Logo

दिपेसले ल्याए फेरी कल्पना


– मान्सुङ चाम्लिङ

गायक, नायक, संगीतकार तथा गीतकार बहुप्रतिभासाली युवा दिपेस राईले श्रोतामाझ पुन नयाँ म्युजिक भिडियो संगित तथा गीतको रुपमा कल्पनामा आयो अनि, बस्यौ यर्थाथमा बोलको गित साँगितिक कोसेलीको रुपमा पस्किएका छन् । मेलिना राई र नेत्र राईको स्वर रहेको गीतमा संगित दिपेसले दिएका छन् । जानु कामबाङ लिम्बुको शब्द रचना रहेको गीतमा, मोडलिङको रुपमा दिपेस राई आफै र प्रिया लिम्बुले प्रस्तुती दिएका छन् । देव पुनले निर्देशन गरेको उक्त गीतमा क्यामेरामेनको रुपमा सुवास जिसी रहेका छन् । उक्त म्यजिक भिडियो इन्जयाई मुभी प्रालिले बजारमा ल्याएको छ ।
युवा राईले आधुनिक, लोक, चलचित्र लगायतको क्षेत्रमा साँगितिक सृजना दिइसकेका छन् । यसको साथै राईले चाम्लिङ भाषामा समेत गीत तथा संगित पस्किसकेका छन् । मानव जीवन जीउन संगित अपरिहार्य साधन भइसकेको हुनाले आफुले कला सृजना गरेर श्रोतालाई मत्रमुग्ध बनाउन हरदम लागि परिरहेका दिपेसको हरदम प्रयास सफल रहोस । छोटो समयमा श्रोताहरुको मन र मुटुमा बस्न सफल दिपेसले आगामी दिनहरुमा थप साँगीतिक सृजनाहरु पस्किरहन सकुन दिपेश राई लगायत सबै टिमलाई अग्रिम बधाई तथा शुभकामना छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्