कन्काइष्ट राईको आवाजमा ‘अरुकै सिन्दुरले सजिए पनि’ गीत सार्वजनिक

काठमाडौं– गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि…’ सार्वजनिक भएको छ। उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो। गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना छ।
निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको उक्त भिडियोमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय रहेको छ। भिडियाेमा पवनले वर्षाकाे सिउँदाे भरेका छन्।
गीतको भिडियोमा आफ्नो प्रेमिकाको अर्को ब्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ। भर्जिन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन्। सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियाेः