Logo

गैडा टाइम्स नाटक प्रदर्शित हुने


दमक/ झापाको दमकमा प्रकाश आङ्गदेम्वेले इन्टिमेन्टमार्फत् नाटक देखाउने कामको थालनी गरेका थिए । आङ्देम्वेद्वारा सञ्चालित ‘गन्तब्य थिएटर’ ले नाटकमा पर्दा तान्ने पुरानो शैलीलाई विस्थापित गर्दै नयाँ तरिका ल्याए ।

त्यही बेलादेखि कयौं युवा नाटक लेख्ने, अभियन गर्ने, नाटकको परिकल्पना गर्ने, निर्देशन गर्नेजस्ता जनशक्ति तयार भयो । त्यही बेला उत्पादन भएको जनशक्ती अहिले काठमाडौं, बिराटनगर तथा अन्य विभिन्न क्षेत्रमा नाटकको विकास गर्ने काममा तल्लीन भएर लागेका छन् ।

तीनै मध्येका एक हुन् दमकका सिजन दाहाल । सामान्य अभिनय गर्दै नाटकमा प्रवेश गरेका दाहाल अहिले परकल्पनाकार मात्रै हैन, निर्देशकको रूपमा समेत चिनिन थालेका छन् ।

करिब १० वर्षअघि विराटनगरमा मञ्चन भएको ‘अन्धाको हात्ती’ हेर्न उनी दमकबाट बिराटनगर पुगेका थिए । त्यही नाटक हेरेपछि प्रेरणा पाएका उनी यो क्षेत्रमा तल्लिन छन् ।

अहिले उनको निर्देशनमा ‘गैडा टाइम्स’ दमकमा आगामी माग १० गते देखी १४ गतेसम्म प्रदर्शन गर्ने तयारीमा छन् । करिब ६ वर्षअघि पत्रिकामा छापिएको कथालाई नाटकमा रूपान्तरण गर्न लागेका हुन् । यही नाटक लिएर उनी दमक आएका छन् ।

दमकबासीलाई नाटक हेर्न टिकट काट्नु पर्छ भन्ने बानीको विकास गराउन पनि दमकमा निरन्तर नाटक देखाउन थालिएको उनको भनाइ छ । दमकमा थिएटर हलसमेत नभएकाले यो नाटकबाट सङ्कलित रकममध्येबाट केही थिएटरका लागि सहयोग गर्ने बताए ।

करिब एक वर्षअघि उनले पढेको बुद्धिसागरको कथालाई नै उनले नाटकमा रूपान्तरण गर्न लागेका हुन् । गैडा टाइम्सले पशु अधिकारको कुरालाई जोडदार रूपमा उठाएको छ ।

त्योसँगै मानवको प्रवृतिलाई पनि कडा ब्यङ्ग्य गरेकाले कथालाई नाटकमा रूपान्तरण गर्र्ने इच्छा जागेको उनले बताए ।

‘भोलिपल्ट ११ः३० बजे । साँल्दाइ परको फाँटमा बेस्मारी दगुरिरहेका थिए । बेलाबेला हावामा खाग नचाउँथे । पिसाब फेर्न टुसुक्क उभिएको थिएँ, सजग भएँ । साँल्दाइ जङ्गल पसे । म पनि दगुरेँ ।

उनी, अगाडिका ठुल्ठुला रूखलाई टाउकैले ढालिदिउँला झैं फ्वाँ–फ्वाँ दगुर्दै घरतिर सोझिए । मैले पछ्याएँ । ‘खिखिखि, के भयो साँइलालाई, गैंडु ?’ मीत बाको आवाज आयो ।

उनी पनि हतारिँदै रुखका हाँगाहाँगामा हाम फाल्दै आइरहेका रैछन् । ‘थाहा छैन, मीतबा’ मैले भनेँ, ‘ठूलै सङ्कट आइलागेजस्तो छ ।’

परिकल्पनाकार दाहाललाई मन छोएको हरफमध्ये एक हो । यस्ता थुप्रै हरफ मन परेकाले उनलाई नाट्य रूपान्तरको जोस चलेको थियो । अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९ नेपालबाट छनौट परेका १२ नाटक मध्ये गैडा टाइम्स पनि परेको उनले सुनाए ।

नाटकमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौषम राना, पासाङ चोमु शेर्पा खुसी, बिकास राना, किरण भेट्वाल, बिदेश लामिछाने, दिपक खरेल, सुवास खरेल, प्रवीण मगर, याङ्साङ मुकारुङको अभियन रहने छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्