Logo

सडक र्ममतको लागी मापन सम्पन्न हुँदै


– मान्सुङ चाम्लिङ

त्रिधार्मिक स्थल (किरात, बौद्ध र हिन्दू) हलेसी दक्षिण भेगबाट तीर्थयात्री तथा पर्यटकहरुलाई आगनमा छोटो सडक मानिने होलैसुङ जनकराज राई मार्गको लागी स्तरउन्नोतीको लागी हलेसी तुवाचुङ नगरपालीकाका इन्जिनियर नविन आचार्य, सब इन्जिनयर बासु राउत लगायत दुईजना सहयोगी तथा उपभोक्ता समिति र अनुगमन समितिले सडक मापन कार्य तिब्र रुपमा गरिएको समितिका अध्यक्ष गमिता राईले बताइन ।

प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५÷०७६ को रकममा ५५ लाख विनियोजनसँगै यसलाई कार्यान्वयन गर्नको लागी नगरसँग समन्वय गर्दै अगाडी बढीएको अनुगमन समितिका संयोजक हस्तबहादु राईले बताए छ ।

स्मरण रहोस होलैसुङ जनकराज राई मार्ग स्थानियवासीहरुको पहलमा आर्थिक संकलन गरेर करिब एक करोड बराबरको रकम संकलन गरी १३.२७ कि.मी. कच्ची सडक सम्पन्न गरेको थियोे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्