Logo

कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत


 – युजे. पोतर

उठ जाग ए भोका नाङ्गा, जाग संसारका दुखी
सुन्दर संसार रचना गर्न, न्यायका लागि गर्जी
बाँध्ने छैन परम्पराको साङ्लोले, जाग ए श्रमिक हो
नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ ।

यो अन्तिम युद्ध हो, आ–आफ्नो ठाउँबाट डटौं
मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ
यो अन्तिम युद्ध हो, आ–आफ्नो ठाउँबाट डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ

तिनको अदालतबाट शासित हुन हामी चाहान्नौं
तिनको कृपालाई कुल्चँदै बरु सबै भई सल्लाह गरौं
लुटाहाबाट आफ्नो धन खोस्न, शोषणबाट मुक्त हुन
आफ्नो कर्तव्य आफैले निर्णय गरी पूरा गर्न
यो अन्तिम युद्ध हो ……..!

ज्यामी खेताला एक भई आऊ श्रमिकहरुको संघमा
धर्ती हामी श्रमिकको हो, होइन जाली झेली काँतरको
मोटाए कैयांै हाम्रो रगत मासुले तर ती हत्यारा
कुनै बिहान नष्ट हुनेछन्र उज्यालो रहिरहनेछ
यो अन्तिम युद्ध हो ………।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्