथा अनन्त छ भन्ने चिन्तन राख्दछ । त्यसैले यी जातिले केवल प्रकृतिलाई र पुर्खा ९जीवात्मा० लाई यो सृष्टिको निर्माता र शक्ति मान्दछ । यसरी हेर्दा के देखिन्छ भने साङ्ख्य दर्शन र किराती दर्शनको चिन्तनबिच अत्यन्त निकट सम्बन्ध रहेको देखिन्छ ।
साङ्ख्य दर्शनले प्राचीन समयमा दक्षिण एशियामा बसोबास गर्ने आदिवासीहरू ९मूल रूपमा किराती० मा प्रचलित तन्त्रवादबाट प्रभावित भई आफ्नो दार्शनिक सिद्धान्तको आधार निर्माण गरेको देखिन्छ भने वर्तमान किराती जाति पनि साङ्ख्य दर्शनबाट प्रभावित भएको देखिन्छ । साङ्ख्य दर्शनले सृष्टिको मूल कारण प्रकृति हो भन्ने ठान्दछन् भने किरातीले पनि प्रकृतिलाई नै सृष्टिकर्ता मान्दछन् । यसै गरी साङ्ख्य दर्शनले प्रकृतिको भोक्ताको रूपमा स्वीकार गरेको पुरुष जीवात्मा नै हो भने किरातीले स्वीकार गरेको पितृ पनि जीवात्मा नै हो जसले प्रकृतिलाई भोग गर्दछ । यसरी हेर्दा के देखिन्छ भने यस भूभाग 9दक्षिण एशियाली भूभाग) मा बसोबास गर्ने आदिवासी जातिहरूमा प्रचलित तन्त्र परम्परा (जुन भौतिकवादी दर्शनमा आधारित छन्) बाट प्रभावित भई साङ्ख्य दर्शनले आफ्नो दार्शनिक धरातल खडा गरेको हुँदा मूल साङ्ख्य दर्शन र किराती दर्शनबिच अत्यन्त निकट सम्बन्ध रहेको देखिन्छ ।
दर्शन भनेको कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने र विवेचन गर्ने कार्य हो । किराती मुन्दुमले पनि यो चराचर जगत्को बारेमा आफ्ना तत्त्व मीमांसीय धारणा व्यक्त गरेको छ । जिउने कलाकाबारे आचार मीमांसाीय विवेचना गरेको छ । यसका अतिरिक्त प्रमाणको विवेचना गरेको छ । त्यसैले किरात राई जातिको मुन्धुम किरातीहरूको इतिहास हो, संस्कृति हो, धर्म हो अनि दर्शन हो । किराती मुन्धुमी दर्शनलाई निचोरेर प्राप्त दार्शनिक ज्ञानलाई विज्ञानसम्मत बनाई वर्तमान पुस्ता र समयमा समाहित गरी जीवनपयोगी बनाउनु वर्तमान किराती पुस्ताको आवश्यकता र कर्तव्य हो ।